विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
हामी २५६९ औँ बुद्ध जयन्ती श्रद्धा र चिन्तनका साथ मनाउँदै छौँ । सिद्धार्थ गौतमले बोधिवृक्षमुनि बुद्धत्व प्राप्त गरेको साढे दुई हजार वर्षभन्दा बढी समयपछि पनि उनको सन्देश सान्दर्भिक छ । तर, विडम्बना ! समाजमा हिंसा, घृणा र लोभ बढ्दै गएको छ । यदि बुद्धका शिक्षा यति शक्तिशाली र विश्वव्यापीरूपमा लागू हुन्छ भने किन संसार अझै पनि यति विभाजित र अशान्त देखिन्छ ?
बुद्धको शिक्षा अत्यन्तै सान्दर्भिक भए तापनि, ती धेरैजसो मानिसहरूले सजिलै बुझ्न सक्दैनन् कि ? बुद्ध ज्ञान रकेट विज्ञान जत्तिकै जटिल छ कि ? धेरै मानिसहरू सोच्छन्, बुद्धको ज्ञान भिक्षु, विद्वान् वा असाधारण व्यक्तिहरूको लागि मात्र उपयुक्त छ । जसरी कक्षामा थोरै विद्यार्थीहरूले मात्र जटिल गणितलाई सही तरिकाले बुझ्न सक्छन्, त्यसरी नै थोरै विद्यार्थीहरूले मात्र बुद्धको ज्ञानलाई सही तरिकाले बुझ्न र आत्मसात गर्न सक्षम हुन्छन् ! यहाँ एउटा चिन्ताजनक प्रश्न तेर्सिन्छ । यदि धेरैजसो मानिसहरूले बुद्धका शिक्षाहरू बुझ्न सक्दैनन् भने के समाज कहिल्यै उनले कल्पना गरेको जस्तो हुनेछैन त ?
क्रोध, लोभ र अहम् त्याग्नुपर्छ भन्ने बुद्धका शिक्षा हामीमध्ये धेरैलाई थाहा छ । तर, जब कसैले हामीलाई बेवास्ता गर्छ, हामी भावनात्मकरूपमा उत्तेजित हुन्छौँ । आफ्ना समकालीन साथीको प्रगतिप्रति इश्र्या जाग्छ । फेरि सोच्दछौँ : “यदि हामीलाई बुद्धको मार्ग थाहा छ भने किन रिसाउँछौँ, किन इष्र्यालु हुन्छौँ ? किन बेइमान गर्ने अवसर आउँदा रोक्न नसकी लोभमा फस्छौँ” आदि । बुद्ध शिक्षा आफैँमा जटिलताले बेरिएको हुँदा बुद्ध शिक्षालाई दैनिक जीवनमा लागु गर्न गा¥हो हुन्छ ? सबैभन्दा दुःखद कुरा बौद्ध दर्शनमा औपचारिकरूपमा प्रशिक्षित भिक्षु र आध्यात्मिक नेताहरू पनि गम्भीर दुराचारमा संलग्न भएको घटना धेरै छन् । बौद्ध संस्थाहरूमा अध्ययन गर्ने व्यक्तिहरूसमेत यस्ता त्रुटिहरूमा पर्ने घटनाले देखाउँछ, ज्ञानले मात्र रूपान्तरणको ग्यारेन्टी गर्दैन ।
यसले एउटा व्यावहारिक प्रश्न उठाउँछ : के बुद्धका शिक्षालाई सरलीकृत गर्नुपर्छ ? तिनको अर्थ परिवर्तन गर्ने अर्थमा नभई हामीले तिनीहरूलाई प्रस्तुत गर्ने र बुझ्ने तरिकामा । सायद हामीले बुद्ध शिक्षालाई यसरी सरलिकृत गर्न आवश्यक छ ताकि तिनलाई किसान, मजदुर, विद्यार्थी र कार्यालयका कर्मचारीजस्ता आम मानिसहरूसँग जोडिन सकून् ।
बुद्धको सन्देशको सारलाई हेरौँ । यो हामीले सोचेजस्तो जटिल छैन । यसले भन्छ : दुःखको अस्तित्व छ; यसको कारण आसक्ति, तृष्णा, अज्ञानता हुन् । यसलाई अन्त्य गर्ने तरिका छ । यो कुनै अमूर्त दर्शन होइन – यसलाई पछ्याउनको लागि सरल मार्ग छ । समस्या भनेको हामी प्रायः यसलाई वास्तविक व्यवहारमा लागु नगरी अवधारणाहरू कण्ठ गर्ने कोसिस गर्छौँ । हामी बुद्धलाई जीवन मार्गदर्शकभन्दा पनि अध्ययनको विषय बनाउँछौँ ।
बुद्धका शिक्षालाई सरल बनाउन, हामीले तिनलाई सम्झनुको सट्टा कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्छ । ‘रिसाउनु हुँदैन’ भनेर जान्नु मात्र पर्याप्त छैन । बरु, हामीले आफैलाई सोध्नुपर्छ : रिस उठ्दा म कस्तो व्यवहार गर्छु ? के म प्रतिक्रिया नगरी सास फेर्न र अनुभूति अवलोकन गर्न सक्छु ? के म आज एकपटक अभ्यास गर्न सक्छु ? उदाहरणका लागि, कुनै बेला कसैले अप्रिय कुरा भन्यो भने, प्रतिक्रिया दिनुअघि १० सेकेन्ड पर्खनु । जागरूकताको त्यो क्षण भनेको व्यवहारमा रहेको धम्म हो ।
दुःखको कारण पूर्व जन्मको फल वा दैवी दण्ड नभई हाम्रो आसक्ति, अहङ्कार र अज्ञानता हो । अरूलाई मद्दत गर्नाले अहङ्कार कम हुन्छ र खुसी बढ्छ । यो आध्यात्मिक सल्लाहमात्र नभई मनोवैज्ञानिक र सामाजिकरूपमा पनि सही ठहरिएको विज्ञानले पुष्टि गरेको छ ।
हामीले परिवर्तनलाई सानोबाट सुरु गर्नुपर्छ र हरेक दिन नैतिक बानीहरू निर्माण गर्नुपर्छ । दैनिक व्यायामले शारीरिक स्वास्थ्यमा सुधार ल्याएजस्तै सानो तर निरन्तर अभ्यासले मानसिक स्पष्टतामा सुधार ल्याउँछ । इष्र्या वा अहङ्कारलाई रातारात हटाउन सकिँदैन तर बिस्तारै र स्थिररूपमा तिनीहरूको प्रभाव कम गर्न सकिन्छ ।
अर्को महत्वपूर्ण कुरा भनेको आत्म–निर्णत्न्दा आत्म–जागरूकता हो । धेरै मानिसहरू तुरुन्तै शान्त वा दयालु हुन नसकेपछि यो सम्भव छैन भन्ठान्छन् । तर, बुद्धले कहिल्यै पूर्णताको माग गर्नुभएन – उहाँले सजगतालाई प्रोत्साहन गर्नुभयो । यदि तपाईँ ईष्र्यालु महसुस गर्नुहुन्छ र यसलाई अस्वीकार गर्नुको सट्टा स्वीकार गर्नुहुन्छ भने, त्यो प्रगति हो । प्रगति भनेको हरेक पटक लड्दा कोसिस गरी उठ्नु हो, कहिल्यै नलड्नु होइन ।
सबैजना पालि ग्रन्थहरूको विद्वान् बन्न सक्दैनन् तर सबैले धैर्य, दया र सजगताको अभ्यास गर्न सक्छन् । बुद्धलाई सरलीकृत गर्नुको अर्थ उहाँको विचारलाई घटाउनु नभई यसलाई आफू भित्र जीवन्त बनाउनु हो । लक्ष्य बुद्धलाई आँखा चिम्लेर पालना गर्नु होइन, तर उहाँजस्तै अभ्यासकर्ता बन्नु हो । बुद्धको ज्ञानलाई सरल बनाउन, हामीले यसलाई हाम्रो कार्यस्थलमा ल्याउनुपर्छ । त्यसैले, यस २५६९ औँ बुद्ध जयन्तीमा हामी बुद्धलाई फूल र अनुष्ठानले मात्र सम्झने छैनौँ । हामी बुद्ध शिक्षालाई बुझौँ र प्रश्न पनि गरौँ ।
आज बुद्ध जयन्तीको समयमा हामी जुलुस गर्छौँ, नारा लगाउँछौँ र कार्यक्रम आयोजना गर्छौँ । तर, वास्तविक उत्सव बुद्धको सन्देशलाई जीवित गर्नु हो । वास्तविक परीक्षा हामीले कति श्लोक जप गर्छौँ भन्ने होइन तर कसैले हाम्रो अनादर गर्दा हामीले कस्तो प्रतिक्रिया देखाउँछौँ भन्ने हो । हाम्रो अहङ्कारलाई चोट लाग्दा के हामी शान्त रहन सक्छौँ ? के हामी सफल व्यक्तिप्रति इष्र्यालु नभई उनलाई शुभकामना दिन सक्छौँ ? यी उपायहरूलाई मापदण्ड बनाउँदा हामीले बुद्धका शिक्षालाई कति राम्रोसँग आत्मसात् गरेका छौँ भनेर मापन गर्न सक्र्छौँ । यसरी हामी पूजा गरेर होइन, रूपान्तरित भएर वुद्धलाई सम्मान गरौँ । बुद्ध जयन्तीको शुभकामना !
Leave a Reply