भर्खरै :

नेमकिपा आठबिस नगरको नगर समिति चयन

नेमकिपा आठबिस नगरको नगर समिति चयन

दैलेख, ७ वैशाख । नेमकिपा आठबिस नगर समितिको राकम कर्णालीमा उद्घाटन कार्यक्रमपश्चात् सोही राती बाख्रेकोटमा बन्द सत्र कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
बन्द सत्रले जयबहादुर बडुवालको अध्यक्षतामा १९ सदस्यीय नेपाल मजदुर किसान पार्टी आठबिस नगर समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष कृष्णबहादुर बडुवाल, सचिव नन्दा बडुवाल, कोषाध्यक्ष नरबहादुर सिजापति र सदस्यहरू क्रमशः कृष्णा रावल, निर्मला सिजापति, जानकी विश्वकर्मा, धनसरा कामी, मोतीराम सुनार, शेरबहादुर वि.क., तेजबहादुर सिजापति, नयाँकुमार विश्वकर्मा, नमराज बडुवाल, रामबहादुर बडुवाल, विष्णु कठायत, रणबहादुर कठायत, नवीन सिजापति, पदम विश्वकर्मा र कटक सिजापति रहनुभएको छ ।
कायक्रममा बन्द सत्रको अध्यक्ष मण्डलका अध्यक्ष तथा नेमकिपा जिल्ला समिति दैलेखका अध्यक्ष जगत वलीले नवनिर्वाचित समितिका पदाधिकारीहरूलाई शपथग्रहण गराउँदै नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरू कर्मठ, निष्ठावान्, इमानदार र अध्ययनशील हुनुका साथै लोभलालचमा नफसी देश र जनताको सेवामा काम गर्नुपर्छ र अन्याय र गलत कार्यविरुद्ध डटेर लड्नुका साथै जनतालाई बुझाउन पनि जिम्मेवार भएर काम गर्ने धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष मण्डलका सदस्यद्वय नेमकिपा जिल्ला समिति दैलेखका सदस्य लालबहादुर सिजापति र शिक्षक टेकबहादुर सिजापतिले पनि नवनिर्वाचित पदाधिकारीहरूलाई सुझावसहित सफलताको सुभकामना तथा बधाई ज्ञापन दिनुभएको थियो ।
नवगठित पदाधिकारीको बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्ताव पारितसहित आगामी दिनका कार्यक्रमबारे पनि छलफल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *