भर्खरै :

शिला चः¥हे (महाशिवरात्रि)

शिला चः¥हे (महाशिवरात्रि)

नेपाल संव सिल्लागा चतुर्दशी (चः¥हेका) दिन अर्थात् चन्द्रमानअनुसार फाल्गुन कृष्णपक्ष चतुर्दशीका दिन (शिवरात्रि) शिलाचः¥हे मनाइन्छ । शिवरात्रि नेवार समुदायले मात्र नभई सबै हिन्दू अर्थात् शैव धर्मालम्बिीहरूले मनाउने भएकाले यसलाई शैव समुदायको मौलिक पर्वको रूपमा लिने गरिएको हो ।
महाशिवरात्रि शङ्करका निमित्त सबैभन्दा पवित्र दिन अर्थात् शिवरात्रि शिवको प्रमुख पर्व हो । एकातर्फ शिवलाई संहारक वा विनाशक भनिन्छ जव कि अर्कोतर्फ उनलाई अत्यन्तै करुणामयी भनेर चिनिन्छ । उनलाई महान् दाता पनि भनिन्छ । शिव सबैको कल्याण गर्ने देवता हुन् । अतः महाशिवरात्रिमा सरल उपाय गर्दा मात्र पनि इच्छित सुखको प्राप्ति हुन्छ । जसले गर्दा मानिसमा ऊर्जाहरू स्वतः माथितिर जान्छन् । आध्यात्मिक मार्गमा हिँड्ने साधकहरूका निम्ति निकै महत्वपूर्ण हुन्छ । ऊर्जाहरूको स्वाभाविक प्रवाहलाई सहजै माथितर्फ जान दिनको लागि, रातभरि मनाइने यस महा–उत्सवको मूलभूत आधार भनेको आफ्नो मेरूदण्ड वा ढाडलाई सिधा राखेर रातभरि जागा बस्नु हो ।
“शिवको शाब्दिक अर्थ हो, त्यो जुन छैन” । त्यो जुन छ, “अस्तित्व वा सृष्टि हो । त्यो जुन छैन”, शिव हुन् । शून्यता नै अस्तित्वको आधार हो । त्यसैले, हामी शिवलाई अस्तित्वको आधारको रूपमा हेरिरहेका छौँ । त्यो जुन छ, को आधार भनेकै “त्यो जुन छैन” हो । (स्रोतः महाशिवरात्रिको महत्व)
धार्मिक ग्रन्थमा देखाइएअनुसार शिवजीलाई साकार, निराकार र दुवै रूपमा ग्रहण गर्नुपर्ने हुन्छ । वास्तवमा जुन महापुरुषले शिवजीको परिकल्पना गरे उनले त निराकारलाई नै प्राथमिता दिएका छ्न । उनको सोचाइअनुसार शिव मानवमा रहेको महाशक्तिको रूप हो । समयको चालअनुसार यो शक्तिको रूप बदलिरहन्छ । मानिसमा बाल्यकाल, युवा अवस्था, वृद्धावस्थामा भिन्न–भिन्न शक्ति पाइन्छ भने प्रकृतिमा पनि चैत, वैशाख, जेठमा एक प्रकारको शक्ति प्रयोगमा आएको हुन्छ भने अरु ऋतुहरूमा छुट्टै किसिमको शक्ति प्रयोगमा आएको हुन्छ । उत्तरी गोलाद्र्धमा जुन प्रकारको शक्ति प्रयोगमा हुन्छ, त्यही समयमा दक्षिणी गोलाद्र्धमा भिन्न शक्तिले काम गरिरहेको हुन्छ ।
मौसम परिवर्तन यही शिव शक्तिको प्रभाव हो, गर्मी, सर्दी, वर्षा, सुख्खा, झरीबादल, भूकम्प, ज्वालामुखी, बाढी, पहिरो, रोगव्याधि, सुख, दुःख इत्यादि, वादविवाद, मारकाट, महायुद्ध यी सबै यही शिवशक्तिको विविध रूपमा भएको प्रयोग हो ।
