भर्खरै :

‘चीन खतरा’ को भनाइ किन असङ्गत छ ?

‘चीन खतरा’ को भनाइ किन असङ्गत छ ?

मार्च ९, २०२५
चीनका चालु ‘दुई सत्रहरू’ ( चिनियाँ राजनीतिक जनपरामर्शदात्री राष्ट्रिय समिति र चौधौं राष्ट्रिय जन काङ्ग्रेसको अधिवेशन) ले अरू देशसँग अन्तर्राष्ट्रिय समता र न्यायलाई माथि उठाउन तथा परिवर्तन र अराजकता व्याप्त विश्वमा शान्ति र स्थिरताको रक्षाका लागि सबै देशहरूसँग मिलेर काम गर्ने निर्णायक प्रतिबद्धता जाहेर गरेका छन् ।
देशको राष्ट्रिय व्यवस्थापिकाको वार्षिक सत्रको साइडलाइन बैठकका क्रममा चिनियाँ विदेशमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य वाङ यीले चीन र विश्वको साझा विकासको लागि प्रगतिशील शक्तिको रूपमा रहने, अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको लागि प्रगतिशील शक्तिको रूपमा रहने र विश्वको साझा विकासका लागि सिर्जनशील शक्तिको रूपमा रहने स्पष्ट पार्नुभयो ।
केही पश्चिमा राजनीतिज्ञ र सञ्चारमाध्यमहरूले तथाकथित ‘चीन खतरा’ कथाको प्रचार गर्दागर्दै पनि चीनका दर्शन र कार्यहरूले विदेशीमन्त्री वाङका कथनले स्पष्ट पारेजस्तै चीन विश्वव्यापी स्थिरता र सहयोग प्रवद्र्धनमा निरन्तर रहेको देखाएका छन् ।
मध्य पूर्वमा मेलमिलाप ल्याउने र युक्रेन सङ्कटमा मेलमिलाप गराउने क्षमता प्रस्ताव गर्दै चीनको ठोस कार्यहरूले विश्वव्यापी शान्ति र स्थायित्वप्रतिको प्रतिबद्धता र विश्वको साझा समृद्धिको प्रतिबद्धताका निम्ति धेरै कुरा बताएको छ ।
साझा विकास
केही पश्चिमी मिडियाले चीनको विश्वव्यापी आर्थिक संलग्नतालाई ‘शोषण’ को रूपमा खारेज गरिरहँदा तथ्यहरूले भने भिन्नै चित्र प्रकट जाहेर गर्दछ ।
अन्य देशहरूका लागि चीनको सहयोगको प्रकृति आपसी रूपमा लाभदायक भएको छ । चीनले विकासशील राष्ट्रहरूलाई पूर्वाधार, व्यापार पहुँच र साझेदारी ढाँचा र पूर्वाधार निर्माणमा लगानीको माध्यमबाट पश्चिमा शोषणले थोपेकोे ऐतिहासिक असमानताहरूलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ ।
यस दृष्टिकोणको मुख्य उदाहरण विशेषगरी ग्लोबल साउथ (विश्वका विकासशील देशहरू) को विकासलाई सहयोग पु¥याउने ध्येयले बेल्ट एन्ड रोड सडक पहलमार्फत विश्वव्यापी पूर्वाधारमा गरिरहेको लगानी हो ।
विगत २५ वर्षको अवधिमा, चिनियाँ कम्पनीहरूले अफ्रिकी देशहरूको १०,००० किलोमिटर रेलमार्गमार्गहरू निर्माण गर्न वा स्तरोन्नति गर्न, एक लाख किलोमिटर राजमार्ग, लगभग १ हजारवटा पुलहरू र करिब १०० बन्दरगाहहरू निर्माण र स्तरोन्नति गर्न मद्दत गरेका छन् ।
चीनले जीत–जीत व्यापारमार्फत् कम विकसित देशहरूलार्ई सशक्तीकरण गर्न महत्वपूर्ण कदमहरू चालेको छ ।
