कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
भक्तपुर, ३ जेठ । भक्तपुर नपा वडा नं. २ को आयोजनामा शनिबार पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर भयो ।
शिविरमा भनपाका उपप्रमुख रजनी जोशीले शिक्षा सँगसँगै स्वस्थ जीवन जीउन समयअनुसार स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले समाज विकसित हुन महिला र पुरुष दुवै स्वस्थ हुनुपर्ने बताउँदै आजभोलि सर्नेभन्दा नसर्ने रोगहरू बढी देखिरहेकोले स्वास्थ्यसम्बन्धी सचेतना अपनाउनुपर्ने बताउनुभयो ।
सरकारले जनतालाई जन्मदेखि मृत्युसम्मका सबै सेवाहरू पु¥याउनुपर्ने तर पुँजीवादी सरकारले जनताका आधारभूत सेवा पनि दिन नसकेको दुरावस्थाबारे चर्चा गर्दै उहाँले भनपाले समाजवादउन्मुख कार्य गरिरहेको बताउनुभयो ।
उहाँले महिलाहरू आर्थिकरूपमा सक्षम हुन एक न एक सीप हुनुपर्ने कुरामा जोड दिँदै भनपाले सीपमूलक तालिमहरू दिइरहेको बताउनुभयो । भनपाले अध्ययन–अनुसन्धानमूलक कार्यमा पनि जोड दिइरहेको उहाँले बताउनुभयो ।
वडाध्यक्ष हरिप्रसाद बासुकलाको सभापतित्वमा सञ्चालित उक्त शिविरमा उहाँले वडामा गरिरहेको विकास निर्माण कार्यको जानकारी दिँदै सहकारी क्षेत्रमा देखिएको समस्या न्युनीकरण गर्न स्थानीयवासीहरू सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले जनताको सल्लाह सुझावअनुसार नै विकास निर्माणका योजनाहरू बनाउने कार्य भइरहेको बताउनुभयो ।
उक्त शिविरमा वडा सदस्यहरू श्यामसुन्दर मातां र मञ्जुमैँया लाखाजुले पनि बोल्नुभएको थियो । ख्वप अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित सो शिविरमा १४८ जनाले स्वास्थ्य परीक्षण गरेका थिए ।
Leave a Reply