यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौँ उपत्यका सांस्कृतिकरूपले देशकै महत्वपूर्ण क्षेत्र हो । काठमाडौँ, भक्तपुर र ललितपुर तीन जिल्लामा विश्व सम्पदा सूचीमा रहेका दरबार क्षेत्र, पुरातात्विक तथा ऐतिहासिक महत्वका सम्पदा र बस्तीहरू छन् । यस्ता सम्पदाहरूको संरक्षणमा सरकार आफै सचेत हुनुपर्ने होइन र ?
दैनिकजसो ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदामाथि भूकम्प आएको जस्तो घर, भवन थर्किने गरी हेलिकप्टर उडान भइरहेको छ । सरकारले यो संवेदनशील क्षेत्रमा ध्वनी कम्पन हुने गरी हेलिकप्टर उडान रोक्नु जरुरी छ ।
नेपाल नागरिक उडडयन विभागले मानव बस्ती नजिकै भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माण गरेकोमा स्थानीय जनता विरोध गर्दै छन् । सरकारले जनताको यो विरोध पनि सुनेको छैन, सुन्नु जरुरी छ ।
Leave a Reply