चीनको विशाल उपभोक्ता आधार र खुलापनको प्रतिबद्धताले यसलाई विश्वव्यापी आर्थिक वृद्धिको मुख्य चालक बनाएको छ । एकपक्षीय फाइदा खोज्नुको सट्टा चीनले अन्य देशहरूसँग यसको विकास लाभांश साझा गर्दै छ, विशेषगरी विकासको बजारमा विकासोन्मुख देशहरूलाई पहुँच दिइरहेको छ ।
२०१८ देखि थालनी भएको चीन अन्तर्राष्ट्रिय आयात प्रदर्शनी चीनको बजारको आकारलाई विस्तार गर्दै विश्वको निम्ति साझा अवसर सिर्जना गरिएको छ ।
यसको स्थापनादेखि नै, चीन अन्तर्राष्ट्रिय आयात प्रदर्शनीले अफ्रिका, दक्षिण पूर्व एसिया र ल्याटिन अमेरिकाको चीनको उच्च–माग क्षेत्रमा प्रवेश गरेका छन् । रुवान्डाका कफी उत्पादकहरू र चिलीका लिथियम निर्माताहरू र अरूहरूले चिनियाँ बजार सेयरहरूमा उत्साहप्रद वृद्धि देखेका छन्, स्थानीय अर्थव्यवस्थालाई प्रोत्साहित गरेको छ र रोजगारी सिर्जना गरेको छ ।
यसको बलियो आर्थिक वृद्धि र उपभोक्तामा आधारित अर्थव्यवस्थाको वृद्धिले चीनले अन्य देशहरूसँगको व्यापार विस्तार गर्ने प्रस्ताव राख्दछ र त्यसबाट दुवै पक्षलाई लाभ भइरहेको चीन–अफ्रिकाको सम्बन्धका एक केन्याली विज्ञ स्टेफेन एनडेग्वाले भन्नुभयो ।
भविष्यमा क्षेत्रीय सहयोगका लागि नमुनाको रूपमा सेवा गर्न यस गतिशील आदानप्रदान तयारीमा रहेको उहाँले बताउनुभयो ।
व्यापार अवरोधहरू कम गर्दै र आयात कोटा विस्तार गर्दै चीनले आर्थिक वृद्धिलाई वैश्विक मूल्य श्रृङ्खलामा एकीकृत गर्न सशक्त राष्ट्रहरूको अभिव्यक्त गर्न, सशक्त राष्ट्रहरूले सर्वश्रेष्ठ मूल्य श्रृङ्खलामा एकीकृत गर्न डिसेम्बर १, २०२४ पछि चीनले ३३ अफ्रिकी देशहरू, शून्य–शुल्क उपचार गरेको छ । उनीहरूको उत्पादन कोटीहरू १०० प्रतिशतले यस्तो नीति अपनाउन नेतृत्व गर्ने वर्गहरू बनाएको छ ।
शान्तिको लागि स्थिर प्रतिबद्धता
जिम्मेवार ठुलो देशको रूपमा चीनले आफ्नो शान्तिमय विकासको आफ्नो वचनलाई ठोस कार्यहरूमा अनुवाद गरेको छ ।
तीस वर्षभन्दा बढी समयदेखि चीनले करिब ३० मिशनका लागि ५० हजारभन्दा बढी शान्तिकर्मी सेना परिचालन गरेको छ र संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्यहरूबिच सबभन्दा ठुलो सेना योगदान पुर्याउने देश बनेको छ । चिनियाँहरू ‘निलो हेलमेट्स’ हरूले सर्वसाधारण नागरिकको सुरक्षा गरिरहेका छन्, विष्फोटकहरूलाई निःसङ्क्रमण गरिरहेका छन् र चीनले दक्षिण सुडानदेखि लेबनानसम्म द्वन्द्वग्रस्त क्षेत्रहरूमा पूर्वाधार निर्माण गर्न सहयोग पु¥याइरहेको छ ।
शान्तिका लागि संयुक्त राष्ट्रसङ्घीय उपमहासचिव जीन–पेरिस लायक्रोले भन्नुभयो, “चीनको योगदान र सहयोग अत्यन्त महत्वपूर्ण छ र शान्ति स्थापनाको नयाँ मोडेलहरू विकास गर्न चनिको मद्दतलाई उल्लेखनीय मान्छु ।
चीनले २०२२ मा विश्वव्यापी सुरक्षा पहल (जीएसआई) प्रस्ताव गरेको हुनाले ग्लोबल हटस्पट र क्षेत्रीय स्थिरतालाई कायम गर्न पर्याप्त प्रगति भएको छ ।
१०० भन्दा बढी देश र अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूले समर्थन र प्रशंसाका साथ विश्वव्यापी सुरक्षा पहल (जीएसआई) लाई द्विपक्षीय र बहुपक्षीय सहयोग दस्तावेजको सङ्ख्याको रूपमा लिएका छन् ।
जीएसआईमार्फत चीनले विश्वव्यापी सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न सक्रियतापूर्वक संवाद र सहयोग गरेको छ । गतवर्ष सेप्टेम्बरमा ग्लोबल साउथका अन्य देशहरूसँग मिलेर चीन र ब्राजिलले युक्रेन सङ्कट समाधान गर्न शान्तिको लागि साथीहरूको समूह गठन गरे ।
मध्यपूर्वमा शान्तिको लागि चीन पनि एक सक्रिय वकालतकर्ता रहेको छ । मार्च २०२३ मा, चीनको मध्यस्थतामा साउदी अरेबिया र इरान सात वर्षको अडानपछि कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्न राजी भए । उक्त ल्यान्डमार्क सम्झौताले यस क्षेत्रमा दुई प्रमुख देशहरूबिचको शत्रुतामात्र समाप्त भएन, बरु फराकिलो मध्यपूर्वलाई स्थिर गर्न आवश्यक महत्वपूर्ण चरणका रूपमा पनि चित्रित भयो ।
चीनले प्यालेस्टिनी–इजरायल द्वन्द्वको पछिल्लो चरणको विपत्तिमा पनि आफ्नो भूमिका निर्वाह गरेको छ र पेइचिङमा विभिन्न प्यालेस्टिनी समूहहरूबिच संवाद र मेलमिलाप गराए ।
विश्वव्यापी शान्ति र द्वन्द्वकारी प्रस्तावमा आफ्नोे योगदानका साथै चीनले लगातार शान्तिपूर्ण माध्यमबाट क्षेत्रीय विवादहरूको समाधानको वकालत गरेको छ, विशेषगरी दक्षिण चीन सागर मामिलामा कुनै बाह्य हस्तक्षेपको विरोध गर्दै चीनले वार्ता र परामर्शमार्फत समुद्री सीमाको विवादहरूको समाधान गरेको छ ।
चीनले दक्षिण चीन सागरमा पक्षहरूको व्यवहारसम्बन्धी घोषणालाई व्यवहारमा लागु गर्न आसियान सदस्य राष्ट्रहरूसँग मिलेर काम गरिरहेको छ र दक्षिण चीन सागरमा मामिलामा आचारसंहिताको परामर्शमा नयाँ प्रगतिको लागि सक्रियतापूर्वक अगाडि बढाइरहेको छ ।
संवाद र सहयोगको पालनपोषण गरेर चीनले मतभेद व्यवस्थापन गर्न र द्वन्द्व रोक्न सक्ने एक रूपरेखा बनाउनु समावेश छ, संलग्न सबै पक्षको सामूहिक हितको प्राथमिकता दिइरहेको छ  । यस दृष्टिकोणले क्षेत्रीय स्थायित्व, आपसी सम्मान र विवादहरूको शान्तिपूर्ण प्रतिबद्धता प्रतिबिम्बित गरेको छ, जुन एशिया प्रशान्तमा सुरक्षा र समृद्धिका लागि महत्वपूर्ण छ ।

समतामूलक विश्व व्यवस्था
केही पश्चिमी मिडिया र राजनीतिज्ञहरू चीनलाई विद्यमान विश्व व्यवस्थालाई उखेल्ने ‘संशोधनवादी शक्ति’ को रूपमा लेबल लगाउन उद्यत छन् । यो आरोप कपटपूर्ण रहेको छ किनभने यो भ्रामक छ । अहिलेको विश्व व्यवस्थालाई हटाउनमा चीनको कुनै इच्छा छैन, जसको स्थापनामा चीनको महत्वपूर्ण भूमिका रहेको छ र त्यस व्यवस्थाबाट यसले ठूलो फाइदा उठाएको छ ।
यद्यपि यसको अर्थ यो होइन कि हालको विश्व व्यवस्था खोटरहित छ । वास्तवमा भन्ने हो भने यो परिवर्तन वैश्विक आर्थिक र राजनीतिक परिदृश्यलाई राम्रोसँग सुधार गर्न, विशेषगरी विश्वव्यापी दक्षिणको सामूहिक वृद्धिको साथ सुधार गर्न आवश्यक छ ।
जबकि वाशिङ्गटन (संरा अमेरिका) आफ्नो प्रभुत्वको लागि शीतयुद्धको पदसोपान कायम राख्न उद्यत छ । चीन सधैँ नै बहुध्रुवीयता, विश्वव्यापी सहयोग, निष्पक्षता, समानता, समानता र आपसी सम्मानको सिद्धान्तहरूको वकालतकर्ता रहेको छ ।
संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा चीनले अधिक समावेशी र प्रतिनिधि अन्तर्राष्ट्रिय प्रणालीको लागि जहिले पनि बढी समावेशी र प्रतिनिधि अन्तर्राष्ट्रिय प्रणालीको लागि ध्यानमा राखेका छन्, जहाँ विकासोन्मुख देशहरूको आवाज सुनिन्छ र उनीहरूको चिन्तालाई सम्बोधन गरिएको छ ।
बहुध्रुवीय विश्वको लागि चीनको आह्वानलाई ब्रिक्स जी २० सदस्यताजस्ता प्लेटफार्महरूमार्फत प्रवद्र्धन गर्दै आएको छ ।
इथियोपियाको नीति अध्ययनको परामर्श परामर्शकारी बेलविज डिस्सासी भन्छन् –अफ्रिकी सङ्घको जी–२० मा संलग्नताले ग्लोबल साउथको वकालतकर्ता र वैश्विक मामिलामा अफ्रिकी सङ्घको बढ्दो महत्वलाई पहिचान गर्नमा चीनको भूमिकालाई प्रतिबिम्बित गर्दछ ।
भूराजनीतिक तनाव र खण्डित बहपक्षीयतावादले चिह्न लगाएको युगमा चीन समावेशी विकास र उत्तम विश्वव्यापी शासन निर्माता भएकोमा चिनियाँ समाधान बढ्दो लोकप्रिय भएको छ ।
२०२१ मा, चीनले वैश्विक विकास पहलकदमी (जीडीआई) को प्रस्ताव गरे, जसलाई विश्वभर सराहना गरिएको छ ।
उक्त पहलकदमीमा, ३० भन्दा बढी सहयोगको मञ्चहरू स्थापना गरिएको छ, संयुक्त राष्ट्र सङ्घ ११ सय भन्दा बढी परियोजनाहरू सुरु गरिएको छ, नसले सबै १७ वटै संयुक्त राष्ट्रसङ्घीय विकास लक्ष्यहरूलाई समेटेको छ ।
२०२३ मा सभ्यताहरूको विविधताको सम्मान, मानव जातिको साझा मूल्य, सभ्यताहरूको जगेर्ना र सुधार, र बलिायो जनता–जनताबिचको आदाप्रदानको निम्ति वकालत गर्दै चीनले वैश्विक सभ्यता पहलकदमी (जीसीआई) को प्रस्ताव ग¥यो ।
“चीनले धेरै पहिले विकास र शान्तिलाई हाम्रो समयको दुई मुख्य मामिलाको रूपमा पहिचान ग¥यो र तिनीहरू अन्तिममा घनिष्ट रूपमा गाँसिएका छन् । लन्डनमा बसोबास गर्ने अन्तर्राष्ट्रिय सम्बन्धका परामर्शदाता केइथ बेन्नेटले भन्नुभयो–शान्तिबिना विकास हुनसक्दैन ।
ती विज्ञले अगाडि भन्नुभयो, “चीनद्वारा प्रस्तावित पहलकदमीले समग्रमा मानव जातिको साझा भविष्य भएका समुदायको निर्माणको आधारशिला राखेको छ ।”

– पिपल्स डेलीबाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *