भर्खरै :

एक अध्यापकका रूपमा माओ कस्तो शिक्षा दिनुहुन्थ्यो

एक अध्यापकका रूपमा माओ कस्तो शिक्षा दिनुहुन्थ्यो

यनानमा बसोबास सुरु गरिएका नयाँ गुफामा अध्यापन कक्ष, विधानसभा कक्ष तथा जापान विरोधी सैन्य र राजनीतिक विश्वविद्यालय थिए ।
यिनको नाम हाम्रा कानलाई बिचित्र लाग्छ तर सन् १९३१ देखि जापानविरुद्धको प्रतिरोधमा चिनियाँको मुख्य चासो रह्यो । त्यस बखत जापानले चिनियाँ मञ्चुरियामा आक्रमण गरेको थियो । चीनको सर्वकालीन दुश्मन र निरन्तर आक्रमकका रूपमा जापानले सीमामा आफ्नो प्रभाव र वर्चस्व विस्तार गरेको थियो । लाल सेनाले आफ्नो विदेशी शत्रुलाई महत्वका साथ लेओस् भनी नयाँ सोभियतमा सैनिक एकेडेमी स्थापना गर्नु स्वाभाविक नै थियो ।
यथार्थमा यनानमा एक वर्षदेखि आफूलाई भाग्दै हिँड्न बाध्य पार्ने राष्ट्रवादी सेनाभन्दा जापानी खतरासँग माओ बढी चिन्तित हुनुहुन्थ्यो । उहाँले विदेशी कब्जामा बढी चासो राखेकाले च्याङ काइसेकलाई कम्युनिस्टविरुद्ध आफ्नो कारबाही रोकेर जापानीप्रति केन्द्रित हुन आह्वान पनि गर्नुभयो ।
“दाजुभाइहरू घरमा झगडा होला तर बाह्य आक्रमणविरुद्ध एकजुट हुनुपर्छ ।” उहाँले एउटा पुरानो चिनियाँ उखान उल्लेख गर्दै लेख्नुभएको थियो । च्याङ काइसेकले माओको चेतावनी बेवास्ता गर्नुभयो । माओले के विचार गर्नुभयो भने जे जस्तो कार्य उहाँ गरिरहनुभएको छ त्यसका कारण जापानसँग आगामी लडाइँका लागि देश तयार भइरहेको छ । “एकजुट, सावधान, गम्भीर र जीवन्त होऔँ ।” उहाँले एकपटक भन्नुभएको थियो । यदि उहाँले पूर्ण एकता ल्याउन सक्नुभएन भने उहाँ गम्भीरता र जीवन्ततामा केन्द्रित हुनुपर्छ । माओका लागि यसको अर्थ गम्भीर अध्ययन र जीवन्त सोचाइ भयो । आफ्ना साथीहरू अझै पनि लङ मार्चको थकाइ मेटाउनमा लागेको भए पनि उनीहरू मानसिक लङ मार्चमा व्यस्त रहून् भन्ने माओ चाहनु हुन्थ्यो । लाल सेनाले ज्ञानको अभ्यास गरोस् र सोचाइमा ध्यानमग्न होस् भन्ने चाहना उहाँको थियो । विश्वविद्यालयमा उहाँ नयाँ दर्शनको अध्यापक हुनुभयो । त्यहाँ नयाँ सैनिकहरूसँग चिनियाँ सोभियतका बारेमा सोझै कुराकानी गर्नुहुन्थ्यो ।
नयाँ दर्शन के थियो ? धेरै पक्षबाट यो नव कन्फुसियसवाद वा नयाँ कन्फुसियसवादप्रति माओको प्रतिक्रिया थियो । हामीले देख्यौँ नव कन्फुसियसवादका बारेमा निकै थोरै नयाँ थियो । माओले चिनियाँ सोभियत स्थापनामा महान उद्देश्य देख्नुभएको थियो जसमा कुनै पनि चिनियाँ पुस्ताले कहिल्यै प्रयास गरेको थिएन । जुन उहाँले एक्लै सम्पन्न गर्नुभयो । असाधारण परिवर्तन र मार्गको व्याख्याको सहयोगका लागि यस्ता महत्वपूर्ण कार्यमा नयाँ दर्शन, परम्परागत मान्यतामा स्वतन्त्रता आवश्यक थियो ।
नयाँ दर्शन सुनाउनु माओका लागि चिनियाँ कम्युनिस्ट पार्टीमा विचारधारा स्थापित गर्ने मौका पनि थियो । विश्वविद्यालयका अध्यापकका हैसियतमा माओले सेनाका नयाँ भर्ती (जवान) लाई माक्र्सवादी विचारधारा सम्झाउन सक्नुहुन्थ्यो । तर जस्तो कि हामीले देख्यौँ, उहाँले माक्र्सवाद (रुसका बोल्सेभिकहरूद्वारा अपनाइएको जस्तो सोभियत प्रारूप पनि होइन) लाई चीनका लागि उपयुक्त ढाँचा मान्नुभएको थिएन ।
“माक्र्सवाद लेनिनवादमा कुनै सौन्दर्य छैन, न त त्यसमा कुनै आध्यात्मिक मूल्य नै छ ।” उहाँले लेख्नुभएको छ । माओले विचार गर्नुभयो, आफ्ना धेरै साथीहरूले बिनाप्रश्न माक्र्सवादी सिद्धान्त स्वीकार गरेका थिए । माक्र्सवादबारेमा उहाँले चेतावनी दिनुभयो, “यो प्रमाण होइन, एउटा मार्गदर्शक हो ।” चिनियाँ क्रान्तिको विशिष्ट अनुभूति तथा अवस्था विचार नगर्ने माक्र्सवादी विचारधाराको कुनै पनि व्याख्या त्रुटिपूर्ण थिए ।
माओ त्सेतुङको नयाँ दर्शनको भाव दुईवटा लेखनमा प्रकट भएको छ । जसलाई उहाँले यनान गुफामा लेख्नुभएको छ : अन प्राक्टिस र अन कन्ट्राडिक्सन (अभ्यासमा र विरोधाभासमा) ।
पहिलो ‘अन प्राक्टिस’ अर्थात् अभ्यासमा, हामी कसरी ज्ञान हासिल गछौँ भन्ने प्रश्नमा विवेचना गरिएको छ । माक्र्स र लेनिन तथा १८ औँ शताब्दीका दर्शनशास्त्री जर्ज हेगेल लगायत आफू पहिलेका अन्य कैयौँ दर्शनशास्त्रीसरह माओले एउटा संवादात्मक प्रक्रिया वा तर्कशास्त्रका रूपमा मानव ज्ञानलाई हेर्नु भएको छ । संवादात्मक प्रक्रियामा एउटा विचारधारा सिर्जनामा चिन्तन आधारित रहन्छ र त्यसपछि अवलोकन र प्रश्नावलीका माध्यमबाट त्यस विचारधाराको परीक्षण गर्ने वा त्यसलाई चुनौती दिने गरिन्छ । एउटा वादलाई त्यसको चुनौतीपूर्ण प्रतिवादसँग सामञ्जस्य मिलाउँदा मात्र कोही सत्यमा पुग्न सक्छ ।
हेगेलका लागि यो सत्य कृत्रिम थियो । माक्र्सका लागि यो सङ्घर्ष थियो । माओको दृष्टिमा यो अभ्यास थियो ।
माओ वास्तविक सत्य शून्यमा हुँदैन भन्ने विश्वास गर्नुहुन्थ्यो । यहाँ ज्ञानका लागि ज्ञान छैन । बरु अनुभूतिका माध्यमबाट ज्ञान आउँछ र त्यसपछि तर्कसङ्गत विश्लेषणको अधीन हुन्छ ।
एकपटक तर्कसङ्गत ज्ञान निर्धारण भएपछि उपयोगी प्रमाणित हुनका लागि त्यसको परीक्षण गर्न जरूरी छ । अझ महत्वपूर्ण कुरा प्रक्रिया कहिल्यै अन्त हुँदैन तर अनन्तकालसम्म त्यसले आफ्नो पुनरावृत्ति गरिरहन्छ । कुनै समस्या वा अवस्थाको प्रत्येक विश्लेषणमा त्यस विश्लेषणको व्यवहारगत परीक्षण गरिनु र अनि ज्ञान आर्जन जारी राख्नु जरुरी छ ।

Mao Zedong, Chinese Communist revolutionary and leader, c1920s-c1940s(?). The son of a peasant farmer, Mao Zedong (Mao Tse Tung) (1893-1976) led the Red Army which undertook the epic Long March and overthrew the Nationalist Chinese dictator Chiang Kai-Shek in 1949. As Chairman of the People’s Republic of China and of the Chinese Communist Party he set about transforming China, but his attempt to modernise the country’s industrial base (the Great Leap Forward) and the disastrous Cultural Revolution caused dramatic upheavals in Chinese society. After his death in 1976, his successors introduced social and economic initiatives that reversed many of Mao’s policies. (Photo by The Print Collector/Print Collector/Getty Images)

‘अन प्राक्टिस’ युवा माओले छाङशामा हुँदा ग्रहण गरेको मन्त्र : क्रियाशीलताले इतिहास लेखिन्छ विचारले होइन, को धेरै नै प्रगतिशील र वैचारिक संस्करण भएको जो कसैले पनि विचार गर्नसक्छ ।
त्यस समयको अर्को महत्वपूर्ण योगदान, ‘अन कन्ट्राडिक्सन’ माओवादको अर्को स्तम्भ भयो । कन्ट्राडिक्सन ग्रन्थले मूलभूतरूपमा विरोधी लक्ष्यसँगै परस्परविरोधी वर्गका बारेमा चर्चा गरेको छ । माक्र्सवादले मूलभूतरूपमा उल्लेख गरेको द्वन्द्वात्मक सिद्धान्तले कुनै पनि कुरा स्थायी नभएको तर परीक्षण र चुनौतीबाट विचार र अवस्था सधैँ परिवर्तनशील रहने बताउँछ । माओले अन्तर्विरोधलाई सामाजिक विकास र मानव उद्विकासको बिम्बका रूपमा हेर्नुभयो । अर्को शब्दमा वर्गीयसङ्घर्ष र द्वन्द्व प्राकृतिक र प्रगतिशील हुन्छन् ।
त्यसपछि माओले यी अभिव्यक्तिलाई व्यक्तिगत स्तरमा बढी लिंदै भन्नुभयो, “एउटा वस्तुको विकासमा मूल कारण बाह्य नभएर आन्तरिक हुन्छ ।” यस्तो अभिव्यक्ति आरम्भमा सुरक्षित देखिन्छ तर विस्तार हुँदै जानेमा माओले सुझाव दिँदा एक वस्तुको आन्तरिक विरोधाभास त्यसको अन्य वस्तुसँगको सम्बन्ध, तिनीहरूको अन्तरसम्बन्ध र अन्तक्रियाभन्दा महत्वपूर्ण हुन्छ भन्नुभयो ।
अब हामीसँग एउटा विचार छ जसले पश्चिमा विचारधारालाई खारेज गर्दछ । एउटा वैज्ञानिक उदाहरण लिऔँ, विचार गरौँ एउटा बिउ आफूभित्रको बिजकोषबाट वृद्धि हुन्छ तर सौर्य प्रकाश र वर्षाले पनि त्यसमा प्रभाव पार्दछ । त्यसलाई आन्तरिक शक्तिका साथै बाह्य अन्तरक्रिया पनि उत्तिकै आवश्यकता पर्छ । के कुनै कम महत्वको हुनसक्छ ?
माओको अन कन्ट्राडिक्सनमा आएका कैयौँ प्रतिक्रिया … अन्तर्विरोधी छन् । धेरै शाब्दिक वा धेरै दार्शनिकरूपमा पढ्दा समेत यो अस्पष्ट दस्ताबेज हुनसक्छ । जब माओले द्वन्द्वात्मक अन्तर्विरोधलाई क्रान्तिको राजनीतिमा प्रयोग गर्नुभयो यसलाई बुझ्न सजिलो भयो ।
‘चिनियाँ समाजमा सबै उत्पीडित वर्ग र साम्राज्यवादबिच अन्तर्विरोध छ, ठुलो जनसमुदाय र सामन्तवादबिच अन्तर्विरोध छ, सर्वहारा र बुर्जुवाबिच अन्तर्विरोध छ, किसान र सहरी स्वार्थी बुर्जुवाबिच अन्तर्विरोध एकातिर छ र बुर्जुवा अर्कोतिर छ, कैयौँ प्रतिक्रियावादी शासक समूह र अरुबिच अन्तर्विरोध छ । यी अन्तर्विरोधको आ–आफ्नै विशेषता भएकोले यिनलाई समान तरिकाले सम्बोधन गर्न सकिँदैन । यस अतिरिक्त हरेक अन्तर्विरोधका दुई पक्षको समेत एकै किसिमले उपचार गर्न सकिँदैन किनभने प्रत्येक पक्षको आ–आफ्नै खालको गुण हुन्छ ।’
माओले अन्तर्विरोध सर्वव्यापी भएको तथा आन्तरिक र बाह्यरूपमा अस्तित्वमा रहने बहस गर्नुभएको छ । उदाहरणका लागि छिङ राजवंशविरुद्ध एकजुट हुनु पहिले सन् १९११ मा बुर्जुवा र श्रमिकवर्गबिच अन्तर्विरोध थियो । त्यस अवस्थामा गठबन्धनलाई प्रतिरोधी ठान्नु गलत हुन्थ्यो । बरु त्यसलाई यसरी बुझ्न सकिन्छ । आपसमा निहित मतभेद वा अन्तर्विरोध क्रान्ति विकासका अङ्ग थिए । यसैगरी माओले श्रमिक र किसानबिचको अन्तर्विरोधले पँुजीवादमा उनीहरूलाई विरोधीका रूपमा प्रदर्शित गर्नसक्ने औँल्याउनुभएको छ । तर, समाजवादमा यो शान्तिपूर्ण वा अझै सौहार्दपूर्ण हुन्छ ।
बुझ्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा के छ भने उहाँले अन्तर्विरोध सधैँ अस्तित्वमा छ र कम्युनिस्ट समाज हुँदा पनि रहन्छ भन्नुभएको छ । मुख्य लक्ष्य भनेको ती अन्तर्विरोधलाई सुरक्षित पार्नु हो ।

स्रोत : माओ त्सेतुङबारे अध्ययन

Leave a Reply

Your email address will not be published. Required fields are marked *