भियतनाम युद्धले फेरिएका शान्ति अभियन्ता
- जेष्ठ ७, २०८२
नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन भव्यरूपमा सम्पन्न भयो । पार्टीको आठौँ महाधिवेशन सम्पन्न हुनुपूर्व देशैभरि नेपाल मजदुर किसान पार्टीले ‘जनताको प्रजातन्त्र’ र ‘समाजवादी प्रचार अभियान’ लाई तीव्र पा¥यो । त्यसैको फलस्वरूप महाधिवेशन सभ्य र भव्य भयो ।
यो समय नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूले पार्टी सङ्घर्षको इतिहासलाई सम्झनु उपयुक्त हुन्छ । पार्टी स्थापनाकालपूर्वको अवस्थालाई जानकारी राख्न सके नेपालको कम्युनिस्ट आन्दोलनको रूप–रङ्गबारे नयाँ पुस्तालाई जानकारी पाउन सहज हुन्छ । पार्टीका अग्रजहरूले २०३१ सालमा ‘नेपाल मजदुर किसान सङ्गठन’ को नाममा राजनैतिक दल स्थापना गरी देश र कामदार जनताको पक्षमा सङ्घर्ष सुरु गर्नुभएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनपछि डा. केशरजङ रायमाझी महासचिव भएको अवस्थामा पार्टी अध्यक्ष रोहित नेपाल कम्युनिस्ट पार्टीमा जोडिनुभएको थियो । वि.सं २०१५ सालको आमचुनावमा अध्यक्ष रोहित कम्युनिस्ट पार्टीका उम्मेदवारहरूको निर्वाचनमा प्रचारप्रसारको निम्ति सक्रिय सहभागिता जनाउनुभएको थियो । त्यतिखेर एउटा कम्युनिस्ट पार्टी, नेपाली काङ्ग्रेस अहिलेको राप्रपाजस्तै गोरखा परिषद्लगायतका पार्टीहरूले चुनावमा भाग लिएका थिए ।
राजा महेन्द्रले २०१७ सालमा प्रतिगामी कदम चालेको घटनापछि २०१९ सालमा नेकपाको तेस्रो अधिवेशन भएको थियो । उक्त अधिवेशनबाट डा. माझी नेतृत्वबाट फालिए भने तुल्सीलाल महासचिव भए । पुष्पलाल र तुल्सीलालबिच मतभेद भयो । तुल्सीलाल अमात्यले ‘राष्ट्रिय प्रजातन्त्र’ को नारा दिए भने पुष्पलालले ‘जनवादी क्रान्तिको’ नारा दिए । तर, व्यवहारमा दुवै असफल भए ।
त्यतिखेर मोहनविक्रम सिंहको लाइनमा वामपन्थी अवसरवादको भ्रुण विकास भइरहेको थियो । परिणामतः कम्युनिस्ट आन्दोलनमा व्यक्तिहत्यालगायतका अराजकतावादी घटना देखापर्न थाले । २०५२ सालको कथित माओवादी जनयुद्ध पनि वामपन्थी अवसरवादकै सिलसिला थियो । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेको अवसरवादी प्रवृत्तिलाई बुझेर भारतीय विस्तारवादले खेल्ने मौका पायो । भारतीय विस्तारवादले नेपालमा अराजकताको स्थिति सिर्जना गराउन थाल्यो । भारतीय विस्तारवादले १२ बुँदे सहमतिको जालोमा प्रचन्ड नेतृत्वको माओवादी, नेपाली काङ्ग्रेस र एमालेलाई समेत आफ्नो स्वार्थमा प्रयोग गर्ने मौका पायो ।
पुष्पलाल श्रेष्ठ राजतन्त्रका खरोविरोधी बने । यसैकारण २०१७ सालमा राजा महेन्द्रले संसद् विघटन गरेको बखत पुष्पलाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी काङ्ग्रेसको पृष्ठपोषक बन्न पुग्यो । पुष्पलाल नेपाली काङ्ग्रेसको पृष्ठपोषक बन्नुको परिणाम २०४६ साल, २०६२÷६३ पछि अहिलेसम्म कम्युनिस्ट भनाउँदा शासक पार्टीहरू बारम्बार नेपाली काङ्ग्रेससँग मिलेर सरकारमा जाने र भ्रष्टाचारमा लिप्त हुने खेल जारी छ । अहिले त संसद्को सबैभन्दा ठुलो पार्टी नेकाको समर्थनमा प्रधानमन्त्री बनेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एउटा सिक्काको ‘खुकुरी र त्रिशुल’ जस्तै बनाए । ‘एमाले भाइकाङ्ग्रेस हो’ भन्ने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष अध्यक्ष रोहितको भनाइ सत्य साबित भएको छ ।
शासक दलका नेताहरूको अदूरदर्शिताको कारण नेपालको प्रजातान्त्रिक आन्दोलन दिग्भ्रमित बन्यो । तर, समाज विकासको क्रममा निरन्तर अगाडि बढिरहन्छ । नेपालको कम्युनिस्ट आन्दोलनको सही ‘मियो’ नेपाल मजदुर किसान पार्टी समाजवादी गणतन्त्र हुँदै साम्यवादमा पुग्ने लक्ष्य बोकेर निरन्तर अगाडि लम्किरहेको छ । नेपाली जनतामा राजनैतिक चेतनाको स्तर उकास्न समाजवादी प्रचार अभियानलाई तीव्र पार्दै छ ।
२०१९ सालमा नेपाल कम्युनिस्ट पार्टीले चुनाव बहिष्कार ग¥यो । तर, पार्टीभित्रै अध्यक्ष रोहितले स्थानीय चुनावलाई उपयोग गर्न सङ्घर्ष गर्नुभयो । यसैकारण, नेपाल मजदुर किसान पार्टीले ‘प्रतिगामीभन्दा पनि प्रतिगामी सङ्घ संस्थाभित्र गएर देश र जनताको सेवा गर्ने’ लेनिनवादी नीतिअनुसार हालसम्म निर्वाचनलाई जनताको पक्षमा उपयोग गर्दै आएको छ । समाजवादी क्रान्तिकोे परिस्थिति तयार नहुन्जेलसम्म जनताको अधिकार सुरक्षित गर्न यो नीति लागु हुनु सान्दर्भिक छ ।
नेपाल कम्युनिस्ट पार्टीले २०२१ सालको भूमिसुधार बहिष्कार ग¥यो । तर, नेपाल मजदुर किसान पार्टीका अग्रजहरू जिल्ला र गाउँगाउँमा गएर जोताहा किसानलाई मोहीयानी हक दिलाउने काममा लाग्नुभयो । नेपाल मजदुर किसान पार्टीले सिद्धान्तमा कहिल्यै सम्झौता गरेन । नेमकिपा आफ्नो स्थापना कालदेखि अनवरतरूपमा देश र जनताको सेवामा लागिरह्यो ।
सुस्ता बचाउ आन्दोलन, भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलन, साँढे धपाउने आन्दोलन, सहकारीका भ्रष्ट सञ्चालकहरूलाई उल्टो टोपी लगाएर सहर परिक्रमा गराउने आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन, चितवनको जुगेडी सङ्घर्ष, देश र जनताका पक्षमा गरिएका सङ्घर्षका सिलसिला हुन् । नयाँ पुस्ताले नेपाल मजदुर किसान पार्टीको सङ्घर्षको इतिहासलाई गम्भीर र व्यवस्थितरूपमा अध्ययन गर्नु जरुरी छ ।
२०८१/१२/१४
Leave a Reply