आकाशगङ्गा साधारणतया देखिन्छ । त्यो थामेर राख्ने विशाल शून्यता अर्थात् अनन्त खालीपनलाई नै शिव भनिन्छ । आधुनिक विज्ञानले समेत यो प्रमाणित गरेको छ कि सबैथोक शून्यताबाट आउँछन् अनि फेरि शून्यतामै विलिन हुन्छ । जस्तैः प्रत्येक मनुष्यभित्र हुने विशाल शून्यता वा खालीपन, जुन सम्पूर्ण सृष्टिको स्रोत हो । यही सन्दर्भमा, शिव अर्थात् त्यो विशाल रिक्तता वा शून्यतालाई नै महान् देव, महादेव भनिएको हो । शिव आदि–अनादि हुन् । सृष्टिको विनाश वा पुनःस्थापनको बिचको मुख्य कडी हो, प्रलय अर्थात् कष्ट, पुनःस्थापन अर्थात् सुख । अतः ज्योतिषमा शिवलाई सुखको आधार मानिन्छ र महाशिवरात्रिमा अनेक किसिमका अनुष्ठान गर्ने गरिन्छ ।
धार्मिक ग्रन्थमा देखाइएअनुसार शिवजीलाई साकार, निराकार र दुवै रूपमा ग्रहण गर्नुपर्ने हुन्छ । वास्तवमा जुन महापुरुषले शिवजीको परिकल्पना गरे उनले त निराकारलाई नै प्राथमिता दिएका छन् । उनको सोचाइ अनुसार शिव मानवमा रहेको महाशक्तिको रूप हो । समयको चालअनुसार यो शक्तिको रूप बदलिरहन्छ । मानिसमा बाल्यकाल, युवा अवस्था, वृद्धावस्थामा भिन्न–भिन्न शक्ति पाइन्छ भने प्रकृतिमा पनि चैत, वैशाख, जेठमा एक प्रकारको शक्ति प्रयोगमा आएको हुन्छ भने अरु ऋतुहरूमा छुट्टै किसिमको शक्ति प्रयोगमा आएको हुन्छ । उत्तरी गोलाद्र्धमा जुन प्रकारको शक्ति प्रयोगमा हुन्छ, त्यही समयमा दक्षिणी गोलाद्र्धमा भिन्न शक्तिले काम गरिरहेको हुन्छ ।
मौसम परिवर्तन यही शिव शक्तिको प्रभाव हो, गर्मी, सर्दी, वर्षा, सुख्खा, झरीबादल, भूकम्प, ज्वालामुखी, बाढी, पहिरो, रोगव्याधि, सुख, दुःख इत्यादि, वादविवाद, मारकाट, महायुद्ध यी सबै यही शिवशक्तिको विविध रूपमा भएको प्रयोग हो ।
यस धरतीको हरेक धर्म र संस्कृतिमा, सदैव चैतन्यको सर्वव्यापी प्रकृतिको कुरा गरिएको छ । जहाँ अन्धकार, शून्यता वा खालीपन मात्र छ, जुन सर्वत्र–व्याप्त छ । हामी चैतन्यलाई प्रकाशको रूपमा दर्शाउँछौँ । जब मानिसहरू सुख–समृद्धि खोजमा लाग्दैनन्, वा त्यसबाट माथि उठेर आफ्नो जीवनबाट पर जाने, विलिन हुने कुरामा ध्यान दिइरहेका हुन्छन् । यदि उनीहरूको उपासना र साधनाको उद्देश्य विलिन हुनु हो भने— त्यसबेला हामी सदैव चैतन्यलाई अन्धकारको रूपमा हेर्दछौँ । अन्धकारले सबैथोक ढाकेको हुन्छ, यो जताततै हुन्छ । जव चैतन्यलाई सर्वत्र फैलिएको भनेर व्याख्या गर्नुहुन्छ, तव दिव्यलाई अन्धकार भनिरहनु भएको हुन्छ, किनकि अन्धकार मात्रै सर्वत्र–व्याप्त हुन सक्दछ । यो जताततै हुन्छ । यसलाई कसैको पनि सहारा चाहिँदैन । प्रकाश सधैँ यस्तो स्रोतबाट आउँछ, जसले आफैँलाई जलाउँछ । यसको सुरू र अन्त्य हुन्छ । यो सधैँ सीमित स्रोतबाट आउँछ तर अन्धकारको कुनै स्रोत हुँदैन । यो आफैँमा स्रोत हो र सर्वव्यापी हुन्छ ।
योग–गाथामा शिवको करुणा बारे थुप्रै कथाहरू लेखिएका छन् । उनको करुणा व्यक्त गर्ने तरिकाहरू अविश्वसनीय साथसाथै आश्चर्यजनक रहेका छन् । त्यसैले, महाशिवरात्रि केही ग्रहण गर्नको लागि एउटा विशेष रात हो । यो आफ्नो आत्मालाई पुनीत बनाउने महाव्रत हो । यो व्रतको पालना गरे सबै पापहरूको नाश हुन्छ । हिंसक प्रवृत्तिमा परिवर्तन आउँछ । निरीह जीवहरू प्रति दयाभाव उब्जिन्छ । (स्रोतः आदर्श समाज लेख)
योग पद्धतिमा, शिवलाई कुनै भगवानको रूपमा पूजा गरिँदैन । बरू उनलाई आदिगुरू अर्थात् पहिलो गुरू भनिन्छ, जसबाट योग विज्ञान उत्पत्ति भयो । सहस्राब्दीकै ध्यानपछि, एकदिन उनी पूर्णतया स्थिर (अचल) भए । सोही दिनलाई महाशिवरात्रि भनिएको हो । उनीभित्र सबै गतिविधिहरू रोकिए अनि उनी नितान्त स्थिर भए, अतः साधकहरूको दृष्टिमा महाशिवरात्रि स्थिरताको रात हो ।
योग परम्परामा यो दिन र रातलाई अति महत्व दिइएको छ र आध्यात्मिक साधकको निम्ति जे–जति सम्भावनाहरू प्रदान गर्दछ, ती अतुलनीय र अद्भूत छन् । आधुनिक विज्ञानले थुप्रै चरणहरू पार गरेर आज यो विन्दुमा आइपुगेको छ । वैज्ञानिक तथ्य प्रत्येक योगीका निम्ति अनुभवको स्तरमा यथार्थ हो । योगी अर्थात् जसमा अस्तित्वको एकत्व बोध भएको छ । कुनै निश्चित अभ्यास वा अनन्तलाई जान्ने सम्पूर्ण अभिलाषा, अस्तित्वमा एक हुँदाको भावलाई जान्ने तीव्र चाहना नै वास्तवमा योग हो । महाशिवरात्रिको रातले व्यक्तिलाई यो अनुभव गर्ने अवसर प्रदान गरिन्छ । (स्रोतः विकिपिडिया)
चन्द्रमानअनुसार कृष्ण चतुर्दशी तिथि अर्थात् चः¥हे प्रत्येक महिनाको औँसीको एक दिन अगाडि पर्दछ । यस दिन महिनाभरिको सबैभन्दा अँध्यारो रात हुन्छ । वर्षमा १२ वटा चः¥हे हुन्छ । प्रत्येक महिनाको चः¥हेको नाम यस प्रकार छन् । वैशाख कृष्ण चतुर्दशीलाई माताति चः¥हे, ज्येष्ठ कृष्ण चतुर्दशीलाई सिथि चः¥हे, आषाढ कृष्ण चतुर्दशीलाई दिल्लाचः¥हे, श्रावण कृष्ण चतुर्दशीलाई गथामग चः¥हे, भाद्र कृष्ण चतुर्दशीलाई जुगःचः¥हे, आश्विन कृष्ण चतुर्दशीलाई नःलाश्वने चःहे, कार्तिक कृष्ण चतुर्दशीलाई स्वन्ति चः¥हे, मार्ग कृष्ण चतुर्दशीलाई बाला चः¥हे, पौष कृष्ण चतुर्दशीलाई दिशी चः¥हे, माघ कृष्ण चतुर्दशीलाई लै चः¥ह, फाल्गुन कृष्ण चतुर्दशीलाई शिला चः¥हे, त्यस्तै चैत्र कृष्ण चतुर्दशीलाई पाशा चः¥हे भनिन्छ । ती मध्ये वर्षको चार वटा प्रमुख चतुर्दशीहरू छन्, १) घण्टाकर्ण चतुर्दशी (गथामग चः¥हे), २) बाला चतुर्दशी (बाला चः¥हे), ३) पिशाच चतुर्दशी (पाशा चः¥हे) र ४) शिवरात्रि चतुर्दशी शिलाचः¥हे हुन् । भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो शिवरात्रि चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिको रूपमा पुराणहरूमा वर्णित छ ।
महाशिवरात्रिको अवसरमा काठमाडौँको पशुपतिनाथ, झापाको अर्जुनधारा, सुनसरीको रामधुनी र पिण्डेश्वर, खोटाङको हलेसी, गुल्मीको गलेश्वर आदि विविध शिवालयमा भक्तजनको भीड लाग्दछ । यस अवसरमा भारतलगायत विश्वको विभिन्न स्थानहरूबाट जोगी, योगी एवं भक्तजन पशुपति मन्दिरमा आउँछन् ।
ज्योतिषीशास्त्रअनुसार चतुर्दशी तिथिका स्वामी शिव हुन् । ज्योतिषशास्त्रमा यस तिथिलाई परम शुभफलदायी तिथि मानिएको छ । शिवरात्रिमा सूर्यदेव पनि उत्तरायणमा आइसकेको हुन्छ । अरु ग्रहहरू पनि उत्तरी गोलाद्र्धमा विशेष अवस्थामा हुन्छ तथा ऋतु परिवर्तनको यो समय अत्यन्त शुभ मानिन्छ । तर चतुर्दशी तिथिमा चन्द्रमा आफ्नो क्षीणस्थ अवस्थामा पुग्दछ । त्यसकारण बलहीन चन्द्रमा सृष्टिलाई ऊर्जा प्रदान गर्न असमर्थ हुन्छ । चन्द्रमाको सीधा सम्बन्ध मनसँग हुन्छ । अब मनः कमजोर हँुदा भौतिक सन्तापले प्राणीलाई घेर्दछ तथा विषादको स्थिति उत्पन्न हुन्छ । जसबाट कष्टहरूको सामना गर्नु पर्दछ । चन्द्रमा मन कारक भएकोले हाम्रो मानसिक स्थितिलाई सन्तुलन गरेको हुन्छ । यस दिन चन्द्रमा पृथ्वीको नजिक रहने भएकोले यी दिनका आसपासमा, मानसिक बिमारीहरू बढ्ने, रक्तचापका बिमारीहरू देखिने आदि हुन्छ । आत्महत्याका बढी घटना हुन्छ ।
शिवरात्रि व्रतको महिमा ठुला ठुला ग्रन्थमा प्रायः एउटै प्रकारले व्यक्त भएको पाइन्छ । यी सबै ग्रन्थमा व्यक्त भएका कुराहरू शिवजीलाई प्रसन्न राख्ने उद्देश्यपूर्ण पाइन्छ । कली युगमा मानिसहरू अल्प आयुका हुन्छन्, रोगव्याधिले ग्रस्त रहन्छन् भन्ने मान्यतालाई ध्यानमा राखी उनीहरूको कल्याण होस् भन्ने हेतुले शिव पूजन विधि र व्रतको महिमालाई प्राधान्यता दिँदै विभिन्न ग्रन्थको रचना गरेको पाइन्छ । ती ग्रन्थमध्ये श्री लिगपुराणको उमा महादेव संवाद मुख्य मानिएको छ । (स्रोतः आदर्श समाज लेख)
कथाअनुसार एक दिन शिव पार्वतीको बिच ठुलो वादविवाद चल्यो । त्यस वादविवादमा पार्वतीले शिवजीसँग प्रश्न गर्छिन् ‘चलनचल्तीमा परम्परादेखि चलीआएको व्रतहरूमध्ये सबैभन्दा ठुलो व्रत कुन हो ? शिवजीले शिवरात्रिमा गरिने व्रत नै सबैभन्दा ठुलो फल पाइने व्रत हो भन्ने उत्तर दिए ।
वास्तवमा अज्ञानमय रात्रिलाई हटाउन प्रयोगमा ल्याइने प्रकाश नै शिवरात्रि व्रतको प्रभाव हो । मानिसमा दैवी एवं ईश्वरीय गुणको जागरण गराउन सक्नु नै शिव पूजनको फल मानिन्छ । त्यसकारण, फागुन कृष्ण पक्षको चतुर्दशीमा (औँसीको अघिल्लो रात) जाग्राम बस्नुबाट अज्ञानता नष्ट हुन्छ भन्ने जनमानसमा विश्वास छ । शिवरात्रिपछि गर्मी सुरु हुन्छ, सर्दीको अवधि सकिन्छ । यो अन्तरालमा विकृति नआओस् भन्ने हेतुले यो रातमा व्रत बस्नु, जागा रहनु, मनलाई एकाग्र राख्न शिवजीको पूजा गर्नु, गर्मी सर्दीको सङ्गमको प्रभावलाई रोक्न बेलपत्रको स्पर्शले मात्र पनि सहयोग पुग्छ भन्ने विश्वास स्थापना गर्नु हो । (स्रोतः आदर्श समाज लेख)
अन्तमा, पौराणिक र धार्मिक मान्यताहरूका अनुसार तीन कारणहरूले महाशिवरात्रि पर्व मनाइन्छ । जसमा शिव–पार्वतीको विवाह सबैभन्दा धेरै प्रचलित रहेको छ । महाशिवरात्रिमा विभिन्न स्थानहरूमा रातिको समयमा शिवको जन्ति पनि निकाल्ने परम्परा रहेको छ । त्यस्तै पौराणिक मान्यताहरूका अनुसार सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि शङर रूद्रका रूपमा अवतरण भएका थिए भन्ने धार्मिक विश्वास रहेको छ ।
निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दूधको अभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ । शिवरात्रिको व्रतकालमा शिवको ध्यान, पूजन र जप गरिन्छ भने जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ । वास्तवमा शिवरात्रिको परम पर्व स्वयं परमपिता परमात्माले सृष्टिमा अवतरित भएको स्मृति पर्व हो । परमात्मा नै ज्ञानको सागर हो । जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाशतर्फ अथवा असत्यबाट सत्यतर्फ लैजान्छ । ब्राह्मण, क्षत्रीय, वैश्य, शूद्र, स्त्री–पुरुष, बालक, युवा र वृद्ध सबै यस व्रतको पालन गर्न योग्य मानिन्छन् । यस व्रतको विधानमा सबेरै स्नानादिबाट शुद्ध भएर उपवास गर्ने गरिन्छ ।
महाशिवरात्रि तपस्वी र साधकहरूका निम्ति त्यो दिन हो, जब शिव कैलाश पर्वतमा विलिन भई पर्वतजस्तै पूर्णतया अचलै बनेका थिए । प्रलयकालमा यसै दिन प्रदोषको समयमा शिव ताण्डव गर्दै ब्रम्हमाडलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गरिन्छ । शिवरात्रिको महत्व व्याधाको कथासँग जोडिएको छ । मृग मार्न गएको व्याधाले मृग पर्खाइमा अज्ञानवश चढाएको बेलपुष्पले नै मोक्ष प्राप्त गरेकाले यस दिनको विशेष महत्व रहेको, त्यसैले यो तिथिलाई महाशिवरात्रि भनिन्छ । यो दिन विशेष रूपले शिवको पूजा–अर्चना गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *