चिनियाँ क्रान्तिकारी साहित्यकार लु सुन
- आश्विन ८, २०८३
कम्युनिस्ट घोषणापत्रको ‘मानव समाजको आजसम्मको लिखित इतिहास वर्गसङ्घर्षको इतिहास हो’ भन्ने वाक्यांशले सामाजिक इतिहासको सार प्रस्तुत गरेको छ । तर, यस ‘वर्गसङ्घर्ष’ शब्दलाई बुझ्ने कसरी ? वर्गसङ्घर्षलाई सडकको भिडन्त वा आमनेसामनेको खुला भिडन्त वा छापामार युद्धको रूपमा मात्र बुझ्नु गलत हो । यी वर्गसङ्घर्षका केही दृश्य रूप मात्र हुन् । वर्गसङ्घर्ष दुई शत्रुतापूर्ण अन्तरविरोधी वर्गहरूको बिचको निरन्तर अन्तरसङ्घर्षको वस्तुगत अवस्था हो । यो समय र अवस्था सापेक्ष प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रूपमा, उपरिदृश्य रूपमा वा भित्र–भित्रैको द्वन्द्व, असहयोग आदि विविध रूपमा चलिरहेको नै हुन्छ । निर्वाचनको मैदानमा गरिने प्रतिस्पर्धादेखि धर्ना, विरोध, भोक हडताल, विद्रोह, सडक सङ्घर्ष तथा उत्पादक वर्गमा देखापर्ने कामप्रतिको विमोह आदि सम्पूर्ण विरोध वर्गसङ्घर्षका रूप हुन् ।
वर्गसङ्घर्ष वर्ग विभाजित समाजमा उत्पादक शक्ति र उत्पादन सम्बन्धहरूबिचको अन्तद्र्वन्द्व र तिनका पारस्परिक निषेधात्मक चरित्रको वस्तुगत अपरिहार्य अवस्था हो । उत्पादक शक्तिहरू, विशेष रूपमा श्रमिक वर्ग, जसले सामाजिक उत्पादन गर्छन्, विभेदकारी उत्पादन सम्बन्धनको प्रतिपक्षमा रहन्छन् । तिनलाई परिवर्तन गर्न निरन्तर सङ्घर्ष गर्छ । कहिले सामान्य मागको रूपमा, कहिले असन्तोष त कहिले प्रत्यक्ष–अप्रत्यक्ष सानातिना विद्रोह, हडताल र कहिले खुला विद्रोहको रूपमा । तर, सत्ताधारी वर्ग, जसको खटनपटनमा राज्यसत्ता चल्छ । सधैँ आधारभूत उत्पादनका साधन स्रोतहरूमाथि आफ्नो निर्विघ्न स्वामित्व कायम राख्न नियम, कानुन, विधि विधान, न्यायिक संरचना, धार्मिक र वैचारिक हतियारसहित यसको प्रतिरोधमा उभिन्छ । यसै बिन्दुबाट खुला वर्गसङ्घर्षले जन्म लिन्छ । श्रमिकवर्ग र शासकवर्ग परस्पर दुइटा शत्रुतापूर्ण विरोधी खेमामा उभिन्छ । यो वर्गसङ्घर्ष कहिले तुमुल विद्रोह त कहिले वर्गसङ्घर्षका अन्य विविध रूपमा चलिरहन्छ । मानव इतिहासले यस्तो वर्गसङ्घर्षका अनेकौँ रूप देखेको छ । दास युगीन कालखण्डमा, ती देशहरूमा जहाँ दास व्यवस्था चरम अमानवीय रूपमा थियो र दासहरूलाई ‘बोल्ने जनावर’ को रूपमा हेरिन्थ्यो । त्यहाँ वर्गसङ्घर्ष हजारौँ हजार दासहरूको खुला विद्रोहको रूपमा अगाडि आयो भने सामन्ती युगमा सामन्ती शोषणविरुद्ध किसानहरूका सघन युद्धहरूको रूपमा ।
दास विद्रोहको चरम रूप भूमध्य सागर तटीय देशहरू, जहाँको शासन व्यवस्थालाई दास व्यवस्थाको मौलिक रूप मानिन्छ । यी देशहरूमा दास व्यवस्थाको दौरान भएको भौतिक संरचनाहरूको तीव्र विकास, प्राचीन समृद्धि र सभ्यताको निर्माण, कृषि तथा खानीहरूको विकास र वैभवको निर्माणका मुख्य उत्पादक शक्ति दासहरू नै थिए । जसलाई आफ्नो शरीरमा समेत अधिकार थिएन । सामाजिक उत्पादनमा अंशको त कुरै भएन । दासहरूले त्यस दासत्वविरुद्ध पटक–पटकका विद्रोह र तुमुल युद्धहरू गरे । सिसली, मिश्र आदि विभिन्न देशहरूमा दास व्यवस्था पल्टाएर सत्ता कब्जा गरेका ऐतिहासिक घटनाहरू छन् । तर, ती सब प्रतिक्रियावादी शोषकवर्गको संयुक्त शक्तिबाट निर्ममतापूर्वक दबाइए र दासहरू आम नरसंहारमा परे । दासहरूको तुमुल वर्गसङ्घर्षले सबै ठाउँमा राज्यसत्ता प्राप्त गर्न वा प्राप्त सत्तालाई जोगाउन नसके पनि समाजबाट दास व्यवस्था समाप्त गरी आम जनताले आफ्नो शरीरमाथि आफ्नो स्वामित्व रहने र पारिवारिक जीवन बाँच्न पाउने अधिकारसहितको नयाँ सामन्ती सामाजिक–आर्थिक संरचना र उत्पादन प्रणाली स्थापित गर्न सफलता प्राप्त ग¥यो । त्यसपछिका कृषक विद्रोहहरूले पनि कम वेश यही अवस्था भोग्नुप¥यो ।
दास व्यवस्थामा वर्गसङ्घर्षको मुख्य चरित्र दासताबाट मुक्तिका लागि दास तथा दासमालिकबिच सीधा टक्करको अवस्था थियो । सामन्ती युगमा वर्गसङ्घर्षको रूप फेरियो र यो बहुपक्षीय र बहुआयामिक हुन पुग्यो । एकतर्फ उत्पादनका प्रमुख साधन, विशेष गरेर जल, जमिन, जङ्गल र खानिहरूमाथि सामन्ती अभिजात वर्ग तथा भूमिपतिहरूको स्वामित्वको समाप्ति र सामान्य राजनैतिक तथा सामाजिक अधिकारका लागि निरङ्कुश सामन्ती सत्ताविरुद्ध राजनैतिक सङ्घर्ष यसको मुख्य चरित्र थियो भने अर्कोतर्फ सामाजिक उत्पादन प्रणालीमा गरिएको क्रमिक परिवर्तनले उत्पादनको विकास भएपछि अतिरिक्त उत्पादनको सङ्ग्रह तथा विनिमय प्रणालीको विस्तार, बजारको विस्तार, ज्यालादारी श्रमका परिपाटीको विकास तथा विस्तार, साना तथा घरेलु उद्योगहरूको विकास र स्वतन्त्र कृषकवर्गको उदय, आदिले जन्माएको बहुआयामिक वर्गीय अवस्थामा सामन्ती उत्पादन प्रणालीसँग यी नवोदित सामाजिक वर्ग र तप्काहरूको बहुध्रुवीय वर्गसङ्घर्षको अवस्था थियो । यस अवस्थामा पुँजीवादको निर्वाध विकासका लागि स्वतन्त्र ज्यालादारी श्रमको बढ्दो आवश्यकताको परिपूर्तिका लागि उदीयमान पुँजीपतिवर्गको सामन्ती उत्पादन प्रणालीविरुद्ध वर्गसङ्घर्ष अर्को पक्ष थियो । यस अवस्थामा गरिब शोषित पीडित किसान नवोदित पुँजीपतिवर्ग आ–आफ्नो लक्ष प्राप्तिका लागि वर्गसङ्घर्षको एउटै मोर्चामा उभिन पुगे । पुँजीवादी क्रान्ति सम्पन्न गरी पुँजीवादी विकासको बाटो निर्माण ग¥यो । जसले वर्गसङ्घर्षको नयाँ रूप र चरित्र प्रस्तुत ग¥यो । यस सङ्घर्षमा किसान आफूलाई सामन्ती शोषकबाट मुक्त गरी स्वतन्त्र हुन चाहन्थ्यो भने पुँजीपतिवर्ग किसानलाई मुक्त गरी आफ्नो औद्योगिक विकासका लागि उसलाई श्रम बजारमा ल्याउन चाहन्थ्यो । यस वर्गसङ्घर्षमा एउटै मोर्चामा दुई परस्परविरोधी वर्ग स्वार्थ एकत्वको अवस्थामा थिए । वर्गसङ्घर्षको इतिहासमा किसानवर्गले सामन्ती भूस्वामित्व, भूदासत्व, बँधुवा श्रम, बेठबेगर आदिविरुद्ध गरेका अनेकौँ इतिहास प्रसिद्ध कृषक युद्ध, विद्रोह, असहयोग आन्दोलन आदि वर्गसङ्घर्षका विविध रूप इतिहासमा अङ्कित छन् ।
सामन्ती उत्पादन प्रणालीमा बहुपक्षीय र बहुआयामिक वर्गसङ्घर्षको अवस्था थियो भने पुँजीवादी उत्पादन प्रणालीले समाजको वर्गीय विभाजन र वर्गसङ्घर्षलाई बढी सरलीकृत गरेको छ । सामन्ती उत्पादन प्रणालीका विभिन्न चरणहरूमा एकसाथ अस्तित्वमा रहने स्वतन्त्र कृषक, भूदास, कास्तकार, लघु तथा घरेलु उत्पादक, स्वतन्त्र बणिक, सामन्त, सामन्ती अभिजातवर्ग, उदीयमान पुँजीपतिवर्ग आदिका बिचमा बहुआयामिक अन्तद्र्वन्द्वको अवस्था थियो भने पुँजीवादले समाजलाई प्रमुख दुई वर्ग– सर्वहारा र पुँजीपतिवर्गमा विभाजित गरेको छ । जहाँ प्रमुख अन्तर विरोध पुँजी र ज्यालादारी श्रमबिच छ । अतः प्रमुख र निर्णायक वर्गसङ्घर्ष यिनै दुई वर्गबिच छ । यसको अर्थ आजको पुँजीवादी संरचनामा यी दुई प्रमुख वर्गबाहेक अन्य वर्गीय आजको यान्त्रिक र वैज्ञानिक तथा सूचना प्रविधिको विकासले जन्माएका नयाँ उपवर्ग अथवा सामन्ती व्यवस्थाको अवशेषका रूपमा रहेका पुराना वर्गहरू विद्यमान छैनन् र तिनीहरूबिच अन्तद्र्वन्द्व छैन भन्ने कदापि होइन । ती छन् र त्यहाँ अन्तद्र्वन्द्व पनि छ । तर, ती अन्तद्र्वन्द्व वर्गसङ्घर्षको दिशा निर्धारण गर्ने मूल चरित्र होइनन् । जसरी विभेदपूर्ण उत्पादन सम्बन्धहरूले शोषणका विविध रूपहरू जन्माउँछ । त्यसैगरी, विभिन्न आर्थिक वर्ग, तप्का र उपवर्गहरूलाई पनि जन्माउँछ । तर, ती वर्ग र तप्काहरू तात्कालिक वर्गसङ्घर्षका निर्णायक शक्ति वा दिशा निर्धारक शक्तिको रूपमा नभई यता विगतका वर्गहरूको अवशेषहरूविरुद्ध सङ्घर्षको रूपमा रहन्छन् या उत्पादन प्रणालीका विकासको नयाँ चरणले जन्माएका नयाँ तप्काहरूको सङ्घर्षका रूपमा रहन्छन् ।
वर्गसङ्घर्षका ऐतिहासिक विकासको द्वन्द्वात्मक प्रवृत्ति हेर्ने हो भने यसका ऐतिहासिक रूप फेरिएका छन् । यसका साथै शोषित श्रमजीवीवर्गको अवस्थामा पनि क्रमिक परिवर्तन हुँदै आएको छ । आज यो वर्ग विगतमा भन्दा राजनैतिक रूपले बढी वर्गसचेत, वैचारिक रूपले बढी परिपक्व, बढी सङ्गठित र सङ्घर्षबाट खारिएको अवस्थामा छ । सङ्गठनात्मक परिपक्वतामा वृद्धि भएको छ र पुँजीवादविरुद्ध सम्झौताविहीन सङ्घर्षरत अगुवावर्गको रूपमा स्थापित छ । वैचारिकरूपले परिपक्व र समाजवादी ध्येयप्रति समर्पित वर्तमान श्रमजीवीवर्गको पुँजीवादविरोधी वर्गसङ्घर्ष विगतमा जस्तो एउटा शोषकवर्गको हातबाट सत्ता अर्को शोषकवर्गको हातमा सुम्पिनु नभई पुँजीपतिवर्गलाई विस्थापित गरी समाजबाट वर्गीय विभाजन र वर्गीय शोषणको आधार र अवस्थालाई नै सधैँका लागि समाप्त गरेर मानवद्वारा मानवको शोषण गरिने आधारलाई नै समाप्त गर्नु हो । श्रमिकवर्गले यो सङ्घर्ष कम्युनिस्ट पार्टीहरूको नेतृत्वमा लड्ने भएकोले ती पार्टीहरूले यस सङ्घर्षको नेतृत्व गर्न सर्वपक्षीय क्षमताको विकास तथा त्यो लक्ष्य प्राप्त गर्न वस्तुगत रणनीतिको तर्जुमा गर्नु आवश्यक हुन्छ । यसमा कम्युनिस्टहरूले सधैँ याद राख्नुपर्ने कुरा के हो भने उनको लक्ष्य श्रमजीवीवर्गको सत्ता स्थापना गर्न श्रमिक आन्दोलनको नेतृत्व गर्नु हो, पार्टीलाई शासक बनाउन होइन । सत्ता कम्युनिस्ट पार्टीको नीति निर्देशन र नेतृत्वमा श्रमजीवीवर्गको नै हुनुपर्दछ ।
वर्गसङ्घर्षका लक्ष्यको इतिहास हेर्ने हो भने विगतदेखि आजसम्म यस सङ्घर्षको लक्ष्य शोषित दमितवर्गलाई वर्गीय शोषणबाट मुक्त गर्नु नै रहेको छ । यो सङ्घर्ष एकपछि अर्को गर्दै बढी विकसित, सङ्गठित र वैचारिक रूपमा परिपक्व हुँदै आएको छ । दास व्यवस्थामा यो सङ्घर्ष सङ्ख्यात्मक, सङ्गठनात्मक, राजनैतिक र वैचारिक रूपमा आफ्नो शैशवकालमा थियो । तर, त्यस अवस्थामा पनि सङ्घर्षको लक्ष्य शोषणबाट दासहरूको मुक्ति नै थियो । सामन्ती व्यवस्थामा यसको लक्ष्य शोषित–पीडित किसानलाई सामन्ती शोषणबाट मुक्त गर्नु थियो । आज मजदुरवर्गको नेतृत्वमा चलिरहेको यो वर्गसङ्घर्ष पुँजीवादी आर्थिक दासताबाट श्रमिकवर्गको मात्र नभएर सम्पूर्ण शोषित, पीडित, सीमान्तकृत तथा सामाजिक बहिष्करणमा रहेका सम्पूर्ण जनतालाई वर्गीय शोषण, सामाजिक थिचोमिचो, जातिभेद, रङ्गभेद आदिबाट मुक्त गर्न र साम्राज्यवादी कालो छायाबाट मानव जातिको भविष्य सुरक्षित गर्ने व्यापक लक्ष्य लिएर अगाडि बढ्दै छ । विगतमा यस सङ्घर्षका विविध रूप अगाडि आएका छन् । जय–पराजय बेहोरेको छ । पुँजीपतिवर्गको चरम दमन र नरसंहार बेहोरेको छ । विगतमा भोगेका यी सब जय–पराजयका साथै ‘समाज परिवर्तन’ का लागि विगतमा समाजवादी सत्ता सञ्चालनको दौरान भए गरेका कमीकमजोरी र प्राप्त सफलता असफलताका अनुभवसहित यो आन्दोलन अगाडि बढ्दै छ । यो लक्ष्य प्राप्त गर्नु सम्भव छ भन्ने कुरा पेरिस कम्युनदेखि अक्टोबर क्रान्तिसम्म र चीनको क्रान्तिदेखि त्यसपछिका घटनाक्रम र सर्वहारा वर्गीय राज्य स्थापनाहरूले नै पुष्टि गरिसकेको छ । यद्यपि, यसमा सफलता, असफलता, विकृति, व्यक्तिवाद आदि गैरकम्युनिस्ट प्रवृत्ति, व्यवहार र गैरमाक्र्सवादी–लेनिनवादी चिन्तन तथा गलत प्रवृत्ति पनि देखिएका छन् ।
तर, भावी सङ्घर्षको सही दिशा निर्धारण गर्न तथा समाजवादी व्यवस्था निर्माणका लागि यी अमूल्य अनुभव हुन् र यसले नै अगाडिको बाटो निर्देशित गर्नेछ ।
वर्गीय समाजमा वर्गसङ्घर्ष वस्तुगत यथार्थ हो । कसैले नकार गर्दैमा यसको नकार हुँदैन । वर्गसङ्घर्षको त्यो अवस्था, जहाँ दुइटा परस्पर विरोधीवर्ग सँगसँगै बस्न सक्ने अवस्था रहँदैन र एकले अर्कालाई समाप्त गर्न उद्यत हुन्छन् । त्यो वर्गसङ्घर्षको उच्चतम शत्रुतापूर्ण वर्गसङ्घर्षको चरण हो । यस चरणमा पुगेपछि सामाजिक उत्पादन त्यही रूपमा अगाडि बढ्न सक्दैन र उत्पादन प्रणाली त्यही रूपमा चल्न सक्दैन । त्यसमा परिवर्तन अपरिहार्य भएर जान्छ । यो परिवर्तन नै त्यस चरणका वर्गसङ्घर्षको अन्तिम चरण अर्थात् सामाजिक क्रान्तिको चरण हो, जसले समाजलाई नयाँ उचाइ दिन्छ । सर्वहारावर्गका वर्गसङ्घर्षको विजयसँगै सर्वहारावर्गसहित सङ्घर्षरत आम शोषितपीडित वर्ग तथा तप्काहरूको सत्ता कायम हुन्छ । यो माक्र्सवादी क्रान्ति विज्ञानको तार्किक निचोड हो । तर, शोषितपीडित श्रमजीवीवर्गको सङ्घर्ष अन्ततः विजयमा नै टुङ्गिने भए पनि यस मार्गमा यसले अनेकौँ उतार चढाव, दमन आदि अवस्था झेल्नुपर्ने अवस्था रहन्छन् वा प्राप्त गरिएको सत्ता टिकाउन नसकिने अवस्था पनि आउन सक्छन् । विगतका दास विद्रोह, किसान युद्ध तथा मजदुर आन्दोलनले यस्तो अवस्था झेलेका छन् र भविष्यमा पनि दोहोरिने छन् । यसै सम्भावनालाई मध्यनजर राखी लेनिनले क्रान्तिको सम्पन्नता र सफलताका लागि वस्तुगत र मनोगत अवस्था परिपक्व भएको र तिनका बिच सही तालमेल र क्रान्तिकारी शक्तिहरूबिच समन्वय हुनुपर्छ भनी जोड दिएका हुन् ।
वर्गीय सामाजिक उत्पादन प्रणालीमा समाजको प्रमुख अन्तरविरोध त्यस प्रणालीका प्रमुख वर्ग र तिनका बिचको सङ्घर्षबाट अभिव्यक्त हुन्छन् । तर, वर्गीय समाजमा आधारभूत वर्ग र तिनका अन्तर्विरोधका साथसाथै गौण अथवा सङ्क्रमणकालीन वर्गहरू र अन्तर्विरोध पनि हुन्छन् र कहिलेकाहीँ अवस्था विशेषमा, विशेष गरेर क्रान्तिको चरणमा शक्ति समायोजनको दौरान, यी अन्तरविरोध निर्णायक महत्वका पनि हुन सक्छन् । उदाहरणका लागि सामन्ती संरचनामा सहरहरूको विकाससँगै सहरिया व्यापारीकहरू, कास्तकारहरूका गुठी, व्यापारी, मध्यम वर्गीय बुद्धिजीवी आदि तप्काहरू विद्यमान थिए र सामन्तवादविरोधी आन्दोलनमा यिनको महत्वपूर्ण भूमिका रहेको हो । पछि यिनै नवोदित तप्काहरूमध्ये केही कृषि फर्महरूका मालिक, केही औद्योगिक पुँजीपति, केही व्यापारी पुँजीपति आदिमा परिणत भए भने तिनका कामदार तथा पुँजीवादको विकाससँगै हिँड्न नसकेकाहरू सर्वहारामा परिणत हुन पुगे । अथवा कोही सहरिया मध्यमवर्गमा त केही स्वतन्त्र किसानवर्गमा परिणत हुन पुगे । आज पुँजीवादको अन्तर्राष्ट्रिय एकाधिकार पुँजीवादी चरणमा पनि यस संरचनाभित्र प्रमुख वर्ग पुँजीपति तथा सर्वहारासँगै मध्यम वर्गीय पुँजीपति, किसान, मध्यम, वर्ग निम्न मध्यम वर्ग, साना व्यापारी आदि अनेकौँ तप्का र उपवर्गहरू विद्यमान छन् र यिनले जनसङ्ख्याको ठुलो हिस्सा ओगटेका छन् ।
यी तप्का आर्थिक रूपमा पुँजीपति तथा मजदुरवर्गका बिचको वर्गका रूपमा रहे पनि कुनै पनि देशको राजनीतिमा यिनले अहम् भूमिका निर्वाह गर्छन् । वर्गसङ्घर्षको पक्षबाट हेर्ने हो भने सामान्य रूपमा दुई प्रमुख वर्गहरूबिचका यी तप्का निजी सम्पत्तिधारी समूह भएकोले राजनैतिक रूपमा यी पुँजीपतिवर्ग निकट रहन्छ । तर, यसको सम्पत्ति शोषणबाट भन्दा स्वआर्जन र आफ्नै श्रमको परिणाम भएको र आफै पनि श्रमजीवी भएको र सङ्घै पुँजीवादी आर्थिक सम्बन्धको मारमा रहने हुँदा केही सीमासम्म पुँजीवादविरुद्धको सङ्घर्षमा श्रमिकवर्गको साथ दिन्छ । तर, एउटा सीमासम्म मात्र । यसका साथै नवोदित बौद्धिक श्रमजीवी तप्का कामको अवस्था र वातावरणमा भिन्नता भए पनि पुँजीद्वारा श्रमको शोषणबाट यो तप्का पनि मुक्त नभएकोले पुँजीसँग यसको पनि वर्गसङ्घर्ष छ । व्यापक अर्थमा यो पनि श्रमिकवर्गकै अङ्ग हो र पुँजीवादी श्रम शोषणबाट मुक्ति यसको पनि साझा मुद्दा हो । क्रान्तिको संवाहक शक्ति सङ्गठित गर्दा यस पक्षमा ध्यान दिनु आवश्यक हुन्छ ।
समष्टिमा हेर्दा प्रत्येक सामाजिक–आर्थिक संरचनामा समाजको वर्गीय बनोट र त्यसैअनुसार वर्गसङ्घर्ष पनि बहुआयामिक र जटिल प्रकृतिको हुन्छ । त्यसमा प्रमुख वर्गहरूसँगै समष्टिगत रूपमा वा एउटै वर्गभित्र पनि विभिन्न तप्का, उपवर्ग, समूह आदि अस्तित्वमा रहन्छन् । वर्गीय आधारमा तिनलाई एउटै विशाल परिवारभित्र मानिए पनि तिनको सामाजिक आर्थिक अवस्था र स्थान, स्वामित्व र सम्पत्तिको अवस्था तथा पेसा आदिको कारण यी वर्गहरूबिच पनि अन्तद्र्वन्द्व र अन्तरसङ्घर्ष रहन्छ । क्रान्तिकारी शक्ति सञ्चयको दौरान यस पक्षलाई नजरअन्दाज गर्नु हुँदैन । तर, कुनै पनि सामाजिक–आर्थिक संरचनाको चारित्रिक विशेषता र वर्गसङ्घर्षका अवस्थाको अध्ययन गर्दा प्रमुख वर्गहरूको अवस्थालाई नै प्रमुख आधारको रूपमा लिइन्छ । त्यसलाई नै समाज परिवर्तनको संवाहक शक्ति र त्यस संरचनाको प्रमुख वर्गसङ्घर्षको रूपमा लिइन्छ । अन्य उपवर्ग, तप्का, समूह सहायक शक्ति हुन् । तर, बहुदलीय प्रतिस्पर्धात्मक निर्वाचन प्रणाली, संसदीय परिपाटी आदिमा यिनको अहम् भूमिका रहन्छ । यस कुरालाई बिर्सिनु हुँदैन ।
वर्गसङ्घर्षले समाजको उत्पादन प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने क्रान्ति सम्पन्न गर्ने काम एक दिनमा पूरा हुने कुरा होइन । सामान्य रूपमा यो परिवर्तन परिमाणात्मक परिवर्तनको लामो श्रृङ्खलापछि सम्पन्न हुने परिघटना हो । दास व्यवस्थाको अन्तिम चरणमा भ्रुण रूपमा देखापरेको श्रम र ज्यालाका उत्पादन सम्बन्ध त्यस भ्रुण अवस्थाबाट आजको पुँजीवादी अवस्थामा पुग्न सिङ्गो सामन्ती युगको चरण पार गर्दै सदियौँ लामो यात्रा पार गर्नु परेको ऐतिहासिक तथ्य हो । यसैगरी, पुँजीवादी समाज वैज्ञानिक समाजवादी चरणमा प्रवेश गर्नु ऐतिहासिक वस्तुगत आवश्यकता हो । तर, यस सङ्क्रमणकालको अवधि कति होला त्यो समय र अवस्थामा निर्भर हुने कुरा हो । अवस्था विशेषमा यस्तो क्रान्तिकारी परिवर्तन सापेक्षिक रूपले अल्पकालमा नै पनि हुनसक्छ । वर्ग र वर्गसङ्घर्षको दृष्टिकोणबाट हेर्ने हो भने वर्तमान पुँजीवादी युगको एउटा विशेषता के हो भने यसले सिङ्गो समाजलाई स्पष्ट रूपमा दुइटा ठुला परस्परविरोधी वर्ग– पुँजीजीवी र श्रमजीवीवर्गमा विभाजित गरेको छ । यसले वर्गसङ्घर्षलाई बढी स्पष्ट र आमने सामनेका सङ्घर्षको रूप दिएको छ । अन्य मध्यवर्ती वर्ग या पुँजीजीवीवर्गको वरिपरि या श्रमजीवीवर्गको वरिपरिस्थित छन् । त्यसकारण, पुँजीवादविरोधी सङ्घर्षमा भोलि कुन वर्ग वा तप्का कुन ठाउँमा के रूपमा उभिएला अनुमान गर्न सकिन्छ किटानी गर्न सकिन्छ ।
– ‘लोकपाटी डटकम’ बाट
Leave a Reply