रसुवामा बाढी : भक्तपुर जिल्लाका २८ व्यक्ति सम्पर्कविहीन
- भाद्र १२, २०८३
भक्तपुर, २८ माघ । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको प्रचार प्रसारको क्रममा सोमबार नगरस्तरीय कार्यकर्ता भेला भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंले पार्टी स्थापना दिवसको अवसरमा पार्टीको विकास, भेला, सम्मेलन, अध्ययन गोष्ठी हुँदै आएको र यसै सिलसिलामा पार्टीका हरेक समितिहरूले सिंहावलोकन गरी अगाडि बढनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “कार्यक्रम औपचारिकता पूरा गर्ने हिसाबले गर्नुहुन्न, हरेक कार्यक्रम गुणात्मक हुनुपर्छ । पार्टी महाधिवेशनको अवसरमा घर–घरमा पुगी जनतालाई राजनीतिक चेतना दिने कार्यक्रम लानु जरुरी छ ।”
नयाँ पुस्तालाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्नु जरूरी छ भन्दै उहाँले खेलकुद, अध्ययन गोष्ठी, अन्तरक्रिया कार्यक्रमहरू नियमितरूपमा सञ्चालन गरी हरेक युवाहरूलाई सङ्गठनमा आबद्ध गर्नु जरूरी भएको छ भन्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले भन्नुभयो, “औपचारिकता पूरा गर्ने प्रचारबाजी मात्र गर्नु पनि संशोधनवाद हो । हरेक कार्यकर्ताबिच आलोचना र आत्मालोचना गर्ने बानी बसाल्नुपर्छ । सांस्कृतिक क्षेत्रमा आज जति अगाडि बढेको हो त्यसभित्र अग्रज नेता–कार्यकर्ताहरूको योगदान भएको हामीले बिर्सनु हुन्न ।”
असल राजनीतिले मात्र सही दिशा निर्देश गर्न सक्ने धारणा राख्दै उहाँले कार्यकर्ताहरूले पार्टी प्रकाशनहरू नियमितरूपमा अध्ययन गरी सांस्कृतिक स्तर उकास्न जोड दिनुपर्ने सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “समाजवाद कहिल्यै पुरानो हुनेछैन, समाजवादी व्यवस्थाले मात्र कामदार जनताको भविष्य बनाउनेछ ।”
उहाँले हरेक कार्यकर्ताहरू प्रविधिमैत्री हुनुपर्ने बताउनुभयो ।
केन्द्रीय सदस्य गोसाईले भन्नुभयो, “अमेरिकी राष्ट्रपति ट्रम्प एक व्यापारी हुन्, संसारलाई पैसाले किन्ने विचार उनको छ । संरा अमेरिका स्वप्न देश हो भन्ने भ्रमलाई चिर्नु जरूरी छ । अमेरिकी सरकार युद्ध उन्माद छ ।”
कार्यक्रमका सभापति लक्ष्मीभक्त लासिवाले पार्टी महाधिवेशन सङ्घर्षकै बाटो भएकोले महाधिवेशन भव्यरूपमा सफल पार्न कार्यकर्ताहरू क्रियाशील हुनु जरूरी छ भन्नुभयो ।
कार्यक्रममा रजनी जोशी र पुरूषोत्तम तमखुले पनि बोल्नुभएको थियो ।
Leave a Reply