प्रजग कोरियाको भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन
- आश्विन २५, २०८२
कैलाली, २५ असोज । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ जिल्ला समिति कैलालीको आयोजनामा लम्किचुहा नगरपालिका वडा नं.५ तिलकपुरमा शनिबार विद्यार्थी भेटघाट तथा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य तथा कैलाली संयोजक रमेशकुमार रावलले नेपाल मजदुर किसान पार्टी माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधाराअनुसाार अगाडि बढिरहेको बताउनुभयो ।
अहिलेसम्मका दलाल पुँजीपति सरकारलाई भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले परिचालन गरेको उल्लेख गर्दै उहाँले भदौ २३ र २४ गते भएको आन्दोलनमा पनि भारतीय र अमेरिकी घुसपैठ भएको बताउनुभयो ।
नेमकिपा बाग्मती प्रदेश सदस्य शैलेस डंगोलले भदौ २३ र २४ गते भएको आन्दोलन नेतृत्वविहीन आन्दोलन असफल भएको बताउनुभयो ।
उहाँले आन्दोलनमा ठुलो जनधनको क्षति भएकोमा अहिलेसम्मका शासक दलहरू दोषी हुन् भन्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ कैलाली अध्यक्ष एचबीले विद्यार्थी तहबाट नै राजनीतिक रूपमा सचेत हुनुपर्ने बताउँदै विद्यार्थीले देशको राजनीतिक, आर्थिक र सामाजिक विषयमा अध्ययन गरिरहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्रामहिलासङ्घ कैलाली जिल्ला सदस्य हरिकला विष्ट र नेक्राविसङ्घ कैलाली सचिव हुनान रावलले पनि बोल्नुभएको थियो ।
Leave a Reply