नेपाल–तिब्बत बाढी : के भयो, किन भयो र को हराइरहेका छन् ?
- भाद्र १३, २०८३
विशेषज्ञहरूको भनाइअनुसार सङ्गीत ध्वनि विज्ञानको एक शाखा हो । सङ्गीतले इन्फ्रा र अल्ट्रासोनिक ध्वनिहरूले न्युरान इलेक्ट्रिक इम्पल्स शरीरको विभिन्न भागमा पठाएर मस्तिष्कलाई सक्रिय गर्छ† स्नायु प्रणालीको ‘एक्स्ट्रासेलिल्युर मेट्रिक्समा प्रवाह उत्पन्न गर्छ र विकृत चिन्तनलाई रोकेर मनोबिकारलाई हटाउँछ ।
सङ्गीतको दुई मुख्य तत्व ‘नाद’ र ‘गीत’ प्रकृतिबाटै प्राप्त भएको हो । नाद र गीतको परिमार्जित रूप ‘स्वर’ र ‘लय’ को रूपमा प्रस्फुटित भए । स्वर र लयको व्यवस्थित रूप धारण गर्दा जुन कलाको प्रार्दुभाव हुन्छ, त्यही ‘सङ्गीत’ हो । यसमा गायन–वादन–नृत्यलाई समावेश गरिएको छ ।
गीतले त्यतिबेला पूर्णता प्राप्त गर्छ, जतिबेला त्यसले सङ्गीतको सहारा पाउँछ । सङ्गीतको मिलन नभएसम्म गीत केवल कविता र श्लोकमा सीमित रहन्छ ।
नेवाः सङ्गीतमा परम्परागत देव सङ्गीत, भक्ति गीत, मौसमी गीत, भाकागीत र लोकगीतहरू समावेश हुन्छन् । मन्दिरको चोक र पवित्र चोकमा भजन गाउने मौसमअनुसार दाफा गीतहरू गाइन्छ । गुँला बाजा साङ्गीतिक सङ्घहरूबाट गुँलाको समयमा सडकमा मन्दिर तथा चैत्यमा साङ्गीतिक प्रदर्शन सुरु गर्छ, जुन देवताहरूलाई अभिवादनको प्रतीक हो ।
नेवा : जातिको बाजाहरू काहाँ, क्वताः, धिमय्, प्वङ्गा, कान्तां दबदब (डमरू), पैताखि ,मुहालि, कुकुवय्, पछिमा, तिन्चु, भुस्याः, वयः, खिं, कोंचा खिं, आदि प्रमुख हुन् । विवाह जन्ति, षोडश संस्कारादि तथा अन्त्येष्टिमा पनि सङ्गीत बजाइन्छ ।
धार्मिक सङ्गीत :
१) मल्हार : जेष्ठ शुक्ल पूर्णिमा अर्थात ज्याः पुन्हि भनिन्छ । ज्याः पुन्हिलाई पलाँति पुन्हि पनि भन्ने गरिन्छ । यस दिन अरू दिनभन्दा लामो हुने गर्दछ । ज्याः पुन्हिका दिन राजा श्रीनिवास मल्लद्वारा रचित ३२ गीत गाउने गरिन्छ । ती ३२ गीतमध्ये एक गीत राग मेघमल्हारअन्तर्गतको ‘श्याम धनी’ नामक पानी पार्ने गीत हो । यस दिन मेघमल्हार गाएपछि वर्षा हुने गर्दछ ।
२) गुँला बाजा : विक्रम संवत्अनुसार साउन शुक्लपक्ष प्रतिपदादेखि भाद्र शुक्लपक्ष प्रतिपदासम्म एक महिनाको अवधि नै गुँला हो । बौद्ध धर्मालम्बीहरूले साङ्गीतिक बजाई पाठ पूजा गरी चैत्य बिहार परिक्रमा गरी दर्शन गर्न जानेलाई गुँला भनिन्छ । गुँला पर्व एक महिना चल्ने पर्वमा बिहान, दिउँसो र बेलुका प्रत्येक बिहारमा बुद्धको साँगीतिक बजाई पाठ गर्ने परम्परा छ । अर्थात् ‘गुँला’ महिनाभर उपत्यकाका मठमन्दिरहरूमा धाः धिमेः नगरा, नायिखिँ, दमखिं, दबदब, भृदङ्गा, पौ पिचा र क्वचा (खिं) जस्ता बाजा बजाई पूजा पाठ गर्ने चलन छ । ‘गुँला’ महिनाको पूर्णिमामा लाखे नाच देखाउने परम्परा छ । विशेषगरी नेवार समुदायले मनाउने गुँला पर्वमा बिहान स्वयम्भू दर्शन गर्न जाने परम्परा रहिआएको छ । यस अवधिमा धा बाजा, म्वायेली, नेकू बाजालगायतको विशेष महत्व छ । गुँला पर्व अवधिको एक महिना मासु, अण्डा, प्याज लगायतका खाद्य बस्तुबाट टाढा बसी दैनिक नुहाएर शुद्ध हुनुपर्ने चलन छ । विशेषगरी काठमाडौँका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य परिक्रमा गर्छन् । साङ्गीतिक माहोल बनाएर प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा, परिक्रमा गरिन्छ ।
३) मालश्री धुन : प्रत्येक वर्ष राधाअष्टमीदेखि कोजाग्रत पूर्णिमासम्म मालश्री धुन बजाइन्छ । मालश्री राग यस समयमा बजाइन्दा यसको ऊर्जा ताप वातावरण प्रतिकूल हुन्छ भन्ने विश्वास गरिन्छ । मालश्री धुन बजाउँदा यस समयमा आउने लामखुट्टेजस्ता विभिन्नखाले सरुवा रोग महामारीलाई मालश्रीको पवित्र धुनले भगाइन्छ भन्ने जनविश्वास रहेको छ । मालश्रीको पवित्र ध्वनिले वातावरणलाई स्वच्छ बनाउने गर्छ भन्ने मान्यता रहेको तथा दसैँमा मालश्री सुन्दा घर परिवारमा सहज हुने, परिवार राष्ट्रमा खुसियाली छाउँदै सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास रहिआएको छ ।
मालश्री धुन शास्त्रीय सङ्गीतमा आधारित धुन हो । रागपद्धतिअनुसार मालश्री राग काफी थाटअन्तर्गत पर्दछ । मालश्री पर्व गीत भएकोले यो पर्व विशेषमा मात्र वादन तथा गायन गरिन्छ । जसको अन्य रागहरूझैंँ बज्ने–बजाउने एक निश्चित समयावधि निर्धारित हुन्छ । नेपालमा मालश्री धुनको प्रचलन कहिलेदेखि भयो भन्ने कुनै निश्चित आधार नभए तापनि विशेष रूपमा सत्रौँ शताब्दीदेखि काठमाडौँ उपत्यकामा मल्लकालीन शासनको समयदेखि मालश्री धुनको अस्तित्व नेपालमा रहिआएको मानिन्छ । मुख्य गरी मल्लकालीन समयमा उपत्यकाका नेवार संस्कृतिबाट मालश्री धुन आएको मानिन्छ । एघारौँदेखि सत्रौँ शताब्दीसम्म आइपुग्दा नेपालमा शास्त्रीय सङ्गीत निकै प्रचारमा आएको मानिन्छ । भक्तपुरका मल्ल राजा जगत्ज्योति मल्ल र तिनका मन्त्रीका सहकार्यमा लिखित भनिएको नेपाल भाषाको पुस्तक सङ्गीत चन्द लेखिनुले पनि मल्लकालीन समयमा शास्त्रीय सङ्गीतको अस्तित्व रहेको मानिएको छ । (सोत : विकिपिडिया)
४) दाफा भजन : प्रत्येक वर्ष गथेमङ्गलका दिनदेखि बिहानपख वा साँझ पख इस्टदेवको मन्दिर वा द्यःछेँ अगाडि रहेको फल्चामा बसी परम्परागत खिँ (मृदङ्ग) बाजा बजाई स्तोत्र (भजन) गीत गाउनुलाई दाफा भजन भनिन्छ । दाफा भन्नाले खिं बाजाका साथमा अन्य विभिन्न वाद्य सामग्री प्रयोग गरी गाइने, बजाइने साङ्गीतिक विधालाई भनिन्छ । दाफामा परम्परा र ऋतुअनुसार बाँसुरी, पोङ्गा, डमरुलगायतका बाजा पनि बजाउने चलन छ । दाफा सबै शास्त्रीय रागमा आधारित भएका हुन्छन् । यो मानिसहरूको समूहमा गाउने गरिन्छ । जसलाई दाफा खल : भनिन्छ । दाफामा मूल रूपमा प्रयोग गरिने बाजाहरू खिं, ताः, झ्याली र पोङ्गाको तालमा समूहमा बसेर पालैपालो भजन गाउनु दाफाको प्रमुख विशेषता हो ।
भजन सुरु गर्न सर्वप्रथम तीन पटक तः बजाएर सुरुवात गर्ने गर्दछ भने त्यसको लगतै द्यःल्हायेगु भनेर मुख्य बाजा बजाइन्छ । द्यःल्हायेगुपश्चात् विभिन्न देवदेवीहरूको भजन गाउने गर्दछ । भजनको अन्तमा आरती गरेपछि उक्त दिनको भजन समाप्त भएको मानिन्छ । यसरी भजन गाउन सिकाउन र लालाखिं बजाउन सिकाउन गुठीयारहरूले नासकोठामा कसैले नदेख्ने गरी सिकाइन्छ । सिकाउन पूर्व नासद्यः (नित्यनाथ) को पूजा हुने गर्दछ । जब सबै भजन सिकिन्छ तब ‘म्ये पिदानेगु’ र जब लालाखिं सिकिन्छ तब ‘खिं पिदानेगु’ भनी नित्यनाथको मन्दिर अगाडि गाउन र बजाउन लगाइन्छ । दाफा भजन प्रायः दिनहुँ नै गर्ने गर्दछ । विशेषगरी दसैँको अघिल्लो महिनादेखि दसैँ तिहारसम्म अनिवार्य रूपमा गर्ने गर्दछ । तर भगस्तीको दिन नवदुर्गाको अन्त्येष्टिसँगै भजनहरू पनि बन्द गरिन्छ । (फेसबुक पेजबाट)
चो, लंताल, प्रताल, जति, पलेमा, अस्त्र, गह आदि तालमा बजाउने यस दाफा बाजामा मालश्री, धनाश्री, वसन्त, श्रीभूपाली, प्रथमाञ्जली आदि रागका आधारमा थरी थरीका भक्ति गीत गाउने यो मौलिक शास्त्रीय परम्परागत सामूहिक भक्ति सङ्गीत हो । दाफाले शास्त्रीय तथा लोकगीत परम्परालाई जीवन्त बनाइराखेको छ ।
५) धातुराग : भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा राजा रणजित मल्लद्वारा रचित गीत गाउने गरिन्छ । यस गीतलाई धातुराग भनिन्छ ।
यस जात्रामा गाइने विरहको गीत,
थोथेँ ज्यागु रस गबलेसं दै मखु ।
राम हा ।
जि गन वने ।।
गन वने गन च्वने ।
सुयागु भरे च्वने दैव ।।
दैवया भरे च्वने । जित अति मय रे दैव ।।
राम हा ……. ।
अमा मदु बुबा मदु ।
सुयागु भरे च्वने दैव । ।
जवे च्वसा दाजु मरु । खवे च्वसा किजा मरु । ।
जि पापी अभागी ।
गन वन सि रे दैव । । राम हा….
तःपुखु, नःपुखु स्वइ धका ।
न्या जन्म काया दैव । । चंदाल म्ह खे या ल्हातं ।
जाल केन्क स्यात दैव । ।
राम हा…..न्यातापोल स्वय धका ।
बखुं जन्म काय दैव । । चंदाल म्ह खे या मचां ।
तुम्ब केन्का स्यात देव ।।
राम हा…. यसिंख्यले यसिं थन ।
चुपिंगाले म्वन ल्हुया । ।
वया च्वना भैरव ।
दर्शन याय प्रभु । । राम हा…..
(पेज २, ३, ४, मल्लकालीन संस्कृति र ज्योतिष विज्ञान)
६) वसन्त राग : सङ्गीतमा वसन्त रागको विशेष महत्व रहेको पाइन्छ । वसन्त ऋतु प्रेमको ऋतु भएकाले यस मौसममा वसन्त रागको अति नै महत्व रहेको हुन्छ । यसको श्रवणले मन प्रसन्न हुने विश्वास गरिन्छ । यस राग रातको अन्तिम प्रहरमा गाइन्छ ।
यसलाई अति प्राचीन राग पनि मानिन्छ । वसन्त ऋतुमा भने यो राग चौबीसै घण्टा गाउन÷बजाउन सकिने मान्यता रहेको छ । ऋतुका राजा वसन्त भएकाले वसन्त रागलाई रागका राजा मान्ने गरिन्छ । यो राग सबै प्राणीका लागि पनि आनन्ददायी एवं स्वास्थ्यवर्धक मानिन्छ ।
श्रीमद्भागवत गीतामा श्रीकृष्णले पूmलमा कमल र ऋतुमा वसन्त मेरो रूपमा एक हो भनेका छन् । ६ ऋतु (वसन्त, ग्रीष्म, वर्षा, शरद्, हेमन्त र शिशिर) मा वसन्त ऋतु सम्पूर्ण जीवात्माका लागि आनन्दमय मौसम भएकाले यसलाई नवयौवनको पर्व पनि भनिन्छ । त्यसैले यस ऋतुलाई ऋतुराज भन्ने गरिन्छ ।
अन्तमा, लोकप्रिय परम्परागत गीतहरू — विशेष मौसमी, ऋतु र चाडपर्वहरूसँग सम्बन्धित छन् ।
क) घाटु (गृष्म ऋतुको सङ्गीत, यो मौसमी धुन पहां चह्रे पर्वमा बजाइन्छ)
ख) जि वया ला लछि मदुनि (व्यापारीको त्रासदी) ८मोहनी (यो मौसमी धुन मोहनी पर्वमा बजाइन्छ)
ग) राजमती (युवाप्रेमीहरूको बारेमा)
घ) सिलु (तीर्थयात्रामा छुट्टिने जोडीको बारेमा, यो मौसमी सङ्गीत मनसुनमा बजाइन्छ)
ङ) मौसमी गीत सितला माजु ः यो गीतले १९ औँ शताब्दीको प्रारम्भमा काठमाडौँबाट बालबालिकालाई निष्कासन गरेको वर्णन गर्दछ ।
च) स्वे धका स्वैगु मखु (प्रेमको बारेमा गीत)
छ) अबिरया होलि (होलि गीत)
ज) होलिया मेला (होलि गीत)
झ) बाला बाला पुलु किसी (इन्द्र जात्रामा गाइन्छ)
ञ) योमरि पूर्र्णीमामा गाइने : योमरी माग्दा गाउने गीत यसप्रकार छन् —
त्य छिं त्य, बक छिं त्य
थाबले यागु सामा वलः, यमरी छगः ति यः
ब्युसा ल्यासे म्ह, मव्युसा सितिकुती
न्यग व्यूसा काय् बुई, छग ब्युसा म्हयाय् बुई
तालापाता कुलिचां जुसें त्यः
यमरी माकु, उकि दुने चाकु
ब्युसा ल्यासेचा, मब्युसा बुरीचा
ट) धङ्ग मरु नि भमचा (बुहारीको अल्छीपनको गुनासो गर्ने बुहारीको गीत)
ठ) सिरसाया हेगु । यी गीतहरू व्यापक रूपमा लोकप्रिय छ ।
Leave a Reply