जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
ललितपुर, १० वैशाख । विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको १५५ औँ जन्म दिवसको अवसरमा बुधबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा ललितपुरका सचिव महन्त महर्जनले लेनिनको कुशल नेतृत्वकै कारण सन् १९१७ मा सोभियत रूसमा अक्टोबर समाजवादी क्रान्ति सफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अक्टोबर समाजवादी क्रान्तिको सफलतासँगै विश्वमा साम्राज्यवाद र उपविनेशवादविरूद्ध समाजवादी क्रान्तिको लहर नै फैलिएको थियो ।”
माक्र्सवाद–लेनिनवादको सफल प्रयोग लेनिनको नेतृत्वमा भएको समाजवादी क्रान्तिले गरेको चर्चा गर्दै पुँजीवादले २००–३०० वर्षमा गरेको प्रगति सोभियत रूसले ३०–४० वर्षमा गर्न सफल भएको सचिव महर्जनले बताउनुभयो ।
लेनिन र स्तालिनको कुशल नेतृत्वकै कारण युरोपको पिछडिएको सोभियत सङ्घ विश्वको महाशक्ति बन्न सफल भयो, उहाँले भन्नुभयो ।
नेमकिपा ललितपुरका एन. महर्जनले लेनिनको कुशल नेतृत्वको कारण तेस्रो विश्वका देशहरूले साम्राज्यवाद र उपनिवेशवादविरुद्ध क्रान्तिको लहर ल्याउन सफल भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ महालक्ष्मी नगरपालिकाका अध्यक्ष सुजिता महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा चन्द्रमान महर्जन, इन्द्रराज महर्जन, प्रज्ञा महर्जन, अनिश महर्जन, सुबा महर्जन, आशाराम महर्जन, रूपना महर्जन, विकी महर्जनलगायतले लेनिनको व्यक्तित्व र कृतिबारे बोल्नुभएको थियो ।
Leave a Reply