वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
हरेक देशको आ–आफ्नो सीमा हुन्छ । हरेक देशले आफ्नो सीमा व्यवस्थापन गर्नुपर्छ । सीमा व्यवस्थापन भइरहेको छैन भने दुईपक्षीय बसेर गर्नु अपरिहार्य छ । नेपाल–भारतको एउटा द्वन्द्व नै सीमाको हो । नेपाल–भारतबिच सीमा व्यवस्थापन नभएको हुँदा भारतीय पक्षले नेपाली पक्षको भूमि मिचेको हो; अतिक्रमण गरेको हो । सीमा व्यवस्थापन नहुँदा सीमा अतिक्रमित स्वाभाविक हो । हजारौँ हेक्टर जग्गा भारतीय पक्षले मिचे पनि नेपाल सरकारले बोलेको छैन । नेपाल सरकार मौन रहेकोले भारतीय पक्षले नेपाली भूमि मिचेको मिच्दै गरेको हो । खुला सीमा भएको कारण एकातिर नेपाली भूमि मिचिएको छ भने अर्कोतिर आपराधिक व्यक्तिहरू खुलमखुला नेपाल भित्रिरहेका छन् । समाचार स्रोतअनुसार देशभित्र मानव बेचबिखन र ओसारपसारका घटनामा बालिका बढी भएको देखिन्छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार डिस्को, मसाज सेन्टर, डान्स र बारजस्ता रात्रिकालीन व्यवसायमा उनीहरूको श्रम र यौन शोषण भइरहेको देखिन्छ । खुला गतिविधि, खुला सिमाना र इन्टरनेटलगायतका आदि सुविधाको कारण नेपाली महिला तथा किशोरीलाई देशभित्र र अन्तर्राष्ट्रिय मनोरञ्जन बजारमा उपयोग गर्ने क्रम बढ्दै छ । खुला सीमाले गर्दा मानव बेचबिखन बढिरहेको र यसबाट मानव तस्करीमा संलग्न व्यक्तिले फाइदा उठाइरहेको छ । नेपाल–भारत सीमा नाकामा चेकपोस्ट पर्याप्त छैन† सुरक्षाकर्मी पुगेको छैन । नेपाली भूमि मिच्ने बित्तिकै सुरक्षाकर्मीले तुरून्तै जिल्ला प्रशासन कार्यालयलाई खबर गर्नुपर्ने हो† जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रीलाई खबर गर्नुपर्ने हो । सम्बन्धित निकायले तुरून्तै खोजबिन गरी सत्य तथ्यको आधारमा मिचिएको जग्गा फिर्ता गर्नुपर्ने हो । तर, नेपाल सरकारको तर्फबाट नेपाली भूमि जोगाउने कुनै प्रयास भइरहेको छैन ।
खुला सीमा भएपछि जसलाई जे गर्दा पनि हुने भयो । यसरी खुला सीमा र संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको दुई छिमेकी मुलुक भएको हुँदा जन्मको आधारमा विदेशी नागरिकलाई वंशजको नागरिकता दिन नहुने हो । खुला सीमा भएकोले जोकोही व्यक्ति आवतजावत हुन्छ । यसको कारण चोरीचकारी बढ्छ; हत्या हिंसाका घटना बढ्छ । बेपत्ता पार्ने, अपहृत गर्ने, बेचबिखन गर्ने घटना पनि स्वाभाविक रूपमा बढ्छ । यस्ता आपराधिक क्रियाकलाप रोक्न, आफ्नो सीमा छुट्याउन नै नेपाल–भारत सीमा व्यवस्थापन तुरून्तै हुनुपर्ने माग बढेको हो । तर, पनि सरकारलाई कुनै मतलब छैन । देश साँगुरिँदै गएको छ । के नेपाल सरकारले आफ्नो सिमाना छुट्याउनु पर्दैन ? आफ्नो सीमा सुरक्षित गर्नुपर्दैन ?
विदेशी शक्ति राष्ट्रको अगाडि आफ्नो मिचेको जग्गा फिर्ता लिन नेपाल सरकार किन डराउँछ ? मानव बेचबिखन भइरहनु, महिला बेश्यालयमा पु¥याइरहनु, नक्कली सामानको बिगबिगी हुनु, बेपत्ता पार्नु, चोरी चकारी बढ्नु, लुट्नु, पिट्नु आदि घटनाका कारक खुला सीमा हो । यसैले यी सबै अव्यवस्थालाई व्यवस्थापन गर्न नै नेपाल–भारत खुला सीमा गर्नुपर्ने हो । यस कार्यमा सरकार किन पहल गर्दैन ? पहल गरेर सीमा व्यवस्थापनसँगै सीमा विवाद अन्त्य हुन्छ र हाल नेपाल भारतबिच भइरहेको विवाद पनि कम हुँदै जानेछ । अतः नेपाल–भारत खुला सीमा व्यवस्थापन गर्न विलम्ब गर्नु हुँदैन । भारतको स्वार्थ पूरा गर्न नेपाल किन अघि सरिरहेको हो ? नेपालले भारतीय शासकहरूको स्वार्थ हेर्ने हो कि नेपाल र नेपालीको स्वार्थ हेर्ने ? नेपाल र नेपालीको स्वार्थ छोडेर विदेशी शक्ति राष्ट्रहरूको स्वार्थ खोज्ने सरकारले नेपालको भलो कसरी गर्ला ? समृद्ध नेपाल र सुखी नेपाली बनाउने उद्देश्य कसरी पूरा होला ? शासकहरू कमजोर भएपछि कुनै पनि विदेशी शक्ति राष्ट्रले पेल्छ, पेलिरहेको हुन्छ । शक्ति राष्ट्रले शासकहरूकै कमजोरीको फाइदा नउठाउला भन्न सकिन्न । यसतर्फ सरकार गम्भीर र जिम्मेवार हुनुपर्छ ।
Leave a Reply