वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
जीवनको सुरुवातसँगै मृत्यु, एउटा रहस्य तर यथार्थ हो । ‘द युनिफर्म डिटर्मिनेसन अफ डेथ एक्ट क’ अनुसार ‘मृत्यु’ को परिभाषा भनेको पुनः सञ्चालन नहुने गरी रक्तसञ्चार र स्वासप्रस्वास बन्द हुनुका साथै मस्तिष्क तथा ब्रेन स्टिमका सम्पूर्ण कामक्रिया बन्द भई काम गर्न नसक्ने अवस्था हो ।
मृत्युकै पर्यायवाची शब्दको रूपमा रहेको तर फरक अर्थ लाग्ने अर्को शब्द कोमा भन्ने आउँछ । कोमा भनेको लामो समयसम्म बेहोशी अवस्थामा हुनु हो तथा कुनै पनि पीडाप्रति सचेतना नदेखाउने अवस्था हो । चिकित्साशास्त्रले ल्याएको आधुनिक वैज्ञानिक पद्धतिहरूको प्रयोगले मृत्यु रोक्न नसके पनि मृत्यु र कोमाबिचको समयलाई दिर्घायु बनाउने काम गरेको छ । मेडिकल साइन्सले मृत्यु र कोमाबिचमा स्पष्ट रेखा ताने पनि क्लिनिकल र कानुनी मान्यताले घरि–घरि सही मृत्युको परिभाषालाई नै चुनौती दिने काम गर्छ । हुन त विभिन्न देशको कानुनले आफ्नो आफ्नो तर्कअनुसार समय–समयमा मृत्युलाई परिभाषित गर्ने गरेका छन् ।
हुन त नेपालले अझै पनि हृदय गतिको रेखा पूर्णरूपले सिधा हुनुलाई नै मृत्युको ठोस प्रमाण मान्ने गरेको छ, तर भेन्टिलेटरजस्तो मसिनले स्वास फेर्दै गरेको र औषधिको भरमा चलेको मुटुको ढुकढुकीलाई जीवित मान्नु कतिको उपयुक्त हो यो भने विशेष प्रश्न उठ्छ । सन् १९५९ तिर मोलार्ट र गौलनले ब्रेनडेड हुनु नै मृत्यु हो भने, अर्थात् लामो समयसम्म गहिरो कोमामा भएको व्यक्ति, सास फेर्न नसक्ने, कुनै पनि चेतना नभएको या प्रतिक्रिया दिन नसक्ने, कोमाबाट फर्किन नसक्ने तथा ईईजीमा मस्तिष्कको कुनै गतिविधि नदेखिनु नै मृत्यु हो परिभाषित गरे । यसरी आधुनिक मसिनको सञ्चालनमा राखेर एउटा लासलाई वर्षौँसम्म सुरक्षित राख्न सकिन्छ भन्ने तात्पर्य निस्कियो । हुन पनि सोच्नुपर्ने कुरा हो, आधुनिक मेसिन सञ्चालन गर्दा परिवार सँगसँगै अस्पताल सञ्चालकलाई पनि आर्थिक रूपले निकै खर्च परिरहेको हुन्छ ।
अस्पतालमा भएका सीमित शøयामा बिरामी सङ्ख्या बढी भयो भने कहिले नब्युँझिने मृत शरीरलाई राख्ने या साँच्चिकै जीवित भएका बिरामीको उपचार निम्ति राख्ने कुरा पनि संयोगवश उठ्ने गर्छ । क्यालिफोर्नियाको केस जाहि म्याक–म्याथको कथा पनि स्वास्थ्यकर्मी तथा कानुनविज्ञहरूको लागि ठुलो चुनौती ल्याएको थियो ।
सन् २०१३ मा मस्तिष्क मृत्यु घोषणा भइसकेको म्याथलाई कहिलेसम्म अस्पतालमा राख्ने निष्कर्ष हेतु चिकित्सकका समूहले मृत्यु घोषणा गरेपश्चात्, म्याथका माता पिताले सो कुरा अस्वीकार गरेका थिए र म्याथलाई आफ्नै घरमा सम्पूर्ण उपचार पद्धतिका साथ राखे । अचानक एकदिन म्याथका आमाले बिरामी छोरीले खुट्टा चलाएको देखिन् र म्याथ समय–समयमा महिनावारीसमेत भएको जानकारीका साथ म्याथले अस्पतालमा उपचार गर्न पाउनुपर्ने उजुरी दिएका थिए । तर, चिकित्सकको समूहले पुनः परीक्षण गर्दा कुनै प्रतिक्रिया नआएको म्याथलाई सन् २०१८ जुनमा मृत घोषणा गरियो । यस्ता अन्य घटनाहरू पनि सार्वजनिक भएका छन् ।
अस्ट्रेलियन अनुसन्धानकर्ता एलिसन विल्सनका अनुसार मानव मृत शरीर मृत्युपश्चात् लगभग एक वर्षसम्म आफैँ हलचल हुन सक्छ । उनले गरेका शोधमा मृत शरीरहरू विभिन्न समयमा हेर्दा आफ्नो स्थान परिवर्तन गरेको जानकारी हासिल गरेका छन् । कतिपय मलामी गएका व्यक्तिहरूअनुसार लास जलाउँदा सास फेरेको या शरीर चलेको कुरा सुनाउँछन् । त्यसो भए के शरीर मरेर पनि मर्दैन या मस्तिष्क मृत्यु भन्ने शब्द नै गलत हो ?
प्रश्न जति उठे पनि, उत्तर अझै स्पष्ट पाउन सकिएको छैन । प्रोफेसर डा. डेभिड ग्रियर, बोटसनअनुसार मनमा सनक लागुञ्जेल कुनै शरीरलाई मृत घोषित नगर्ने सल्लाह दिएका छन् । विभिन्न समयमा भएका शोधहरूअनुसार मानव शरीर विभिन्न किसिमका रसायन पदार्थले बनेको हुन्छ, मृत्युपश्चात् ती रसायनहरूको प्रतिक्रिया हुनजान्छ ।
विभिन्न किसिमका जीवाणुहरू शरीरलाई कुहाउन सुरु गरेको हुनाले शरीर तन्किने–खुम्चिने गर्छन् । यही क्रममा स्थान परिवर्तन हुने गर्छ । ब्रेनस्टिम र सेरेब्रेल कोर्टेक्समा एसेण्डिङ रेटिकुलर एक्टिभेटिङ सिस्टम बिग्रेपश्चात् मानिस कोमामा जाने गर्छन् । लगभग ७५ प्रतिशत ब्रेन डेड मानिसमा स्पाइनल रिफ्लेक्सले गर्दा लाजेरस साइन देखिन्छ, जसमा मृत शरीरको हातहरू आफैँ करिब १०–३० सेकेण्डमाथितिर उठ्ने गर्छ । मृत्यु भएको एक घण्टा नपुग्दै शरीरमा राइगर मोर्टिस हुन जान्छ, जसमा एक्टिन र मायोसिन फिलमेण्ट्सहरू स्टिफ्फ एक्टिनोमाऐसिनमा परिणत हुन्छ, जसले गर्दा मांशपेशीहरू कडा तथा खुम्चिने गर्छ । शरीरमा हुने कुहिने प्रक्रिया, मोलिकुलर डेथ, प्राकृतिकरूपले हुने ममिफिकेसन, राइगर मोर्टिस, पुट्रिफिकेसन, जैविक रासायनिक परिवर्तनहरूका जटिल प्रक्रिया नै मृत्युलाई भ्रामिक रहस्यमय बनाएको छ ।
(लेखिका नेपाल मेडिकल कलेजमा लेक्चर छिन् ।)
Leave a Reply