भर्खरै :

साकोलानमा कार्यकर्ता भेला

साकोलानमा कार्यकर्ता भेला

भक्तपुर, १३ फागुन । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको तयारी बैठक चालु छ ।
यसै सिलसिलामा नेमकिपा भक्तपुर वडा नं ९ एकाइ समितिले साकोलानमा कार्यकर्ता तथा समर्थकको भेला गरेको छ ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले देशका बहुमत किसान तथा मजदुरहरूले राजनीतिक शिक्षा नपाएकै कारण देश पछाडि परेको विचार राख्नुभयो । बुझेर समर्थन गर्ने र बुझेर विरोध गर्ने क्षमता विकास गर्न राजनीतिक कक्षाहरू सञ्चालन हुनुपर्ने भन्दै उहाँले जनताको आलोचनात्मक चेतको विकासको निम्ति नेमकिपाका कार्यकर्ताले काम गर्नुपर्ने तर्क गर्नुभयो ।
नेमकिपा, भक्तपुर नगर समितिका प्रतिनिधि राम प्रजापतिले नेमकिपाले देश र जनताको इमानदारीपूर्वक सेवा गर्न कार्यकर्ता तथा समर्थकलाई उत्साहित गरिरहेको विचार व्यक्त गर्नुभयो ।
नेमकिपा, वडा नं ९ एकाइ समितिका अध्यक्ष कृष्णभक्त लवजूले नेमकिपाको महाधिवेशनको सफलताको निम्ति किसान र मजदुरको थोरैथोरै रकम जम्मा गरिरहेको भनाइ राख्नुभयो ।
आयोजक समितिका नातिभाइ हेम्वाको सभापतित्वमा सम्पन्न कार्यक्रममा इन्द्रबहादुर प्याथ, आरके प्रजापतिलगायतले मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *