भर्खरै :

भ्रष्टाचारविरोधी आन्दोलन अझै आवश्यक

भ्रष्टाचारविरोधी आन्दोलन अझै आवश्यक

भक्तपुर, २५ असोज । नेपाल मजदुर किसान पार्टी, भक्तपुर जिल्ला समितिका सदस्य तथा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमसहित समसामयिक विषयमा प्रशिक्षण कार्यक्रम भयो ।
उक्त कार्यक्रममा अतिथि गोविन्द दुवालले नेपाल मजदुर किसान पार्टीको नीति तथा कार्यक्रमअनुसार पदमा रहे पनि वा नरहे पनि निःस्वार्थपूर्वक देश र जनताको हितको पक्षमा सडकदेखि सडनसम्म सङ्घर्ष गर्दै आइरहेको बताउनुभयो ।
सङ्घले मजदुर किसानलगायत सर्वसाधारण जनताको न्यायको पक्षमा साँढे धपाउने, बाली काट्ने, भर्पाई आन्दोलन, मोहीयानी हक सुरक्षालगायत भ्रष्टाचारविरोधी आन्दोलनमा सक्रियतापूर्वक सङ्घर्ष गर्दै आइरहेको उहाँले बताउनुभयो ।
देशका ठुला पार्टी भनाउँदाहरूले देश र जनताको हितमा काम नगर्दा र नेमकिपाले सुझाएका सुझावप्रति बेवास्ता गर्दा देशले कठपुतली सरकारको सामना गर्नुपरेको उहाँले बताउनुभयो ।
नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूले कार्यकर्ताहरू सक्रियतापूर्वक पार्टीको नीति निर्देशानुसार क्रियाशील हुनुपर्नेबारेमा जोड दिँँदै जेन–जी आन्दोलनको सवल र दुर्वल पक्षको बारेमा प्रस्ट्याउनुभयो ।
किसानहरूलाई राजनीतिक, सैद्धान्तिक, बौद्धिक, सामाजिक र व्यवहारिक रूपमा प्रशिक्षित बनाउन पुस्तक र पत्र–पत्रिकाहरूको अध्ययन, छलफल, अन्तक्र्रिया कार्यक्रम गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
उहाँले समाजवादी व्यवस्थामा मात्र कामदारवर्गको स्वर्ग हुने भएको हुँदा समाजवादी व्यवस्था स्थापनाको लागि समाजवादी, गणतन्त्र प्रचार अभियानमा लाग्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
ने.क्रा.कि.सङ्घ चाँगुनारायण नगर समितिका अध्यक्ष नारायणभक्त न्हेम्हाफुकीको सभापतित्वमा भएको कार्यक्रममा गणेशराम सुवाल र सचिव एस.वी. फोजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *