फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
दैलेख, १९ माघ । नेमकिपा डुङ्गेश्वर गुराँस गाउँपालिका र दुल्लु नगरपालिका सम्पर्क समितिका संयोजक शिवराज दाहालको सभापतित्व र नेमकिपा दैलेखका अध्यक्ष जगत वलीको प्रमुख आतिथ्यमा नेमकिपाको ५१ औँ पार्टी स्थापना दिवस एवम् पार्टीको आठौँ महाधिवेशन फागुन १६–१९ भक्तपुरमा हुने अवसरमा माथिल्लो डुङ्गेश्वरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा दैलेखका अध्यक्ष जगत वलीले नेमकिपा स्थापना हुनाका कारण र आधारहरू बताउँदै लोभलालचमा फसेर जनताप्रति गद्दारी गर्नेहरूदेखि सावधान हुनुपर्छ भन्नुभयो । देश र जनताको पक्षमा सङ्घर्षरत नेमकिपाले हुँदा खाने ८० प्रतिशत जनताले हुने खानेहरूको सत्ता उल्टाएर हुँदा खाने वर्गको शासन सत्ता ल्याउनुपर्छ भन्नुभयो ।
उहाँले हामी राजनीतिकरूपले सचेत र सङ्गठित हुँदै एउटै झन्डामा गोलबन्द हुनुपर्छ भन्नुभयो ।
उहाँले समाजका कुरा सबै जनताले नबुझेसम्म समाज परिवर्तन नहुने बताउनुभयो । सबै नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीको लागि राज्य जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले समाजवादको स्थापना नेमकिपाले मात्रै गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सही र गलत छुट्याउन र राष्ट्रिय अन्तर्राष्ट्रिय विषयवस्तु थाहा पाउनुपर्नेमा जोड दिँदै उहाँले जनताका दुःख र सुखमा पार्टी कार्यकर्ता लाग्नुपर्छ भन्नुभयो ।
नेमकिपा जिल्ला समिति दैलेखका सदस्यहरू वीरबहादुर भण्डारी, विन्दुलाल रेग्मी र खेमराज दाहालले पनि बोल्नुभएको थियो ।
Leave a Reply