के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
कृतिका प्रजापति
अहिलेको यो समयमा विदेश जाने रहर कसको नहुँदो हो । प्लस टु र कलेज पढेका अधिकांश विद्यार्थीको औद्योगिक देशमा गएर काम गर्ने, पैसा कमाउने र मोजमस्तीमा जीवन व्यतीत गर्ने रहेको छ । जग्गा जमिन बेचेर लाखौं खर्चेर विदेश जानु पनि अहिले त शान–शौकातको विषय जस्तो बन्दैछ । हरेक घरबाट एकजना नेपाली विदेश नगएको घर छैन । कसैको घरबाट कोही विदेश गएको छ भने उनीहरू आफ्नो प्रतिष्ठा बढेको महसुस गर्छन्, कोही कुनै पनि मूल्य चुकाएर विदेश जान मरिहत्ते गर्छन् । विदेशी संस्कार अपनाउने, विदेशी रहनसहन आत्मसात गर्ने र विदेशी सोचमा रमाउने जमात पनि अहिले धेरै छन् हाम्रो देशमा । प्रत्यक्ष÷अप्रत्यक्ष यसले समाज र देशप्रति कस्तो असर परिरहेको छ, यो लेख यसैमा केन्द्रित छ । पढाइको सिलसिलामा विदेश पसेर त्यही सानोतिनो रोजगारी गर्ने, पढाइसकेपछि आफ्नो बसाइ लम्ब्याउँदै त्यही बसोबासको बन्दोबस्त गर्ने नेपालीको संख्या दिन–दुगुणा–रात–चौगुणा हुँदैछ ।
सरकारी कर्मचारी, बुद्धिजीवी, नेता, कलाकार, विद्यार्थी तथा थुप्रै कामदार नेपालीहरूको विदेश यात्राबारे हामीले पत्रपत्रिकामा पढेका छौं । कति त कहिल्यै नफर्कने गरी पर्मानेन्ट भिसा लिएर बसेका छन् । यसले आफ्नो देशको नागरिकहरुमा सकारात्मक सन्देश गएको मान्न सकिन्न । सरकारी कर्मचारीको विदेश भ्रमण पनि यहाँ समय–समयमा चर्चा, विवाद र आलोचनाको विषय बन्ने गरेको छ । अध्ययन, सेमिनार आदि विभिन्न कार्यक्रममा सहभागी हुन सरकारी कर्मचारीहरू विदेश जाने गरेका गर्छन् । कर्मचारीहरू सित्तैमा घुम्न पाइने, गतिलो भत्ता उपलब्ध हुने आदि कारण उनीहरू विदेश भनेपछि हुरुक्क हुन्छन् ।
तालिमको लागि विदेश जानुलाई नराम्रो भन्न मिल्दैन । तर विदेश भ्रमणसँगै हुने सरकारको करोडौंको अनियमितता, दोहोरो सुविधा लिने प्रवृत्ति, अनावश्यक शीर्षकमा विदेश जाने कर्मचारीहरूका कारण उनीहरू स्वयम् बद्नाम छन् । यस्ता विषयमा छानबिन र भ्रमणसम्बन्धी निश्चित मापदण्ड ल्याएर त्यसलाई कार्यान्वयन गराउन सकेमात्र भ्रमणको उपयोगिता पछि पछि सावित हुने देखिन्छ । सम्बन्धित निकायले यसतर्फ ध्यान दिन आवश्यक छ । अष्ट्रेलियामा आइटी पढ्दै गरेका एउटा विद्यार्थी हालसालै आफ्नो विवाहको लागि नेपाल आएका थिए । आफू आइटीको विद्यार्थी भएको तर त्यहाँ उनले आफू भाँडा माझ्ने काम गरेको तीतो यथार्थ सुनायो ।
अहिले बेकारमा विदेशमा अध्ययन गर्न गएको भनी ती विद्यार्थी पश्चाताप गर्दैछ । त्यहाँका मानिसहरू निकै स्वार्थी हुने, आफ्नोपनको अभाव महसुस हुने तथा जीवनयापन निकै गा¥हो भएको यथार्थ ती विद्यार्थीले सुनाए । अर्काको भूमिलाई स्वर्ग ठान्ने प्रवृत्तिलाई यो यथार्थले बन्द आँखालाई खोल्न पक्कै मद्दत पुग्नेछ । एकजना भाइ प्लस टु सकाएर जापान जाने भनी जापानी भाषा सिक्दै बसेका छन् । भिसाको लागि आवेदन दिइसकेको छ, उसलाई जसरी भए पनि जापान पुग्ने र धेरै पैसा कमाउने इच्छा भएको सुनाउँछ ।
जापान जानको लागि राखेको जग्गा धितोको रकम एक–दुई वर्षमा चुक्ता गर्ने वाचा उनले आफ्नी आमासमक्ष पनि गरेको छ । त्यो भाइको उमेर भर्खर २२ वर्षको छ । त्यति कलिलो उमेरको ती भाइले विदेश गएर पैसा कमाउनुलाई निकै सजिलो ठानेको उसको काँचो बुद्धिको उपज हो । यथार्थलाई उसले विदेशी भूमिमा गएर त्यहाँको वास्तविकतासँग जुझे पछि मात्र थाहा पाउनेछ । सम्भवतः उसमा विदेश जाने भूत सवार हुनु र गराउनुमा यी म्यानपावर कम्पनीहरूको भूमिका छ ।
काँचो दिमागलाई मिठो–मिठो सपना देखाएर, राम्रो जागिर खुवाउने प्रतिबद्धता गरेर युवा जमातलाई विदेशिन बाध्य पार्नमा यी ठूल्ठूला म्यानपावर कम्पनीहरूको स्वार्थ नै अगाडि देखिन्छ । तिनीहरुका दलालहरु अहिले कति फरार छन् – ठगीका कारण ¤ यसै सन्दर्भमा यहाँ एउटा वाक्यांश साभार गर्नु उपयुक्त ठान्छु – ‘अर्काले बनाएको घरमा अर्काको धनमा ¥याल काढेर परदेशलाई स्वर्ग मान्नुजस्तो तुच्छता केही छैन । दुई छाक मिठो खान र राम्रा लुगा लगाएर गाडीमा चिप्लन पाउँदैमा जीवनले स्वर्गको सुखभोग गरेको भन्न मिल्दैन ।
अर्काको मुलुकमा आफ्नो परिचय, आफ्नो संस्कृति र आफ्नो राष्ट्रियता गुमाएर सधैं शिर निहुँ¥याउँदै दासजस्तो लत्रेर भाते भई पेट भर्नुभन्दा त आफ्नै मुलुकमा सगरमाथा ताक्दै शिर उच्च गरेर स्वच्छन्द हिंड्नु स्वर्गका प्राप्तितर्फको प्रयास हो ।’ प्रस्तुत वाक्यांशले प्रष्ट रुपमा विदेश जाने जमातलाई पेचिलो व्यङ्ग्य गरेको छ । विदेशी भूमिलाई आफ्नो ठान्नु देशघाती सोच हो । अर्काको धनमा ¥याल चुहाउनु डकैती हो र परदेशलाई स्वर्ग मान्नु आफू अल्छी र मुर्ख सावित हुने प्रस्ट लक्षण हो ।
Leave a Reply