भर्खरै :

बासु माविमा शुभकामना कार्यक्रम

बासु माविमा शुभकामना कार्यक्रम

भक्तपुर, २७ चैत । बासु माविमा नववर्ष २०८२ तथा बिस्का जात्राको उपलक्ष्यमा बुधबार शुभकामना कार्यक्रम गरियो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले वैशाख महिना नयाँ पुस्ताको मनोबलमा जागरण ल्याउने महिना हो, यही महिनामा शैक्षिक हडताल गर्नु सत्तासीन दलहरूको अकर्मण्यता हो भन्नुभयोे । समाजवादी देशमा नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरूको लागि नयाँ किताब र नयाँ पोशाकसहित नयाँ ऊर्जा दिने खालको वातावरण सृजना हुने बताउँदै उहाँले शैक्षिक सत्रको समयमा बेथिति निम्त्याउने काममा प्रेरित गर्न नहुनेमा जोड दिनुभयो ।
उहाँले विशेषगरी विद्यालयमा संस्कारयुक्त शिक्षा दिनसके आजको आवश्यकताको कदर हुने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका पूर्वप्राचार्य बालमुकुन्द बासुकलाले ५०–६० जना विद्यार्थीबाट विद्यालय सुरु गरेको स्मरण गर्दै विद्यार्थी वृद्धिसँगै तह बढाउँदै नयाँ भवन निर्माणमा स्थानीयको सहयोगले सम्भव भएको बताउनुभयो । विद्यालय प्रगतिको लागि सम्पूर्ण शिक्षकहरू निसङ्कोच आ–आफ्नो ठाउँमा क्रियाशील हुन उहाँले अनुरोध गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भ.न.पा.२ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले विद्यालय प्रगतिका लागि नयाँ व्यवस्थापन सुरु गरिरहेको चर्चा गर्दै पाटीबाट सुरु भएको यस विद्यालय स्थानीय बासिन्दाहरूको सहयोगले विद्यालय यहाँसम्म पुग्न सकेकोमा हर्ष व्यक्त गर्दै सम्पूर्ण शिक्षक शिक्षिकाहरूले आ–आफ्नो तहबाट मेहनत गर्न अनुरोध गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक रविलाल प्रधानको सभापतित्वमा भएको सो कार्यक्रममा विद्यालयको प्रगति विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहायक प्रअ राजकुमार हयाँैमिखा, प्रा.वि. इन्चार्ज विष्णुप्रसाद दुमरु, नि.मा.वि. इन्चार्ज रामहरि ताम्राकार, मा.वि. इन्चार्ज रामकुमार निरौला, +२ इन्चार्ज पुनेन्द्रप्रसाद कुसी र जगतलक्ष्मी पहिजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *