भर्खरै :

नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम

नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम

काठमाडाँै, २३ चैत । काठमाडाँै जिल्लाको तानपा ७ मा रहेको महालक्ष्मी इङ्गलिस हाइस्कूलले २०८१ सालको नर्सरीदेखि कक्षा ११ सम्मको नतिजा प्रकाशन गरेको छ ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यालयका शिक्षकहरूले आफ्नै सन्तानसरह मायालु वातावरणमा शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले व्यवहारिक ज्ञानका आधारमा पनि विद्यार्थीको मूल्याङ्कन हुने भएकोले प्रमाणपत्रलाई मात्र मूल्याङ्कनको आधार मान्न नहुनेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवं संस्थापक अध्यक्ष सनकमान महर्जनले विसं २०५० सालमा चारजना विद्यार्थीबाट सुरु भएको विद्यालयमा अहिले नर्सरीदेखि कक्षा १२ सम्म ६५० जना विद्यार्थी अध्ययन गरिरहेको बताउनुभयो । विद्यार्थी, अभिभावक, शुभचिन्तक तथा सल्लाहकारहरूको सहयोगमा विद्यालयले स्थापनाको तीन दशक पूरा गर्न सफल भएको उहाँले बताउनुभयो । विद्यालयका प्राचार्य विकास डंगोलले विद्यालयले आगामी दिन प्राविधिक शिक्षालाई महत्व दिँदै अभिभावकको सल्लाह सुझावबाट अघि बढ्दै विद्यार्थीहरूलाई योग्य नागरिक बनाउन सधँै तत्पर रहेको बताउनुभयो ।
प्राध्यापक डा. प्रदिपचन्द्र गौतमले अहिलेको नेपालको शिक्षामा सुधार गर्नुपर्ने कुरा धेरै भएको बताउँदै सीपमूलक, व्यवहारिक र प्रतिस्पर्धी शिक्षा नै गुणस्तरीय शिक्षा भएकोले त्यसतर्फ लाग्न सबैलाई सुझाव दिनुभयो ।
बाल साहित्यकार डा.छायादत्त न्यौपानेले यस भेगमा विद्यालयले शिक्षाको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।
मेचीदेखि महाकालीसम्मका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।
अभिभावक हरिशरण दुवाडीले विद्यार्थीमैत्री वातावरणमा शिक्षा प्रदान गर्ने भएकोले आफूले आफ्ना छोराछोरीका लागि यही विद्यालय छनोट गरेको बताउनुभयो ।
कार्यक्रममा गीत, सङ्गीत र नृत्यको माध्यमद्वारा अतिथि तथा अभिभावकहरूलाई मनोरञ्जन प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *