भर्खरै :

संशोधनवादविरोधी इतिहासको पानाबाट

टिटो

सन् १९४८ को जुन महिनामा कम्युनिष्ट पार्टीहरुको सूचना व्युरो (Information Bureau of Communist Parties) ले पारित गरेको सर्वविदित प्रस्ताव ‘युगोस्लाभिया कम्युनिष्ट पार्टीको अवस्थाबारे’ मा विगतमा भित्र लुकेर काम गरिरहेका राष्ट्रवादी तत्वहरुले पछिल्ला महिनाहरुमा युगोस्लाभिया कम्युनिष्ट पार्टीको नेतृत्व हत्याउन खोजेको कुरा औंल्याइएको छ । युगोस्लाभिया कम्युनिष्ट पार्टीको नेतृत्व युगोस्लाभिया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय परम्पराबाट अलग बन्दै गएको र राष्ट्रवादको बाटोमा अघि बढ्न खोजिरहेको सो प्रस्तावमा उल्लेख छ ।
सबै कम्युनिष्ट पार्टीहरु, जनताको प्रजातन्त्र र समाजवाद पक्षधर सम्पूर्ण मोर्चाले एकमतबाट सूचना व्युरोको ‘युगोस्लाभिया कम्युनिष्ट पार्टीको अवस्थाबारे’ प्रस्ताव पारित गरेका हुन् । संसारका सबै कम्युनिष्ट पार्टीहरु युगोस्लाभियाको वर्तमान नेतृत्व अर्थात् टिटो समूहले राष्ट्रवादी नीति अंगालेर साम्राज्यवादीहरुको नियन्त्रणमा काम गरिरहेको तथा युगोस्लाभियालाई एक्लो र कमजोर बनाएको भन्नेमा सहमत छन् ।
के टिटो समूहले यी तथ्यहरुबाट कुनै उपयुक्त पाठ सिकेको छ ?
राष्ट्रवादी नीति अंगीकार गर्नुको अर्थ संसारका सबै कम्युनिष्ट पार्टीहरुको साथ–समर्थन युगोस्लाभियाले गुमाउनु हुनेछ । राष्ट्रवादी नीति अंगालेका कारण युगोस्लाभिया कम्युनिष्ट पार्टी अहिले नै एक्लो बनिसकेको छ । देशभित्र र बाहिरबाट युगोस्लाभिया कम्युनिष्ट पार्टी कमजोर बनिसकेको कुरा टिटो समूहले बुझेको छ वा छैन ?
पार्टी र देशलाई टिटो समूहले डो¥याएको यो जटिल परिस्थितिको एउटै मात्र समाधान भनेको आफ्ना गल्ती महसुस गरी राष्ट्रवादको नीतिबाट अलग हुनु तथा कम्युनिष्ट पार्टीहरुसँग मैत्रीपूर्ण सम्बन्धमा फर्कनु भएको कुरा टिटो समूहले बुझेको छ वा छैन ?
अहँ, टिटो समूहले यस्ता पाठ बिल्कुल सिकेको छैन । उनीहरुले यस्ता सामान्य र अचुक तथ्यहरु बुझेजस्तो लाग्दैन ।
बरु सबै भातृत्वपूर्ण कम्युनिष्ट पार्टी र जनताको प्रजातन्त्र तथा समाजवाद पक्षधर मोर्चाले टिटो समूहलाई मैत्रीभावका साथ गरिएका न्यायोचित आलोचनाको जवाफ टिटो समूहले बेल्ग्रेडबाट प्रकाशित हुने अखबारहरुमा सस्तो भाषामार्फत् दिइरहेको छ । टिटो समूहले छिमेकका प्रजातान्त्रिक देशहरुका जनताप्रति राष्ट्रवादी घृणाभाव फैलाउने काम गरिरहेको छ । टिटो समूहले अंगीकार गरेको राष्ट्रवादी नीतिको विरोधमा संशय पोख्न हिम्मत गर्ने कम्युनिष्ट तथा गैरकम्युनिष्टहरुमाथि व्यापक दमन, गिरफ्तारी र हत्या गरिंदैछ । हालसाल मात्र युगोस्लाभियाको स्वतन्त्रता सङ्घर्षका एक नायक कर्णेल अर्सो आयोभानोबिभलाई टिटोका कुख्यात भरौटे रान्कोभिकका मानिसहरुले हत्या गरे । अर्सोले टिटो समूहको राष्ट्रवादी नीति तथा आतङ्कको विरोध गरेकाले उनको हत्या गरिएको हो । त्यसकारण युगोस्लाभियामा खुला रुपमै ‘टिटो समूह राजनीतिक हत्याराहरुको जत्थामा पतन भइसकेको’ भनिन थालेको छ ।
टिटो समूहले आफ्ना गल्ती महसुस गरी सच्याउने कुनै मनसाय नदेखाएको प्रष्ट छ । आफ्ना गल्तीहरु स्वीकार्न टिटो समूह डराएको छ किनभने गल्ती स्वीकार्न र सच्याउन साहसको आवश्यकता हुने गर्दछ । उसका गल्तीहरु औंल्याइदिने हिम्मत गर्ने जो कोहीलाई बिना सङ्कोच दमनको शिकार बनानु र गिरफ्तार गर्नु सबैभन्दा खराब कुरा हो ।
लेनिनले भन्नुभएको छ,‘कुनै पनि पार्टीले आफ्नो गल्तीलाई कसरी लिएको हुन्छ भन्ने कुरा सबभन्दा महत्वपूर्ण कुरा हो । पार्टीको महत्व र आफ्नो वर्ग एवं कामदार जनताप्रतिको कर्तव्य पुरा गर्न पार्टी सक्षम छ भन्ने कुराको नापो त्यही कुराबाट हुने गर्दछ । आफ्नो गल्ती खुला रुपमा स्वीकार्न सक्ने क्षमता हुनुको अर्थ उसले गल्ती हुनुको कारण, त्यो गल्ती हुनुका परिस्थिति र सचेततापूर्वक त्यस्ता गल्ती सच्याउने तरिकाबारे छलफल गर्दछ । त्यो नै एउटा प्रतिबद्ध पार्टीको विशेषता हो । वर्ग र त्यसको पछाडि रहेका जनतालाई सचेत र शिक्षित बनाउने उसको जिम्मेवारी पुरा गर्न ऊ प्रतिबद्ध भएको ठह¥छ ।’
प्रष्टतः टिटो समूहमा लेनिनले भन्नुभएजस्तो त्यस्तो सहासिलो, इमान्दार र समर्पित पार्टी नेताहरु बन्न सकेन ।
सूचना व्युरोले प्रस्ताव पारित गर्नुभन्दा केही समयअघि सन् १९४८ को बसन्तयाममा टिटो समूहको राष्ट्रवादको विकास भएको थियो । कम्युनिष्ट पार्टीहरुको सूचना व्युरोको बैठकमा सहभागी भई मित्रपार्टीहरुसँग युगोस्लाभिया कम्युनिष्ट पार्टीको अवस्थाबारे छलफल गर्न नमानेबाट टिटो समूहको अघोषित राष्ट्रवादी नीति शुरु भएको थियो । अघिल्ला बैठकहरुमा अरु कम्युनिष्ट पार्टीहरुलाई गरिएजस्तै युगोस्लाभिया कम्युनिष्ट पार्टीलाई धेरै पटक बैठकमा आफ्नो प्रतिनिधिमण्डल पठाएर आफ्ना विचार राख्न अनुरोध पठाइएको थियो । तर टिटो समूहले ठाडै बैठकका कामकार्यबाहीमा सहभागी बन्न अस्वीकार ग¥यो । टिटो समूहले सोभियत सङ्घ कम्युनिष्ट पार्टीलगायत अरु कम्युनिष्ट पार्टीहरुसँगको मित्रतालाई कुनै महत्व नदिएको प्रष्ट भयो । यसले कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय संयुक्त मोर्चामा प्रष्ट विभाजन आयो । युगोस्लाभिया कम्युनिष्ट पार्टीले अन्तर्राष्ट्रवादसँग सम्बन्ध तोड्यो र राष्ट्रवादको बाटोमा अघि बढ्यो ।
बेल्ग्रेडबाट प्रकाशन हुने गरेको ‘बोर्बा’ अखबारमा टिटो र उसका सहयोगीहरुले संयुक्त साम्राज्यवादविरोधी मोर्चाको समर्थन गरेको लेखेको छ । यो शतप्रतिशत लज्जाजनक कुरा हो र ‘सोझासीधा जनता’ लाई भ्रममा राख्नु नै त्यसको मनसाय हो । वास्तवमा युगोस्लाभियासँग नजिक देशका कम्युनिष्ट पार्टीहरु समेतसँग मिलेर एकै परिवारमा बस्न नसके पछि उसले लिने साम्राज्यवादविरोधी अडान कस्तो होला र ।
टिटो समूह राष्ट्रवादको पापमा पतन भएको जनाउने दोस्रो महत्वपूर्ण तथ्य भनेको युगोस्लाभिया कम्युनिष्ट पार्टीको पाँचौं महाधिवेशनमा भएको अमिल्दो, पाखण्डपूर्ण र लेनिनवादविरोधी व्यवहार हो । केही सरल मानिसहरुले महाधिवेशनले कम्युनिष्ट पार्टीहरुबीच मित्रताको झण्डामूनि, जनताको प्रजातन्त्र मान्ने देशहरु र सोभियत सङ्घको साम्राज्यवादविरोधी मोर्चालाई बलियो बनाउने ध्वजामूनि काम गर्ने अपेक्षा गरेका थिए । तर त्यहाँ सबै काम ठीक उल्टा भए । वास्तवमा टिटो समूहले पाँचौं महाधिवेशनलाई छिमेकी देशका कम्युनिष्ट पार्टीहरुविरुद्धको लडाईको खाल र जनताको प्रजातन्त्र मान्ने देशहरुको संयुक्त साम्राज्यवादविरोधी मोर्चासँग झगडाको अखडामा परिणत गरे । त्यो महाधिवेशन जनताको प्रजातन्त्र मान्नेहरुविरुद्धको अभियान सावित भयो । महाधिवेशन कम्युनिष्ट पार्टीहरु, सोभियत सङ्घ तथा सोभियत कम्युनिष्ट पार्टीको दुष्प्रचार गर्ने अभियान सावित बन्यो ।
निसन्देह युगोस्लाभियामा सोभियत सङ्घ र जनताको प्रजातन्त्र मान्ने देशहरुका विरोधमा खुला रुपमा बोल्दै हिंड्नु त्यत्ति सुरक्षित विषय होइन किनभने युगोस्लाभियाका जनता जनताको प्रजातन्त्र मान्ने देशहरु र सोभियत सङ्घसँगको एकतालाई पूर्ण समर्थन गर्ने गर्दछन् । त्यसकारण टिटो समूहले बठ्याइँपूर्ण काइदा प्रयोग ग¥यो । सोभियत सङ्घको प्रशंसा, सोभियत सङ्घसँगको मित्रता र राष्ट्रिय मुक्ति आन्दोलनहरुमा सोभियत सङ्घको महत्वपूर्ण भूमिकाको वाहवाही गर्दै त्यही मुखुण्डो पछाडि लुकेर उनीहरुले आफ्नो प्रतिक्रियावादी अभियानलाई अघि बढाए । हुँदाहुँदा टिटोका अनुयायीहरुले स्तालिनलाई समेत आफ्नो बद्मासीपूर्ण अभियानमा सामेल हुन सल्लाह दिन भ्याए । सोभियत सङ्घ र अरु प्रजातान्त्रिक देशहरुका कम्युनिष्ट पार्टीहरुका आलोचनाबाट टिटोको राष्ट्रवादी समूहलाई जोगाउन स्तालिनसमक्ष यसरी हात फैलाइयो । बेल्ग्रेडबाट प्रकाशित हुने सबै अखबारहरुमा सबै सम्भव बठ्याईँ र घुसपैठलाई लुकाउन खोजियो । अत्यन्त अनपेक्षित र मूर्खतापूर्ण नालीबेली लगाएर युगोस्लाभियाका जनतासमक्ष कालोलाई सेतो र सेतोलाई कालो प्रमाणित गर्न खोजे । उनीहरुले टिटो समूहको मुख्य चासो सोभियत सङ्घसँगको ‘एकता’ र ‘संयुक्त मोर्चा’ भएको र त्यसका सामू समाजवाद र प्रजातन्त्रविरुद्ध टिटो समूहको अभियान गौण भएको भन्ने प्रचार गरे । वास्तवमा टिटो समूहले त्यसबेलास्म्म सिङ्गो संसारको साम्राज्यवादलाई खुशी बनाउन सोभियत सङ्घ र जनताको प्रजातन्त्रको पक्षधर देशका कम्युनिष्ट पार्टीहरुलाई लत्याएर साम्राज्यवादी मोर्चाको साझा कित्तामा उभिसकेको थियो । कम्युनिष्ट पार्टीहरुको संयुक्त मोर्चालाई भन्दा साम्राज्यवादसँगको संयुक्त मोर्चामा टिटो समूह आबद्ध भइसकेको छ । युगोस्लाभिया कम्युनिष्ट पार्टीको पाँचौं महाधिवेशनबाट पारित दस्तावेजले टिटो समूहको राष्ट्रवादी नीतिलाई अनुमोदन मात्र गरेन बरु बलियो समेत बनायो ।

आन्तरिक राजनीतिको वृत्तमा टिटो समूहले प्रचार गरेको राष्ट्रवादले शोषक वर्ग र शोषित वर्गबीचको सम्झौताको बिन्दुमा पु¥याउनेछ । शोषक र शोषितलाई एउटै ‘राष्ट्रवादी’ मोर्चामा हुल्नेछ । यो वर्ग सङ्घर्षलाई निस्तेज बनाउने नीति हो । यो वर्ग सङ्घर्ष बिना समाजवादी निर्माण सम्भव हुन्छ भन्ने झुठ प्रचार गर्ने नीति हो । यसले समाजवादी बन्दोबस्तअन्तर्गत शोषक वर्गलाई रुपान्तरण गर्न सकिने सम्भावनालाई बलियो बनाउँछ । अर्थात् यो नीतिले युगोस्लाभियाका कामदार जनताको प्रतिरोधी भावना र आत्मविश्वासलाई कमजोर बनाउँदै लानेछ ।

‘बोर्बा’ अखबारमा देखाइएको राजनीतिक ‘अक्रोबाट’ले कम्युनिष्टहरुलाई टिटो समूहका गल्तीहरु उदाङ्ग्याउन बन्द गर्न बरु त्यो समूहलाई विश्वास गर्न तथा समर्थन गर्न भनियो । त्यसो नभए युगोस्लाभियामा गम्भीर क्षति हुने ‘बोर्बा’को भनाई रह्यो ।
अहँ महोदय, कुनै पनि कम्युनिष्ट पार्टीले टिटोको राष्ट्रवादी नीतिप्रति न त विश्वास गर्न सक्छ न त समर्थन नै गर्न सक्छन् । यसो भन्दा युगोस्लाभियाले मन दुखाउन सक्छ । तर त्यसको कारण भने कम्युनिष्ट पार्टीहरु होइनन् । बरु टिटोको राष्ट्रवादी समूह स्वंय कम्युनिष्ट पार्टीहरुबाट अलग भएको हो । त्यत्तिले मात्र नपुगेर कम्युनिष्ट पार्टीहरुसँग त टिटो समूहले लडाईको घोषणा समेत गरेको थियो ।
‘बोर्बा’ पत्रिका ठगहरुले आफ्नो दिमागमा के प्रष्ट बनाउन जरुरी छ भने माक्र्सवाद र राष्ट्रवाद एकै ठाउँमा रहन सक्दैनन् । राष्ट्रवाद पूँजीवादी विचारधारा हो र माक्र्सवादविरोधी विचार हो । उनीहरुले बुझ्नुपर्छ, माक्र्सवादले राष्ट्रवाद वा राष्ट्रवादतिर ढल्केका कम्युनिष्ट पार्टीहरुसँग मेलमिलाप गर्न सक्दैन । अनि उनीहरुले मजदुरहरुको हित, जनताको स्वतन्त्रता र मित्रता तथा समाजवादी निर्माणको नाममा आफ्नो राष्ट्रवादलाई बलियो बनाउने काम बन्द गर्नुपर्दछ ।
लेनिनले भन्नुभएको छ,‘पूँजीवादी राष्ट्रवाद र सर्वहारा अन्तर्राष्ट्रवाद दुई वटा यस्ता नारा हुन् जसको कहीं मिलन सम्भव नै छैन । यिनीहरुले पूँजीवादी विश्वका दुई ठूला वर्गहरुका कित्ताको प्रतिनिधित्व गरेका छन् र यिनले दुई नीतिहरु प्रतिविम्बित गरेका छन् । (दुई भन्दा अझ बढी अवधारणाको समेत प्रतिनिधित्व गरेका हुन्छ ।)’
पूँजीपति वर्ग सत्ताच्युत हुने अवस्थामा शोषक वर्ग र तिनका पिछल्लगुहरुले आफ्नो पुरानो शोषणको संरचनालाई नयाँ रुप दिन राष्ट्रवादको विषालु हतियार प्रयोग गरिरहेका छन् ।
यो विषयमा स्तालिनले भन्नुभएको छ,‘राष्ट्रवादको पक्षधरता भनेको कामदार वर्गको अन्तर्राष्ट्रवादलाई पन्छाएर पूँजीवादी राष्ट्रवादलाई बलियो बनाउने तरिका हो । राष्ट्रवादको पक्षधरताले ‘हाम्रा’ राष्ट्रिय पूँजीपति वर्गले पूँजीवाद पुनस्र्थापना गर्न गरेका प्रयासको प्रतिबिम्वको रुपमा लिनु उचित हुनेछ ।’
युगोस्लाभिया कम्युनिष्ट पार्टीको राष्ट्रवाद साझा साम्राज्यवादविरोधी मोर्चामाथि मात्र हमला होइन बरु त्योभन्दा पनि युगोस्लाभियामाथि कै हमला हो । देशभित्र र देशबाहिर युगोस्लाभियाली जनता र युगोस्लाभिया कम्युनिष्ट पार्टीका हितहरुमाथि नै हमला हो ।
विदेश मामिलामा टिटो समूहको राष्ट्रवादी नीतिले उसलाई कामदार जनताको विश्व क्रान्तिकारी आन्दोलनको संयुक्त मोर्चाबाट अलग बनायो, युगोस्लाभियालाई उसका सबभन्दा विश्वासिला मित्रहरुबाट टाढा बनायो र युगोस्लाभियाले आफूले आफूलाई नै एक्लो बनाएको छ । टिटोको राष्ट्रवादले बा्हय विदेशी शत्रुहरुका मुखैमा युगोस्लाभियाविरुद्ध काम गरिरहेको छ ।
आन्तरिक राजनीतिको वृत्तमा टिटो समूहले प्रचार गरेको राष्ट्रवादले शोषक वर्ग र शोषित वर्गबीचको सम्झौताको बिन्दुमा पु¥याउनेछ । शोषक र शोषितलाई एउटै ‘राष्ट्रवादी’ मोर्चामा हुल्नेछ । यो वर्ग सङ्घर्षलाई निस्तेज बनाउने नीति हो । यो वर्ग सङ्घर्ष बिना समाजवादी निर्माण सम्भव हुन्छ भन्ने झुठ प्रचार गर्ने नीति हो । यसले समाजवादी बन्दोबस्तअन्तर्गत शोषक वर्गलाई रुपान्तरण गर्न सकिने सम्भावनालाई बलियो बनाउँछ । अर्थात् यो नीतिले युगोस्लाभियाका कामदार जनताको प्रतिरोधी भावना र आत्मविश्वासलाई कमजोर बनाउँदै लानेछ । टिटो समूहको राष्ट्रवादले युगोस्लाभियाका कामदार जनतालाई उनीहरुका आन्तरिक शत्रुहरुसामू झुकाउने काम गरेको छ ।
एक वर्षअघि जब टिटो समूहले राष्ट्रवादी पक्षधरता लिइसकेको थिएन र मित्र कम्युनिष्ट पार्टीहरुसँग सहकार्य गरिरहेको थियो, युगोस्लाभिया अरु देशका कम्युनिष्ट पार्टीले प्रतिनिधित्व गर्ने निकटतम सहयोगीहरुको समर्थनमा उर्जाशील र निडर भएर अघि बढिरहेको थियो । अब यो विगतका कुरा भइसकेको छ । टिटो समूहले राष्ट्रवादी बाटो अंगीकार गरेपश्चात परिस्थितिमा आमुल परिवर्तन भइसकेको छ । टिटो समूहले कम्युनिष्ट पार्टीहरुसँगको संयुक्त मोर्चाबाट अलग भए पछि र जनताको प्रजातन्त्र मानिरहेका देशहरुलाई धोखा दिइसकेपछि उसले आफ्ना इमान्दार साथीहरु गुमाएको छ । देशभित्र र बाहिरका शत्रुहरुको मुखैमा आज युगोस्लाभिया एक्लो बनिरहेको छ ।
यस्तो निराशाजनक अवस्थाको एउटै कारण भनेको टिटो समूहले अंगीकार गरेको राष्ट्रवादी नीति नै हो ।
एकजना कम्युनिष्टको लागि अत्यन्त प्रष्ट र स्वाभाविक कुरा पनि टिटो समूहले बुझ्न सकिरहेको छैन । वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा मित्र कम्युनिष्ट पार्टीहरुबीचको एकता, जनताको प्रजातन्त्र अंगालेका देशहरुबीच सहकार्य र मित्रता तथा सोभियत सङ्घसँगको सहकार्य र मित्रता जनताको प्रजातन्त्र पक्षधर देशहरुको विकास तथा समृद्धिका लागि अत्यन्त महत्वपूर्ण पूर्वआवश्यकता हुन् । साम्राज्यवादी कित्ताको मुखमा ती देशहरुको राष्ट्रिय स्वतन्त्रता र स्वाधीनता सुनिश्चित गर्ने यो नै प्रमुख बाटो हो ।
‘बोर्बा’ पत्रिकाका राजनीतिक ठगहरुले अझ अघि बढेर टिटो समूहका गल्तीहरुको विरोधलाई युगोस्लाभिया कम्युनिष्ट पार्टी र युगोस्लाभियाली जनताको विरोध भनी हावा भर्न थालेका छन् ।
यो निसन्देह झुठ हो । टिटो समूहको राष्ट्रवादको विरोध युगोस्लाभियाली जनताको विरोध होइन । युगोस्लाभियाली जनताको नायकत्वबारे सबैलाई थाहा छ । ती जनताको विरोधमा कसैले अभियान चलाउनु अपराध हुनेछ । युगोस्लाभियाली जनताले जनताको प्रजातन्त्र र सोभियत सङ्घसँग संयुक्त मोर्चालाई बलियो समर्थन गर्ने गरेको कुरा सर्वविदित्त हो । टिटो समूहले अंगालेको नीतिको निम्ति युगोस्लाभियाली जनता जिम्मेवार छैनन् । हामी युगोस्लाभियाली जनतालाई हाम्रा असल मित्रका रुपमा लिने गर्दछौं ।
सम्पूर्णतः युगोस्लाभिया कम्युनिष्ट पार्टीको विरोध पनि कहिल्यै कुनै अभियान भएको थिएन र छैन । युगोस्लाभिया कम्युनिष्ट पार्टी अरु देशका कम्युनिष्ट पार्टीहरुसँगको मित्रता, सोभियत सङ्घ र त्यहाँको कम्युनिष्ट पार्टीसँगको एकताको पक्षमा भएको कुरा हामीलाई राम्ररी थाहा छ । युगोस्लाभिया कम्युनिष्ट पार्टीको बहुमतले बोकेको साम्राज्यवादविरोधी परम्परामा हामीलाई कुनै सन्देह छैन । युगोस्लाभिया कम्युनिष्ट पार्टीको बहुमतले टिटो समूहको नीतिलाई स्वीकार नगरेको कुरा पनि हामीलाई राम्ररी थाहा छ । अनि त्यही भएर उनीहरु(अन्तर्राष्ट्रवादीहरु) टिटो समूह र तिनका पिछल्लगुको निर्मम दमनको कोपभाजनमा परेको कुरा पनि हामीलाई थाहा छ ।
युगोस्लाभियाली जनता र सम्पूर्णतः युगोस्लाभियाली कम्युनिष्ट पार्टीविरुद्ध कुनै ‘अभियान’ गरिएको छैन बरु टिटो राष्ट्रवादको विरोधमा अभियान गरिएको हो । युगोस्लाभिया कम्युनिष्ट पार्टीलाई टिटो समूहका गल्तीहरु पहिल्याउन र युगोस्लाभियाली नेतृत्वको राष्ट्रवादी नीतिलाई उल्टाउन नै यो अभियान गर्नुपरेको हो ।
‘बोर्बा’ पत्रिकाका राजनीतिक ठगहरुले टिटो समूहलाई युगोस्लाभिया कम्युनिष्ट पार्टीबाट अलग गर्न नसकिने कुरा लेखेका छन् । अनि उनीहरुले नै बहुमतको प्रतिनिधित्व गर्ने कुरा पनि प्रचार गरिरहेका छन् ।
तर यो कुरा सही होइन । एक वर्षअघिसम्म टिटो समूहले युगोस्लाभिया कम्युनिष्ट पार्टीमा बहुमतको प्रतिनिधित्व गथ्र्यो । तर त्यो एक वर्षअघिको कुरा भयो । अहिले उसले कम्युनिष्ट पार्टीहरुबाट आफ्नो सम्बन्ध विच्छेद गरिसकेको छ । छिमेकी गणतन्त्रसँग किचलो गरिसकेपछि र राष्ट्रवादको मोर्चामा आपूmलाई ढालिसकेपछि टिटो समूहले पार्टीमा बहुमतको प्रतिनिधित्व गर्दैन । अहिले टिटो समूहले पार्टीमा अल्पमतको मात्र प्रतिनिधित्व गर्दछ । त्यो समूहले आफ्नो हितको निम्ति राज्यका संयन्त्रलाई पार्टीभित्रको अन्तर्राष्ट्रवादी बहुमतलाई दबाउन दुरुपयोग गर्दैआएको छ । टिटोका भरौटे रान्कोभिकको निगरानीमा यी काम भइरहेका छन् । उसैले नै दमन, गिरफ्तारी र हत्याको आतङ्कको राज चलाइरहेको छ । वास्तवमा टिटो समूह आज आफै पार्टीभित्र लडाईको अवस्थामा पुगेको छ । विवेकको आँखा नदेख्ने मानिसले मात्र यो सत्य देख्न सक्दैन । टिटो समूहले सामान्य प्रजातान्त्रिक तरिकाबाट पार्टीभित्र अनुशासन कायम राख्न सकेन र जनतामाथि यसरी नै दमनचक्र लादिरहनुको अर्थ युगोस्लाभिया कम्युनिष्ट पार्टीको बहुमतबाट उनीहरुले विश्वास गुमाइसकेको प्रष्ट बनाउँछ ।
टिटो समूहले युगोस्लाभिया कम्युनिष्ट पार्टीको अल्पमतको मात्र प्रतिनिधित्व गर्दछ । उनीहरुले पार्टीभित्र विश्वास गुमाइसकेका छन् । युगोस्लाभियाली प्रशासन र प्रहरीको संयन्त्रमात्र उनीहरुको हातमा छन् ।
‘प्राभ्दा’ डिसेम्बर ८ सन् १९४८ मा प्रकाशित
अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *