प्रजग कोरियाको भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन
- आश्विन २५, २०८२
काठमाडौँ, २५ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पहिलो महिला धिमे वादक इन्दिरा लाछिमस्यूको जीवनमा आधारित फिल्म ‘धिमाय् मैँचा’ को एक समारोहबिच रिबन काटेर उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले ३ दशकअघि महिलाहरूले धिमे, धाँजस्ता बाजा बजाउन त के छुन्न समेत नहुने भन्ने परम्परागत चलनविरूद्ध सङ्घर्ष गरेर महिलाहरूलाई धिमेलगायतका बाजा बजाउन उत्साहित गर्नु क्रान्तिकारी कदम हो भन्नुभयो ।
उहाँले सामान्य परिवारमा जन्मेका इन्दिराको जीवनमा आधारित फिल्म बनाएर इन्दिरा र उहाँको परिवारको मात्र होइन भक्तपुरको गौरव बढाएको चर्चा गर्दै ‘धिमे मैँचा’ फिल्मले भक्तपुरको सांस्कृतिक सम्पदाहरूबारे समेत विश्वभर फैलाउने आशा व्यक्त गर्नुभयो ।
उहाँले फिल्म सफलताका लागि निर्माता, कलाकार सबैका लागि शुभकामना व्यक्त गर्नुभयो र देशका विभिन्न ठाउँका जनता र विश्वका विभिन्न देशमा रहेका नेपालीहरूलाई फिल्म हेरेर सहयोग गर्न आग्रह गर्नुभयो ।
प्रमुख अतिथि प्रजापतिले इन्दिरा लाछिमस्यूलाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो भने कार्यक्रममा उपस्थित सबैलाई मुख्य निर्माता गोपालकृष्ण महर्जनले स्वागत तथा निर्माता सुरेन्द्र तुलाधरले फिल्म निर्माणको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
फिल्ममा पहिले महिलाहरूले बाजा बजाएमा समाजले कतिको हेप्ने, अपमान गर्ने र हेयको दृष्टिले हेर्ने गर्थे भन्ने स्पष्ट देखाइएको छ । परिवर्तन ल्याउन पुँजीवादी परम्पराविरूद्ध कठोर सङ्घर्ष गर्नुपर्छ भन्ने फिल्मले शिक्षा दिन्छ । २ घण्टासम्म प्रस्तुत फिल्म दर्शकले समय गएको चाल नपाउने किसिमको छ । अधिकांश सुटिङ इन्दिराको निवासस्थान भक्तपुरमै भएको देखिन्छ । फिल्ममा इन्दिराको जीवनसँगै भक्तपुरका सम्पदाहरू पनि प्रशस्तै देखाइएको पाइन्छ ।
Leave a Reply