कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २ चैत । तलेजु बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०८१/८२ को अर्धवार्षिक समीक्षा गोष्ठी संस्थाका समितिहरू तथा संस्थापक सदस्यहरूको सहभागितामा शनिबार रेडस्टार क्लव भवन कोलाछेँमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले संस्थाको गुणस्तर बढाउन व्यापक जनताको हितमा कसरी काम गर्न सक्छ भन्ने विषयमा तालिमहरू, छलफल, अध्ययन र अन्तरक्रियाहरूलाई शेयर सदस्यहरूमाझ पु¥याउनुपर्ने, सहकारी संस्थाहरू स्थानीय सरकारको नियन्त्रणमा रहेको अवस्थामा स्थानमा सदस्यहरूको बचत जोखिममा नपर्ने बताउनुभयो ।
उहाँले ठुलठुला सहकारीहरूमा ठुला पार्टीका मुख्य मुख्य व्यक्तिहरू (नेताहरू) को छत्र छायाँमा रकमहरू दुरुपयोग भइरहेको हुँदा सामुदायिक सहकारीहरू पनि बदनाम भइरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष कमलनारायण धुख्वाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सचिव शिवराम धुख्वाले अर्धवार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष तुल्सीकृष्ण बाटीले आर्थिक प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक राजु शिल्पकार, संस्थापक सदस्य रमेश त्वायनाले समीक्षा गर्नुभयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामहरि गोरा, निवर्तमान अध्यक्ष रामकृष्ण त्वायना, उपाध्यक्ष लक्ष्मीप्रसाद गोरा, सल्लाहकार तुल्सीराम धुख्वा, सदस्यहरू लक्ष्मीसुन्दर स्वंगमिखा, विश्वनाथ भैलले पनि बोल्नुभएको थियो ।
Leave a Reply