यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २७ चैत । सूर्यविनायक नगरपालिका वडा नं. १० स्थित चित्तपोल सामुदायिक सिकाइ केन्द्रको आयोजनामा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदानका साथै तीनदिने साबुन बनाउने, फिनेल बनाउने तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरको प्रमुख आतिथ्यमा बुधबार सम्पन्न भयो ।
उहाँले संविधानअनुसार काम गरेको भए शिक्षा, स्वास्थ्य, निःशुल्क र नेपालमै कलकारखाना खोलेर स्वदेशमै रोजगार दिएको भए नेपाली जनता बिदेसिनुपर्ने थिएन भन्नुभयो ।
उहाँले जडीबुटी कारखानाबाट उत्पादन भएको सञ्चो ४८ देशमा निर्यात हुने कारखाना योजनाबद्ध ढङ्गले आन्दोलनको क्रममा ध्वस्त पारेको बताउनुभयो ।
चितपोल सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष निर्मल माकको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितपोल सीएलसीका पूर्वअध्यक्ष सूर्यभक्त त्वाती, चितपोल स्वास्थ्य चौकीका खेमा नन्द, सूर्यविनायक नगरपालिका कार्यपालिका सदस्य शर्मिला बस्नेत, सीएलसीका मनशोभा सुवालले आआफ्नो विचार व्यक्त गर्नुभयो ।
तालिममा सहभागी २८ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो ।
Leave a Reply