विश्वभरका लाखौँ मानिससँगै म पनि स्पेनी बनेँ !
- श्रावण ५, २०८३
वायु प्रदूषण एक पर्यावरणीय स्वास्थ्य खतराको रूपमा छ, जुन प्रायः देखिदैन तर हाम्रो स्वास्थ्यका लागि एक गम्भीर खतरा हो । पछिल्लो वर्षमा नेपालमा वायु प्रदूषण एक गम्भीर सार्वजनिक स्वास्थ्य जोखिम बनेको छ, जहाँ प्रदूषणको स्तर सिफारिस गरिएको सीमाभन्दा ४.९ गुणा बढी छ ।
काठमाडौँको खराब वायु गुणस्तरले लाखौँ स्थानीयमा विभिन्न स्वास्थ्य समस्याहरूको जोखिम बढाएको छ, जसको प्रभाव अल्पकाल र दीर्घकालमा पर्नेछ ।
वायुको गुणस्तर बिग्रनाले सार्वजनिक स्वास्थ्यलाई मात्र असर नगरेर उत्पादनशीलतामा कमी र स्वास्थ्य स्रोतहरूको अत्यधिक प्रयोगका कारण देशको अर्थतन्त्रमा पनि ठुलो भार पारिरहेको छ । वायु प्रदूषणको स्वास्थ्य प्रभावको मूल्याङ्कन गर्नको लागि पर्याप्त तथ्याङ्क उपलब्ध छैनन् र यस पर्यावरणीय चुनौतीको समाधानका लागि आवश्यक उपायहरूको कमी छ ।
गर्मी मौसमको कारणले यो समस्या अझ गम्भीर बनेको छ, जसले आगामी दिनहरूमा वन आगलागीका घटनाहरू बढाउनेछ । नेपालमा गर्मी मौसममा वन डढेलो लाग्ने कुरा सामान्य हुन्छ, जुन चैत वैशाख महिनामा चरम सीमामा पुग्छ । यी आगलागीहरू लगातार धुवाँ र कुहिरोले भिजिबिलिटी घटाउँछ र हवाई यात्रामा पनि असर पु¥याउँछ ।
विश्वव्यापीरूपमा वायु प्रदूषण प्रत्येक वर्ष ६.५ मिलियन मान्छेको मृत्युको कारण बनिरहेको छ र यो सङ्ख्या पछिल्ला दुई दशकमा अझ बढेको छ । वायु प्रदूषण मानवीय कारण र प्राकृतिक स्रोतहरूबाट उत्सर्जित खतरनाक पदार्थहरूको मिश्रण हो ।
मानवीय कारण
यातायातसँग सम्बन्धित वायु प्रदूषण, सवारी साधनका उत्सर्जन, इन्धन तेल र प्राकृतिक ग्यासको प्रयोग, उद्योग र शक्ति उत्पादनका उत्सर्जनहरू, विशेषगरी कोइलाद्वारा सञ्चालित पावर प्लान्टहरू र रासायनिक उत्पादनका धुवाँहरू ।
प्राकृतिक स्रोतहरू
– जङ्गली आगलागीको धुवाँ (प्रायः मानिसद्वारा लगाइने गरेको)
– ज्वालामुखी विस्फोटबाट निस्कने ग्यास
– माटोमा विघटन भइरहेको कार्वनिक पदार्थबाट उत्सर्जन हुने मिथेन ग्यास
वायु प्रदूषणका स्वास्थ्य प्रभावहरू
वायु प्रदूषणका कारण विभिन्न गम्भीर स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छ :
– श्वासप्रश्वास समस्याहरूः दम, ब्रोन्काइटिस, क्रोनिक अप्स्ट्रक्टिव पल्मोनरी डिजीज
– हृदय र रक्तनलीका रोगहरूः हृदय आक्रमण, स्ट्रोक र उच्च रक्तचापको जोखिम
– क्यान्सरः दीर्घकालीन प्रदूषणको कारण फोक्सो र आन्द्राको क्यान्सर हुनसक्छ ।
– मृत्युदरमा वृद्धिः वायु प्रदूषण मृत्यु र अपाङ्गताका प्रमुख कारणहरूमध्ये एक हो ।
– असुरक्षित समूहहरूः बालबालिका, वृद्धवृद्धा र पहिले नै श्वासप्रश्वास वा हृदय रोग भएका व्यक्तिहरू विशेष रूपमा संवेदनशील छन् ।
– अन्य स्वास्थ्य समस्याहरूः आँखा पोल्ने, छालाको एलर्जी र मानसिक स्वास्थ्य समस्याहरू
– व्यावसायिक जोखिमः यातायात, निर्माण र इँटा भट्टामा काम गर्ने व्यक्तिहरूको लागि बढी जोखिम
– आयुमा कमीः एयर क्वालिटी लाइफ इन्डेक्स अनुसार काठमाडौँ उपत्यकामा वायु प्रदूषणले नेपालीहरूको जीवनलाई लगभग पाँच वर्ष छोटो बनाएको छ ।
वायु प्रदूषणका वातावरणीय प्रभावहरू
– अम्लीय वर्षाः पारिस्थितिक प्रणाली, बालीनाली र पूर्वाधारमा क्षति पु¥याउँछ
– जलवायु परिवर्तनः तापक्रमको वृद्धि, अत्यधिक मौसम घटनाहरू र समुन्द्रको सतहको वृद्धि
– ओजोन तहको कमीः केही प्रदूषक पदार्थहरू, जस्तै क्लोरोफ्लोरोकार्बनले ओजोन तहलाई नष्ट गर्न सक्छन्
– पारिस्थितिक प्रणाली नोक्सानः वायु प्रदूषणले वनस्पति, जनावर र जलजीवनलाई नष्ट गर्न सक्छ
– भिजिबिलिटीमा कमीः वायु प्रदूषणले भिजिबिलिटी घटाउँछ, जसले पर्यटन र अन्य क्रियाकलापहरूलाई असर पु¥याउँछ ।
जोगिने उपायहरू
वायु प्रदूषण र यसको प्रभाव कम गर्नका लागि तत्काल कदम चाल्नु आवश्यक छ । केही व्यावहारिक समाधानहरू निम्न हुन् :
मास्क लगाउनेः विशेषगरी उच्च प्रदूषणका दिनमा बाहिर निस्कँदा मास्क लगाउनुपर्छ । बाहिरका क्रियाकलाप सीमित गर्नुपर्छ ।
सस्तो र दिगो यातायातको प्रयोग र प्रवद्र्धन गर्नुपर्छ । सार्वजनिक यातायात, साइकल चलाउने, हिँड्ने कुरामा प्रोत्साहन गर्नुपर्छ ।
स्वच्छ प्रविधिमा लगानीः विद्युत् सवारी साधन, नवीकरणीय ऊर्जा स्रोत (सोलार, हावा) र वृक्षरोपणजस्ता हरियो संरचनामा लगानी गर्नुपर्छ ।
फोहोर व्यवस्थापनमा सुधार : फोहोरको उचित व्यवस्थापन गर्नुहोस् र प्रदूषण कम गर्न पुनः प्रयोग गर्न मिल्ने चिजहरू प्रयोग गर्नुपर्छ ।
हरिया सहर योजना : पैदल र साइकलका लागि उपयुक्त ठाउँ बनाउनुहोस् र सहरहरूमा हरियो क्षेत्रहरू निर्माण गर्न पहल गर्नुपर्छ ।
उद्योगका उत्सर्जन नियन्त्रण सुधारः उद्योगहरूका लागि कडा उत्सर्जन नियन्त्रण नियम लागु गरिनुपर्छ ।
सवारी साधनको मर्मत : नियमित सवारी साधन मर्मत र उत्सर्जन परीक्षण सुनिश्चित गरिनुपर्छ ।
दिगो अभ्यासहरू अपनाउने : स्थानीय र जैविक खाद्य प्रणालीहरूको समर्थन गर्ने र फोहोर लिन आउँदा फोहोरमा दिनको सट्टा जैविक फोहोर कम्पोस्ट गर्नु उचित हुन्छ ।
(डा. युवीन यादव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जलवायु अनुकुलन, वातावरण, खानेपानी तथा सरसफाइ उपसमितिका विज्ञ हुन्)
Leave a Reply