जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
- श्रावण ३, २०८३
भक्तपुर, ५ जेठ । एक सय २१ वर्षको इतिहास बोकेको भक्तपुर अस्पतालले आइतबारबाट थप नयाँ परिचय पाएको छ । अस्पतालमा सिटी स्क्यान सेवा औपचारिकरूपमा सुरु भएपछि भक्तपुर अस्पतालको परिचयमा नयाँ आयाम थपिएको हो ।
सिटी स्क्यान सेवा सुरू भएको अवसरमा आयोजित एक विशेष समारोहमा वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले १२८ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनको उद्घाटन गर्दै ‘भक्तपुर अस्पताल देशकै पुरानो र सम्भावनायुक्त अस्पताल भएको बताउनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले भक्तपुरमा स्वास्थ्य क्षेत्रलाई माया गर्ने सबै राजनीतिक दलहरूले भक्तपुर स्वास्थ्य क्षेत्रको हव बनाउन लाग्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तथा अस्पताल सञ्चालक समितिका सदस्य रवीन्द्र ज्याख्वले जनताको सेवा गर्ने थलो राम्रो हुनुपर्ने चर्चा गर्दै भक्तपुर अस्पताललाई राम्रो बनाउन भक्तपुर नगरपालिका सकारात्मक रहेको बताउनुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टले सेवा सुरू भएपछि भक्तपुरका बिरामीहरूलाई सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “अब सिटी स्क्यानका लागि बिरामीले राजधानी धाउनुपर्ने छैन । यही अस्पतालमा सहज, सुलभ र गुणस्तरीय सेवा उपलब्ध हुनेछ ।”
कार्यक्रममा डीपी ढकालले पनि बोल्नुभएको थियो ।
Leave a Reply