इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
पेइचिङ, १० फेब्रुअरी (सीआरआई) । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रअरी १० का दिन नामिबियाका प्रथम राष्ट्रपति सामुएल नुज्योमाको निधनप्रति नामिबियाका राष्ट्रपति नानगोलो बुम्बालाई शोक सन्देश पठाउँदै चीन सरकार र चिनियाँ जनताको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पूर्व राष्ट्रपति नुज्योमाका परिवारजन, नामिबिया सरकार र जनतालाई हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले चीन–नामिबिया परम्परागत मित्र भएको तथा चीन सरकार र चिनियाँ जनताले निकै माया गरेको भन्दै दुवै पक्षको साझा प्रयासमा चीन नामिबिया सम्पूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई अझ विकसित पार्दै जानसक्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
Leave a Reply