भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
भक्तपुर, ३ जेठ । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को कृषि उपसमितिको आयोजनामा ब्यासी टोलमा धानको ब्याड राख्ने सम्बन्धमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले ख्वप साकोसको स्थापना आजभन्दा १७ वर्षअघि भएको जानकारी दिँदै संस्था समुदाय आधारित भएकोले विभिन्न प्रकारका गतिविधि समुदायका लागि गर्दै आइरहको छ भन्नुभयो । धानमा ब्याड राख्नेसम्वन्धी अभिमुखिकरण कार्यक्रमले कृषकहरू लाभान्वित हुने आशा प्रकट उहाँले गर्नुभयो ।
ख्वप साकोस कृषि उपसमिति संयोजक कृष्णप्रसाद आचार्यले संस्थाले नियमितरूपमा रासायनिक मल र नगरपालिकाबाट उत्पादित कम्पोस्ट मल वितरण गरिरहेका जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रशिक्षक ग्रेसा सुवालले बीउको महत्व र धानको ब्याड राख्ने सम्बन्धमा जानकारी दिँदै टाइचिङ धानको बीउबाट पोटा छुत्याउने वैज्ञानिक प्रविधि प्रस्तुत गरी कृषकहरूलाई जानकारी गराउनुभयो ।
कार्यक्रममा ४० जना कृषकहरूको सहभागिता रहेको थियो ।
Leave a Reply