तीन मुक्तक
- आश्विन ९, २०८३
कालो बादलले ढाक्यो आकाश, मेघ गर्जिए घरीघरी,
छानोमाथि टप–टप बज्यो, रातभरि झरीझरी ।
बङ्गालको खाडीबाट उठेको बादल आयो कालो,
अविरल वर्षाले गाउँ–बस्ती बनायो बेहाल ।
नदीका छाल उर्लिए, किनारा छाड्दै दौडिए,
खेतका हरिया बाली माटोसँगै बग्दै गए ।
पहाडका काख चिरिए, बाटाहरू सबै भत्किए,
माटोका घरका सपना भेलको छालमा बगिए ।
आमाको काखमा बच्चा, आँखाभरि डर र आँसु,
बाढीको गर्जन सुनिँदा काँप्यो सानो मनको आस ।
किसानले रोपेका सपना पानीसँगै बगे,
वर्षौँका मेहनतका फल क्षणभरमै टाढा भए ।
तर अँध्यारो रातपछि उज्यालो बिहान आउँछ,
टुटेको मनमा फेरि नयाँ आशा पलाउँछ ।
वन र खोला जोगाऔँ, प्रकृतिको सम्मान गरौँ,
विपत्तिमा हातेमालो गरी सुरक्षित सबै बसौँ ।
Leave a Reply