विश्वभरका लाखौँ मानिससँगै म पनि स्पेनी बनेँ !
- श्रावण ५, २०८३
विश्व सम्पदामा सूचिकृत ऐतिहासिक नगर भक्तपुर आफ्नो मौलिक कला, संस्कृति, परम्परा र जीवन्त सम्पदाका कारण स्वदेशी तथा विदेशी पर्यटकहरूको प्रमुख गन्तव्यको रूपमा परिचित छ । यहाँको दरबार क्षेत्र, प्राचीन मन्दिर, बहा–बही, पोखरी, सांँघुरा गल्ली, नेवारी वास्तुकला, जात्रा–पर्व तथा मौलिक परिकारहरूले वर्षभरि हजारौँ पर्यटकलाई आकर्षित गरिरहेका छन् ।
भक्तपुर भ्रमणमा आउने पर्यटकहरूले पाँचतले मन्दिर, पचपन्न झ्याले दरबार, वत्सला मन्दिर, दत्तात्रय क्षेत्र, चाँगुनारायण मन्दिरलगायतका ऐतिहासिक सम्पदाको अवलोकन गर्नुका साथै जुजु धौ, बारा, योमरीजस्ता स्थानीय परिकारको स्वाद लिन रुचाउँछन् । माटोका भाँडा बनाउने परम्परागत कुम्हाले टोल, काठ र धातुमा आधारित हस्तकला तथा स्थानीय जीवनशैली पनि पर्यटकका लागि विशेष आकर्षण बनेका छन् ।
पर्यटनले भक्तपुरको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ । होटल, रेस्टुरेन्ट, हस्तकला व्यवसाय, पर्यटन मार्गदर्शक तथा स्थानीय उद्यमीहरूले प्रत्यक्ष रूपमा रोजगारी र आयआर्जनका अवसर प्राप्त गरिरहेका छन् । यसले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा समेत सकारात्मक भूमिका खेलेको देख्न सकिन्छ ।
पर्यटकको बसाइँ लम्ब्याउन सम्पदाको संरक्षण, सरसफाइ, व्यवस्थित सूचना प्रणाली, गुणस्तरीय पर्यटन सेवा, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रवद्र्धन तथा सुरक्षित वातावरण सुनिश्चित गर्नु आवश्यक छ । साथै, पर्यटकमैत्री पूर्वाधार निर्माण, डिजिटल प्रवद्र्धन र समुदायको सक्रिय सहभागिताले भक्तपुरलाई अझ आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्नेछ ।
भक्तपुर एउटा ऐतिहासिक नगर मात्र होइन, जीवित संस्कृति र सभ्यताको खुला सङ्ग्रहालय हो । यसको मौलिक पहिचानलाई संरक्षण गर्दै गुणस्तरीय पर्यटन विकास गर्न सके भक्तपुर नेपालको पर्यटन क्षेत्रको अझ सशक्त केन्द्रको रूपमा स्थापित हुने निश्चित छ ।
भक्तपुर नगरपालिकाले पर्यटनलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा लिंदै सम्पदाको संरक्षण, पर्यटन सेवाको गुणस्तर अभिवृद्धि तथा दिगो पर्यटन विकासका कार्यक्रमलाई निरन्तर अघि बढाइरहेको छ । पर्यटन क्षेत्रका सबै सरोकारवालाको सहकार्य र समुदायको सक्रिय योगदानबाट भक्तपुरलाई अझ आकर्षक, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न सकिनेछ ।
तथ्याङ्कगत विश्लेषण :
भक्तपुर नगरपालिका पर्यटन सूचना तथा सेवा केन्द्रको आर्थिक वर्ष २०८२/८३ को तथ्याङ्कअनुसार उक्त वर्ष कुल २ लाख २१ हजार ९७६ जना पर्यटकले भक्तपुर भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो सङ्ख्या २ लाख ४४ हजार ८६८ रहेको थियो । यस आधारमा गत वर्षको तुलनामा यस वर्ष २२ हजार ८९२ जना अर्थात् ९.३५ प्रतिशतले पर्यटक आगमनमा कमी आएको देखिन्छ ।
विदेशी (गैरसार्क) पर्यटकतर्फ आर्थिक वर्ष २०८२।८३ मा १ लाख ११ हजार ४४५ जना पर्यटकले भक्तपुर भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १७ हजार ९३६ जना (१३।८६ प्रतिशत) कम हो । यस समूहबाट प्राप्त प्रवेश शुल्क आम्दानी पनि घटेको छ । त्यस्तै, सार्क तथा चीनका पर्यटकको सङ्ख्या १ लाख १० हजार ५३१ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४ हजार ९५६ जना (४.२९ प्रतिशत) ले कम हो । यसबाट प्राप्त आम्दानीमा पनि कमी आएको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०८२।८३ मा प्रवेश शुल्कबाट रु. २७ करोड ५० लाख ६३ हजार ५०० र अमेरिकी डलर २३ हजार १९० आम्दानी भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो रकम २९ करोड ११ लाख भन्दा बढी थियो । अघिल्लो वर्षको तुलनामा नेपाली मुद्रातर्फ करिब रु. १ करोड १८ लाख ६८ हजार ६०० तथा अमेरिकी मुद्रातर्फ ७ हजार ६२० डलर कम आम्दानी भएको देखिन्छ । यसरी पर्यटक सङ्ख्या घटेसँगै पर्यटन आम्दानीमा पनि प्रत्यक्ष प्रभाव परेको स्पष्ट हुन्छ ।
इरान–अमेरिका द्वन्द्व तथा २०८२ भदौ २३ र २४ गते भएका घटनालगायतका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमनमा केही प्रभाव परेको देखिएको छ ।
यस परिस्थितिलाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले आन्तरिक पर्यटन प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखी विभिन्न उत्सव, पदयात्रा, सांस्कृतिक कार्यक्रम तथा अन्य पर्यटन प्रवद्र्धनात्मक गतिविधिहरू सञ्चालन गर्दै आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि गर्ने प्रयास गरिरहेको छ ।
माथिको तथ्याङ्कले भक्तपुरमा पर्यटक आगमन केही घट्नुका पछाडि कोभिड–१९ पछिको पर्यटन क्षेत्रको पूर्ण पुनरुत्थान हुन नसक्नु, विश्वव्यापी आर्थिक मन्दी, जेनजी आन्दोलन, अन्तर्राष्ट्रिय युद्ध, काठमाडौँ उपत्यकाका अन्य पर्यटकीय गन्तव्यसँगको प्रतिस्पर्धा तथा अन्तर्राष्ट्रिय स्तरमा पर्याप्त प्रचारप्रसार हुन नसक्नुजस्ता कारणहरू प्रमुख रूपमा रहेका छन् ।
भक्तपुर नगरपालिकाको पर्यटन सूचना तथा सेवा केन्द्रका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अमेरिका, अर्जेन्टिना, अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानडा, चिली, चीन, चेक गणतन्त्र, डेनमार्क, इङल्यान्ड, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, होलान्ड, हँगेरी, आइसल्यान्ड, भारत, आयरल्यान्ड, इजरायल, इटाली, जापान, मलेसिया, मेक्सिको, न्युजिल्यान्ड, नर्वे, पोल्यान्ड, पोर्चुगल, रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया, सिङ्गापुर, स्पेन, स्वीडेन, स्वीट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड, टर्कीलगायत अन्य विभिन्न देशका पर्यटकहरूले भक्तपुर भ्रमण गरेको तथ्याङ्कले देखाउँछ ।
भक्तपुर नगरपालिकाले हाल खौमा, सानोब्यासी, ठुलो ब्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाती, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल र भार्वाचोस्थित १४ वटा पर्यटन शुल्क सङ्कलन काउन्टरमार्फत नगर प्रवेश गर्ने बाह्य पर्यटकहरूबाट पर्यटन प्रवेश शुल्क सङ्कलन गर्दै आएको छ । साथै, शुल्क नतिरी नगर क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरूको नियमित अनुगमन गरी उनीहरूलाई सम्बन्धित काउन्टर वा तोकिएको स्थानमा शुल्क तिर्ने व्यवस्था मिलाउँदै आएको छ ।
भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ देखि अमेरिकी डलरको विदेशी विनिमय दरमा भएको परिवर्तनलाई मध्यनजर गर्दै गैरसार्क मुलुकका पर्यटकहरूबाट लिँदै आएको प्रतिपर्यटक ने.रु. १,८०० प्रवेश शुल्कलाई समायोजन गरी रु. २,००० कायम गरेको छ । साथै, सार्क सदस्य राष्ट्र तथा चिनियाँ पर्यटकहरूका लागि प्रतिपर्यटक रु. ५०० प्रवेश शुल्क यथावत् सङ्कलन गर्दै आएको छ ।
सांस्कृतिक सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनमा भक्तपुर नगरपालिकाको सक्रियता
विश्व सम्पदामा सूचिकृत ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न भक्तपुर नगरपालिकाले सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदालाई पर्यटन उद्योगको प्रमुख आधारका रूपमा विकास गर्दै तिनको दीगो संरक्षणका लागि आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको छ ।
नगरपालिकाका अनुसार बढ्दो आन्तरिक तथा बाह्य पर्यटकको चापसँगै ऐतिहासिक मठ–मन्दिर, बहा–बही, पाटी–सत्तल, चौतारा, स्मारक, मूर्ति तथा कलाकृतिहरूको संरक्षणमा थप चुनौती देखिएको छ । यसलाई मध्यनजर गर्दै सम्पदामा पर्ने नकारात्मक प्रभावबारे अध्ययन–अनुसन्धान गरी आवश्यक संरक्षणका उपायहरू अघि बढाइएको छ ।
नगरपालिकाले धार्मिक तथा सांस्कृतिक गतिविधिका क्रममा हुने अव्यवस्थित पूजा, बलि, आरती, धूप, टीका, रङ्गरोगन तथा अन्य गतिविधिले सम्पदामा पुग्न सक्ने क्षतिलाई नियन्त्रण गर्न आवश्यक व्यवस्थापन र सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यसैगरी, मठ–मन्दिर परिसरमा हुने अवाञ्छित गतिविधि, ठुलो आवाज तथा कम्पन उत्पन्न गर्ने बाजागाजा र अन्य जोखिमपूर्ण गतिविधिबाट सम्पदाको संरक्षणमा असर नपरोस् भन्ने उद्देश्यले आवश्यक मापदण्ड र व्यवस्थापनका उपायहरू अवलम्बन गर्दै आएको छ ।
भक्तपुरका मठ–मन्दिर, बहा–बही धार्मिक आस्थाका केन्द्र मात्र नभई ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक पर्यटनका महत्वपूर्ण आधार भएकाले तिनको संरक्षण गर्नु सबै सरोकारवालाको साझा जिम्मेवारी हो । यही उद्देश्यका साथ नगरपालिकाले समय–समयमा सरोकारवाला निकाय, संरक्षणविद्, संस्कृतिविद् तथा स्थानीय समुदायसँग छलफल र बैठक आयोजना गर्दै सुझाव सङ्कलन गरी संरक्षणका कार्यक्रमलाई थप प्रभावकारी बनाउंदै आएको छ ।
सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनलाई सँगसँगै अघि बढाउंदै दीगो विकास हासिल गर्ने लक्ष्यका साथ भक्तपुर नगरपालिका सम्पदाको मौलिकता जोगाउंदै भावी पुस्ताका लागि सुरक्षित राख्ने दिशामा निरन्तर सक्रिय रहेको छ ।
Leave a Reply