भर्खरै :

के यो सत्य हो ?

के यो सत्य हो ?
  • नेपाल सरकारले चिनियाँ स्वामित्वको टिकटकलाई सामाजिक सद्भाव बिथोलेको भनी नौ महिना बन्द ग¥यो । सरकारले राखेको सबै सर्त पूरा गरी आधिकारिकरूपमा टिकटकलाई दर्ता गराएर मात्र फुकुवा ग¥यो ।
  • संरा अमेरिकी कम्पनी फेसबुकले टिकटकले भन्दा बढी सामाजिक सदभाव विथोलेको छ । तर, नेपाल सरकार फेसबुक कम्पनी मेटालाई दर्तासमेत नगराई सञ्चालन गराउँदै छ । नेपालका प्रधानमन्त्रीहरूको असंलग्न सिद्धान्त हतियारको चेतावनी दिने देशसामु आत्मसमर्पण गर्नु हो र ?
  • २०८१ चैत २९ गते सार्वजनिक लेखा समितिको बैठकमा तत्कालीन एमाले सांसद र हाल नेकपा (एस) का सांसद पे्रमबहादुर आलेले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा पार्टी र पार्टीका नेता झलनाथ खनालसमेतको दबाबमा नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशकमा ११ औँ तहका प्रदीप अधिकारीलाई नियुक्ति गर्नुपरेको सार्वजनिक गरे । सांसद आलेले १२ औँ तहका पाँच जना दावेदार हुँदा हुँदै ११ औँ तहकोलाई नियुक्ति गराइँदा नेकपा (एस) का नेताहरूले आर्थिक फाइदासमेत लिएको उनले सङ्केत गरे । के अब अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खनाल, आले र अधिकारीमाथि कारबाही अघि बढाउँला ?
  • नेकाबाट गृहमन्त्री भएका रमेश लेखकका भाइ विन्देश्वर लेखकलाई हङकङको महावाणिज्यदूत र एमालेका सांसद सूर्यबहादुर थापाको भाइ चन्द्रबहादुर थापालाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्ति गरिएपछि नेका र एमालेभित्र व्यापक असन्तुष्टि भएको के सत्य हो ?
  • नेका–एमाले (तत्कालीन माले) ले २०४६ सालको जनआन्दोलनको बेला गणेशमान सिंहको निवास चाक्सीबारीमा भारतीय नेताहरू चन्द्र शेखर, सुव्रमण्यम स्वामीलगायतलाई बोलाएको र माओवादी केन्द्रले २०६२ सालमा १२ बुँदे समझदारी भारतको गुडगाउँस्थित फार्म हाउसमा बनाएको हुँदा ती पार्टी र नेताहरूले राजतन्त्रवादीहरूको प्रदर्शनमा भाजपाबाट उत्तर प्रदेशको मुख्यमन्त्री बनेका आदित्यनाथको तस्बिर बोकेको बारे रोईकराई गर्नुको औचित्य नहुने टिप्पणी सार्वजनिक भयो । सरकारका नेताहरूको भारतीय विस्तारवादसँग यो आत्मसमर्पण हो र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *