पत्रकार, लेखक र साहित्यकारको लेखले जनताको सेवा गर्नमा थप हौसला प्रदान
- भाद्र ८, २०८३
जुम्ला, ९ भदौ । नेपाल मजदुर किसान पार्टी जुम्लाले भदौ ९ गतेको भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा कार्यक्रम ग¥यो ।
दिउँसो १ बजे पार्टी कार्यालय भारतीवाडादेखि टुँडिखेल–बजार–जिल्ला प्रशासन कार्यालय जुम्लामा पुगेर बजारको कृष्णमन्दिरमा कोणसभा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको नेपालमा प्रभाव रहेसम्म नेपाल र नेपाली जनताले सुख नपाउने विचार व्यक्त गर्दै विदेशी दलालका कारण नेपालको राजनैतिक व्यवस्था अस्तव्यस्त भइरहने बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थ, ग्यास र अत्यावश्यक सामानको अभाव सरकार चलाउनेका निकट व्यापारीका कारण भएको उल्लेख गर्दै ग्यासको सट्टा विद्युतीय चुलो जनतालाई वितरण गरेर देशकै स्रोत प्रयोग गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुर काण्डजस्तै नेपालका प्रतिक्रियावादीहरूले नेमकिपालाई जस्तै देशलाई पनि कमजोर बनाई देश जलाउनेको हातमा देश चलाउने काम गरेको बताउनुभयो ।
नेमकिपा कर्णाली प्रदेशका सदस्य शिवलाल डांगीले संविधान बनाउँदा जघन्य अपराधीलाई मृत्युदण्डको सजायको व्यवस्था गर्नुपर्छ भनेर संशोधन गर्नुपर्ने प्रस्ताव गरेकोमा शासक दलका नेका, एमाले, माओवादीलगायतले समावेश नगरेका कारण जघन्य अपराध बढेको बताउनुभयो ।
उहाँले ग्यास अभावलाई तत्काल सरकारले व्यवस्था गर्नुपर्ने विचार व्यक्त गर्दै ग्यास वितरणमा पक्षपात भएको उल्लेख गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् नेमकिपा जुम्लाका अध्यक्ष पूर्णलाल खत्रीले सिद्धान्तविपरीत शासक दलहरूले काम गर्न नसकी स्वार्थी भएर काम गरेका कारण देश र जनताले दुःख पाएको कुरा उल्लेख गर्नुभयो । देशमा समाजवादी गणतन्त्रको स्थापना नभएसम्म देश र जनताले पीडा भोग्नुपर्ने भनाइ उहाँको थियो ।
नेमकिपा जुम्लाका उपाध्यक्ष विर्षबहादुर रावतले एमसीसी पास गरेका कारण नेपालमा अमेरिकी चलखेल बढेको र देशको प्राकृतिक स्रोतमाथि अमेरिकाले गिद्देदृष्टि गरेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका पूर्वकेन्द्रीय सदस्य दीर्घबहादुर शाहीले भक्तपुर काण्ड नेपाल मजदुर किसान पार्टीलाई नष्ट गर्न रचिएकोले यस्ता काण्ड फेरि पनि हुनसक्ने भएकोले कार्यकर्ताहरूले सजग भएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले शिक्षामा निजीकरण हुन शासक दलहरू नै जिम्मेवार भएका र निजीकरणले देशको शिक्षा क्षेत्र कमजोर भएको बताउनुभयो ।
नेक्रामसङ्घका जिल्ला सदस्य पूर्णमति खत्रीले भक्तपुर काण्डमा भक्तपुरका महिला दिदीबहिनीहरूले उल्लेखनीय भूमिका खेल्नुभएको स्मरण गर्दै देशभरिका महिलाहरूले देश बचाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय सदस्य धनबहादुर रावतले नेपालको कर्मचारीतन्त्रबारे बोल्नुभएको थियो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका जिल्ला सदस्य जयकृष्ण उपाध्यायले युवाहरू एकजुट भएर समाजवादी गणतन्त्र स्थापना गर्न लागि पर्नपर्ने बताउनुभयो ।
नेक्राशिसङ्घका पूर्वसदस्य जङ्गबहादुर शाहीले शिक्षक योग्य भए भावी पुस्ता र शिक्षा क्षेत्र सबल हुने भएकोले शिक्षकले देशलाई अगाडि बढाउन राम्रो शिक्षा प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा रामबहादुर नेपालीले देश विकास गर्न लागूऔषध र दुव्र्यसनीलाई नियन्त्रण गर्ने अभियान चलाउनुपर्ने उल्लेख गर्नुभयो ।
Leave a Reply