भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
ललितपुर, वैशाख । नेमकिपा महालक्ष्मी नगर समितिको आयोजनामा शनिबार साम्राज्यवादविरोधी युद्धका नायक किम इल सङको ११४ औँ जन्म दिवसको अवसरमा एक प्रवचन कार्यक्रम सिद्धिपुरमा भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले किम इल सङले कोरिया मुक्तिको लागि साम्राज्यवादविरोधी सङ्घर्षको नेतृत्व कुशलतापूर्वक गर्नुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “किम इल सङले कोरियाली जनताको मुक्तिको निम्ति कोरियाली जनताकै सङ्घर्ष र एकताबाट मात्र सम्भव हुन्छ भनी जनतालाई सचेत गर्ने कार्य गर्नुभयो । जापानी साम्राज्यवादको विरुद्ध र सन् १९५० देखि १९५३ सम्म अमेरिकी साम्राज्यवादको विरुद्ध युद्ध गरी सफलता प्राप्त गरेको हो । किमकै नेतृत्वमा आजको प्रजग कोरियाको पूर्वाधार बनेको र समाजवादी विचारधारा आत्मनिर्भरताको सिद्धान्त जुच्छे विचारधारा प्रतिपादन गरेको हो ।”
उहाँले किम इल सङको पुस्ता कोरियाली सामन्तवादी समाजविरुद्धको सङ्घर्षदेखि वर्तमान अमेरिकी साम्राज्यवाद विरुद्धको सङ्घर्षमा निरन्तरता रहेको छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा ललितपुरका सचिव महन्त महर्जनले कोरियाली जनताको एकतालाई अमेरिकी साम्राज्यवादको हस्तक्षेप र आक्रमणले उत्तर र दक्षिणमा विभाजित गरेको स्पष्ट पार्नुभयो । उहाँले संरा अमेरिकाले विश्व व्यवस्थामा हस्तक्षेप गरी फुट गर्ने र राज गर्ने नीति लिई संसारका कामदार जनतालाई दुःख दिइरहेको छ भन्नुभयो ।
उक्त कार्यक्रममा इन्द्रराज महर्जन, आशाराम महर्जन, चन्द्रमान महर्जन, रुपना महर्जन, प्रज्ञा महर्जन, अनिष महर्जन र सुबा महर्जनले प्रजग कोरियाको स्वतन्त्रताको लागि किम इल सङले सुरुआत गर्नुभएको कोरियाली कम्युनिस्ट पार्टी वा मजदुर पार्टीको नेतृत्वमा अहिलेसम्म अमेरिकी साम्राज्यवादलाई स्वतन्त्र भएर चुनौती दिन सकेको प्रकाश पार्नुभयो ।
Leave a Reply