वर्षाको कहर, आशाको उज्यालो
- आश्विन ९, २०८३
जाग्नुपर्छ सधैँ अन्याय अत्याचार असमानताको विरुद्ध
समतामूलक समाज निर्माणप्रति गर्नुहुन्न अवरुद्ध
सभ्य आदर्श तथा स्वच्छ समाज आजको आवश्यकता हो
शोषित पीडितको आवाजप्रति व्यवहार हुन्छ क्रुद्ध ।
कुनै जोखिम मोल्न नपर्ने आफ्नै बौको पेवाझँै स्थायित्व
सामान्य जनताको सेवामा हुँदैनन् कहिल्यै उत्तरदायित्व
सरकारमा एकपटकको नियुक्ति आजीवन स्वेच्छाचारी
वैदेशिक ऋणमा वैयक्तिक स्वार्थ पूर्ति नि भ्रष्टाचारका तत्व ।
सुशासन र समृद्धिको लागि चालिएको त्यो हतियार
निमुखा जनताको पसिना चुस्ने नरपिशाच नै हो मतियार
निमुखा जनताको निःस्वार्थ सेवा नै हो सबैभन्दा मानव धर्म
सुशासनको नारालाई सत्ताको मार्ग बनाउनेलाई होसियार ।
Leave a Reply