सिन्ह्वाको टिप्पणी : अमेरिकी सार्वजनिक ऋण नियन्त्रण बाहिर
- भाद्र ११, २०८३
काभ्रे, १० वैशाख । विश्व सर्वहारावर्गका महान् नेता भ्लादिमिर इलिच उल्यानोभ लेनिनको १५५ औँ जन्म दिवसको अवसरमा काभ्रे जिल्लास्थित मन्दनदेउपुर २ मा नेमकिपाका कार्यकर्ताहरूमाझ एक अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त कार्यंक्रममा नेमकिपा काभ्रेका एस. बी. घिसिङले सर्वहारावर्गका महान् गुरु लेनिनले सन् १९१७ को अक्टोबरमा सोभियत रुसमा समाजवादी क्रान्तिको नेतृत्व गरेको बताउनुभयो ।
“लेनिनले माक्र्सवाद व्यवहारिक सिद्धान्त हो भनी प्रमाणित गरेको, मजदुर, सिपाही र किसानको नेतृत्वमा सरकार सञ्चालन गरेको, पुँजीपतिवर्गको स्वर्ग छिनेर कामदारवर्गको राज्य सत्ता सोभियत हुकुम कायम गर्नुभएको थियो”, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “सर्वहारावर्गको सरकारले वायु सेवा, रेल सेवा, टेलेफोन सेवा, यातायात सेवालगायत सम्पूर्ण उद्योग र संस्थाहरू सामाजिकीकरण गरेर जनतालाई कम शुल्कमा सबै सेवा पु¥यायो । शिक्षा र स्वास्थ्य पूर्णरूपमा निःशुल्क र अनिवार्य ग¥यो । व्यक्तित्व विकासमा समान अवसर प्रदान गरी रोजगारको सुनिश्चित गरेको थियो । विश्वमा कम्युनिस्ट विचारधारा फैलाउने कार्य लेनिनकै नेतृत्वमा भयो ।”
नेमकिपा काभ्रे जिल्लाका पी. बी. तामाङले समाजवादी देश सोभियत सङ्घले पुँजीवादी देशले २ सय वर्षमा गर्न नसकेकोे विकास कार्य ३०–४० वर्षको अवधिमा गरेको उल्लेख गर्दै समाजवादी क्रान्तिले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका धेरै देशहरूले राष्ट्रिय स्वतन्त्रता प्राप्त गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “लेनिनले पुँजीवादी व्यवस्थाको विकल्प समाजवादी व्यवस्था हो भनी क्रान्ति गरी प्रमाणित गर्नुभयो । सोभियत रुसको समाजवादी क्रान्तिले एक पिछडिएको देश रुसलाई एक औद्योगिक देशको रूपमा परिणत गरेको थियो । मानव समाजको विकासमा एक नयाँ अध्याय थपेर शोषणरहित समाज स्थापना गर्न लेनिन सफल हुनुभयो ।”
कार्यक्रममा नेमकिपाका कार्यकर्ताहरू सीवी तामाङ, आरएस तामाङ, केएम वाइवा, तुल्सी तामाङ, सुबा थिङलगायतले विश्व कामदारवर्गको कल्याणको लागि लेनिनले खेलेको भूमिकाबारे प्रकाश पार्नुभयो ।
Leave a Reply