गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन : ओएचसीएचआर
- श्रावण ६, २०८३
युक्रेनको द्वन्द्व अन्त्य गर्ने ट्रम्पको निर्णय सराहनीय छ । युक्रेनलाई ध्वस्त पारेको यो युद्ध अब अन्त्य हुने आशा गर्न सकिन्छ । युक्रेन मात्र होइन, यस युद्धले युरोपलाई पनि तहसनहस पा¥यो । युरोपलाई मात्र पनि होइन यसले सारा संसारलाई आणविक युद्धको डिलमा पु¥याएको थियो । युक्रेनमा आणविक युद्ध हुन्थ्यो भने मानव जातिले विकराल पर्यावरणीय क्षति भोग्नुपर्ने थियो । रुसी मूलका बासिन्दाहरू बसोबास गर्ने क्षेत्रलाई (सन् १९९१ मा स्वतन्त्र हुँदा) युक्रेनमा नगाभेको भए, सन् २०१४ मा सिआइएले किभमा सत्ताविद्रोह नगराएको भए, त्यसपछि सत्तासीन बनेको सरकारले रुसी मूलका र रुसी भाषा बोल्ने युक्रेनीहरूविरुद्ध कठोर नीति नलिएको भए, मिन्स्क सम्झौता लागु गरेको भए, नेटोले संसारै कब्जा गर्ने गरी लगातार फैलिन र क्रेमलिनबाट जम्मा ७ मिनेटको दूरीमा आणविक हतियार राख्न नखोजेको भए यो समस्या नै आउने थिएन ।
पश्चिमको पराजय
सारमा भन्ने हो भने ट्रम्पले पश्चिम पराजित भयो भनी स्वीकारेका हुन् । युक्रेनमा हातै नलाग्ने लक्ष्यमा बढी जोड दिँदा ट्रम्पलाई चीनविरुद्ध केन्द्रित हुन बाधा पर्छ । साथै, सकेसम्म समग्र मध्यपूर्व नै निल्ने उनका गुरु तथा इजरायली प्रधानमन्त्रीको काममा पनि बाधा पर्छ । द्वन्द्व र आर्थिक प्रतिबन्धलाई लम्ब्याउँदा पश्चिमाविरोधी गठबन्धन अझ बलियो हुने अथवा तिनीहरू डलरबाट टाढिँदै जाने सम्भावना बढ्छ ।
पश्चिमाहरू युक्रेनमा पराजित भइसकेका छन् । किनभने, तिनीहरूले आफ्नो लक्ष्य हासिल गर्न सक्दैनन् । उनीहरू पुटिनलाई सत्ताबाट हटाएर रुस टुक्र्याउन र त्यसलाई यल्सिनको पालाको भन्दा पनि गतिछाडा ‘बनाना गणतन्त्र’ (कच्चा पदार्थ निर्यात गर्ने अस्थिर उपनिवेश) बनाउन चाहन्थे । (रुसलाई धेरै टुक्रामा टुक्र्याउनुपर्ने धारणा अमेरिकी रणनीतिकार जिबिगन्यू ब्रिजेन्स्कीले सन् १९९७ मा आफ्नो पुस्तक ‘द ग्रान्ड चेसबोर्ड’ मा उल्लेख गरेका थिए ।)
सन् २०२२ मार्चमै हामीले युक्रेन युद्धको लक्ष्य हासिल नहुने बताएका थियौँ । रुसलाई सैन्य तवरले हराउन सकिन्नथ्यो । पश्चिमाहरू आफ्नो लक्ष्यको नजिक नै पुग्थे भने पनि मस्कोले आफ्नो आणविक अस्त्र प्रयोग गर्ने सम्भावना थियो । एक विश्वासिलो स्रोतका अनुसार सन् २०२२ को अन्त्यतिर यस सम्भावनालाई यथार्थमा परिणत गर्नेबारे रुसमा छलफल पनि भएको थियो ।
रक्तपात रोक्नका लागि विश्वभरि नै प्रयास भएको थियो । सन् २०२२ को गर्मीताका युरोप तथा विश्वका विभिन्न भागका धेरै बुद्धिजीवीले युद्ध रोक्नका लागि हस्ताक्षर अभियान चलाएका थिए । तिनताका नेटोविरुद्ध कसैले पनि मुख खोल्ने आँट गर्न सकेका थिएनन् ।
समझदारीलाई बेथितिमाथि र शान्तिलाई युद्धमाथि विजयी हुन अढाइ वर्ष लाग्यो । मूल्य भने ठुलो चुकाउनुप¥यो । किनभने, पश्चिमा लोकतान्त्रिक अथवा ‘आत्मकेन्द्रित’ शक्तिका साथै तथाकथित वामपन्थीहरू युद्धको विरोधमा जुर्मुराए । विभिन्न निहुँमा तिनीहरू अमेरिकी तथा पश्चिमा साम्राज्यवादको अहङ्कारी सपनापछाडि एकजुट भए । तिनले पश्चिमा युद्ध पिपासुहरूको आदेश स्वीकारे, युरोपेली हितविरुद्ध लागे ।
युक्रेनको विषयमा तिनीहरूले अमान्य र खतरनाक बकवास गर्न थाले । तिनीहरूले आफ्नो ध्येय र चाल्नुपर्ने कदमबारे कहिल्यै प्रस्ट बोलेनन् । के तिनीहरू सम्पूर्ण युक्रेनी जनता नमर्दासम्म युद्ध चालु राख्न चाहन्छन् ? के आणविक युद्ध हुन सक्ने खतराले तिनलाई चिन्तित बनाउँदैन ?
आज पनि यो प्रवृत्ति घटेको छैन । किनभने, सबै पश्चिमा धनकुवेरहरू र एक हदसम्म पश्चिमा वामपन्थीहरू समेत आफूलाई श्रेष्ठ ‘सभ्य’ जाति ठान्छन् । उनीहरू आफूलाई समस्त मानव जातिमाथि शासन गर्ने विशेष अभिभारा लिएर जन्मेको ठान्छन् । यो भूमिका कुनै मुसलमान, अश्वेत, चिनियाँ, रुसी र अन्य ‘नीच जाति’ ले खेल्न नसक्ने मान्छन् ।
परिणाम जे आयो त्यो ऐतिहासिक आवश्यकता नै थियो । रुस र युक्रेनबिच द्वन्द्व टुङ्ग्याउनुपर्ने थियो । परोक्षरूपमा आणविक शक्तिसम्पन्न देशहरूबिचको द्वन्द्व टुङ्ग्याउनुपर्ने थियो । अमेरिकाको चरम दक्षिणपन्थी शक्तिले त्यो आवश्यकता पूरा ग¥यो । मानव जातिले यसको ठुलो मूल्य चुकाउनुपर्नेछ । अहिले नै पनि हामीसँग यसका धेरै उदाहरण छन् । नयाँ अमेरिकी राष्ट्रपतिले अन्तर्राष्ट्रिय कानुनलाई भड्किलो शैलीमा अनादर गरिसकेका छन् । उनले प्यालेस्टिन, ग्रिनल्यान्ड, क्यानडा, पनामालाई धम्की दिँदै छन् । उनले पृथ्वीको जलवायु परिवर्तनलाई पनि साफ भाषामा नकारे । हालै मात्र रुसी विदेशमन्त्रीले ट्रम्पको ‘अमेरिका पहिलो’ को नारा र हिटलरको ‘जर्मनी सबैभन्दा माथि’ को नारामा खतरापूर्ण समानता रहेको औँल्याए ।
अमेरिकामा सरकारले गर्ने सम्पूर्ण सामाजिक खर्चमा सकेसम्म कटौती गर्ने र वैज्ञानिकहरूलाई वायुमण्डलमा भइरहेको प्रदूषणसम्बन्धी तथ्याङ्क जम्मा गर्न रोक्ने प्रयास हुँदै छ । आफ्ना अर्बपति साथीहरूलाई असजिलो होला भनेर ट्रम्प यस्ता नीति लागु गर्दै छन् । यसको परिणाम अत्यन्त कठोर र खतरनाक हुनेछ । यस्ता नीतिले गर्दा पुँजीवाद र साम्राज्यवाद थप ध्वंसात्मक बन्नेछ । ट्रम्पले सैन्य गठबन्धन नेटोलाई भङ्ग गरुन् भनी कसैले कामना गरेका छन् भने कतिपय नेटो भङ्ग होला भनेर थर्कमान छन् । यो कामना र भय हाँस्यास्पद हो, युरोपेलीहरूलाई रनाहामा पार्ने र संसारका सारा मानिसलाई दिग्भ्रमित पार्ने चुटकिला मात्र हो ।
रन्थनिएको युरोप
वासिङ्टनको सेवामा एउटा पूर्णतः विध्वंसक नीतिमा हातखुट्टा गिजोलेपछि (अपवादलाई छोडी) युरोपका सारा राजनीतिक नेताहरू अहिले युक्रेनबाट हात झिक्न अप्ठ्यारो मान्दै छन् । युक्रेनबाट हात झिक्नु अहिले यी नेताहरूलाई राजनीतिक आत्महत्या गर्नु बराबर हुनेछ । फ्रान्समा एकाएक युद्धको जस्तो माहोल बनेको छ । यो माहोल हास्यास्पद मात्र होइन, खतरनाक पनि छ । राष्ट्रपति म्याक्रोँ ‘युक्रेनलाई बचाऔँ’ भन्ने अभियान सुरु गर्न तयार देखिन्छन् । म्याक्रोँ अहिले ‘युद्ध–उन्माद’ मा छन् ।
फ्रान्स वा भनौँ त्यहाँका धनकुवेरहरू अझैपनि फ्रान्सेली क्रान्तिपछि आफूहरूले विशेष अभिभारा पाएको ठान्छन् । साँच्चै भन्ने हो भने फ्रान्सले युरोपेली इतिहास र संस्कृतिमा ठुलो भूमिका खेलेको छ । तर, सैनिक इतिहासलाई हेर्ने हो भने (नेपोलियनको नेतृत्वमा भएका) अस्टरलिजका लडाइँहरूपछि उसले कुनै युद्ध जितेको हामीलाई सम्झना छैन । आज पनि फ्रान्स तिनै लडाइँका जीतको धङधङीमा छ । ऊ आफूले तिनै ऐतिहासिक अभिभारा पूरा गरिरहेको कल्पना गर्छ । बर्बर रुसी जातिविरुद्ध युक्रेनीहरूको पक्ष लिइरहेको ठान्छ । वास्तविकता भने अर्कै छ । खासमा उसले संरा अमेरिका र त्यहाँको गुप्तचर निकाय सिआइएका युद्धपिपासुहरूले ल्याएका चरम साम्राज्यवादी नीतिहरूको सेवामा युक्रेनी जनतालाई सोत्तर पा¥यो । सार्कोजी, हलान्ड र म्याक्रोँको फ्रान्स अनि देगालको फ्रान्सबिच कुनै समानता छैन । निकोलस सार्कोजी निर्वाचित भएपछि फ्रान्सले लिबियालाई ध्वस्त पार्न भूमिका खेल्यो, फ्रान्स नेटोमा फर्कियो । (चाल्र्स देगालले फ्रान्सलाई नेटोबाट बाहिर राख्न मुख्य भूमिका खेलेका थिए । अनु.) यसपछि फ्रान्स अमेरिकाको दुखी उपनिवेश बन्न पुग्यो । उसले यहुदीवादी नीति अपनाउन थाल्यो । अमेरिकी नीतिमा आएको आकस्मिक फेरबदलले गर्दा फ्रान्सका धनकुवेरहरूको पोल खुल्दै छ । अन्तर्राष्ट्रिय सम्बन्धमा तिनको हैसियत कत्ति पनि रहेनछ । त्यसैले उनीहरू रुदै–कराउँदै छन्, विलाप गर्दै छन् ।
शान्तिका विरोधीहरू अहिले ट्रम्पको नीतिलाई बेवास्ता गर्ने स्थितिमा छैनन् । यही हाम्रो कामना पनि हो । किनभने, युद्ध अन्त्य गर्ने प्रयास विफल भए आणविक युद्ध हुने जोखिम बढ्नेछ । म्याक्रोँका सबै कथाहरू हावादारी साबित होऊन्, यथार्थमा तिनले माखो मार्न नसकून् । यो हाम्रो पनि कामना हो । आजका युरोपेली नेताहरूको राजनीतिक सोच कति कच्चो छ भनी थाहा पाउन म्याक्रोँलाई हेरे पुग्छ ।
युरोपको पुनः सशस्त्रीकरण
यो सङ्कटबाट पार लागे पनि नयाँ सङ्कटको तयारी चल्दै छ । युरोपेली युनियनले युरोपमा बचेखुचेका सामाजिक सुरक्षालाई नष्ट गर्ने तयारी गर्दै छ । सोभियत सङ्घको उदयपछि युरोपमा मानव जातिले हासिल गरेका ठुला सामाजिक उपलब्धि थिए ती । युरोपेली युनियनले अहिले प्रदूषण कम गर्ने प्रयासको घाँटी रेट्दै छ, युरोपको एकतामा जोड दिने नीतिहरूको कच्चो धागो चुडाउँदै युरोपलाई पुनः सशस्त्रीकरण गर्न खोज्दै छ । वार्सा सन्धि र सोभियत सङ्घ विघटन गर्ने रुसविरुद्ध हावादारी प्रचारबाजी गरिँदै छ । पुनः सशस्त्रीकरणलाई सही देखाउन रुस युरोपको लागि सैन्य खतरा हो र मोल्डोभा–रोमानियालाई कब्जा गरेपछि रुसले बाँकी युरोप निल्नेछ भन्दै युरोपमा डरलाग्दो हल्ला फैलाइँदै छ ।
३५ वर्षअघि युरोपमा परम्परागत तथा आणविक हातहतियारमा कटौती गर्ने तय भएको थियो । यसमा तीव्रता ल्याएर युरोपले अहिले सामाजिक, विकासजन्य तथा पर्यावरणीय आवश्यकता पूरा गर्नमा ठुलो रकम खर्च गर्न सक्छ । रुसविरुद्ध लगाइएको आर्थिक प्रतिबन्ध फुकुवा गरेर युरोपले (अमेरिकाको तुलनामा) सस्तो र बढी वातावरणमैत्री रुसी ग्यास आयात गर्न सक्छ । तर, युरोपेली युनियनको होस चेत गुमाएको र युद्धपिपासु नेतृत्व अहिले उल्टो बाटोमा छ । उनीहरू संरा अमेरिकाका नयाँ तर बर्बर राष्ट्रपतिलाई ‘रिझाउन’ सैन्य खर्चमा राक्षसी वृद्धि गर्ने दिशामा अग्रसर छन् । युरोपेली युनियनको नेतृत्व यही दिशामा अघि बढ्दै गए धेरै सम्भव युरोपलाई अहिले नै गाँजेको आर्थिक सङ्कटले उसको घाँटी अँठ्याउने छ ।
अर्को शब्दमा, युरोपका जनताले जुन उद्देश्यले युरोपलाई युनियनबद्ध पार्दा समर्थन गरेका थिए आज त्यही उद्देश्यमाथि तिनका नेताले बन्चरो हान्दै छन् ।
युरोपलाई धेरै हातहतियार चाहिन्न । बरु उसलाई सामाजिक तथा पर्यावरणीय मुद्दामा खर्च चाहिन्छ । थप सार्वजनिक क्षेत्रमा लगानी चाहिन्छ । जलवायु परिवर्तनजस्ता विपत्तिका कारण धुलिसात हुने डिलमा पुगेका भौतिक पूर्वाधारमा लगानी चाहिन्छ युरोपलाई । युरोपेली युनियनमै आमूल तथा साहसी सुधारको खाँचो छ । सैन्यवादी तथा साम्राज्यवादी नीतिबाट पूर्णतः पछि हट्न जरुरी छ । युक्रेन र प्यालेस्टिनमा युरोपेली युनियनले यही नीति लिइरहेकोमा अब शान्तिको नीति अपनाउन जरुरी छ । युरोप अब अमेरिकीहरूको पिछलग्गू बन्ने होइन, बरु ‘बहुध्रुवीय’ विश्वमा शान्ति र संस्कृतिको वाहक बन्नुपर्छ । चाल्र्स देगाल, ओलोफ पाम, विली ब्रान्ड र एन्ड्रस पापान्ड्रयुको बाटोमा हिँड्नुपर्छ ।
तर, अहिलेलाई युरोपेली युनियन उल्टो बाटो हिँडिरहेको छ ।
(स्रोत : एमआर अनलाइन । सम्यक)
Leave a Reply