मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
सुर्खेत, ३१ चैत । २०८१ को समीक्षा तथा २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम वीरेन्द्रनगरमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सल्लाहकार सदस्य नर्मा गुरुङले पार्टीका कार्यकर्ताले स्पष्ट विचार जनतामाझ राख्नुपर्ने बताउँदै युवा विद्यार्थी, महिला, किसानबिचमा पार्टी सङ्गठन पु¥याउने विशेष जिम्मा युवाको काँधमा रहेको चर्चा गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तुल्सी खड्काले पार्टी सङ्गठनलाई गाउँ गाउँ पु¥याउन सके हाम्रो विचार जनतामाझ पुग्ने छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी जिल्ला समिति सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोराले पुँजीवादी व्यवस्थामा पुँजीपतिहरूले कामदारवर्गलाई शोषण गरेर दुःख दिएको उल्लेख गर्दै कामदारवर्गका मानिसहरू सङ्गठित भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा धनेन्द्र विक, अक्कल राना, प्रेम थापा, टीका पोखरेल, बिजुकला राना, अङ्गबहादुर शाही, जङ्गबहादुर शाही, भीमबहादुर सार्की, मनबहादुर विक, अम्मर भण्डारीले पनि बोल्नुभएको थियो ।
कार्यक्रम नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समिति अध्यक्ष शेरबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Leave a Reply