आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
भक्तपुर, १० जेठ । कटुञ्जे सामुदायिक सिकाइ केन्द्रको आयोजनामा शनिबार कानुनी साक्षरता कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले कानुन बनाउने सरकार र शासक दलहरूले नै कानुनको अवज्ञा गरिरहेकाले देशमा हत्या–हिंसा, बलात्कार, भ्रष्टाचारलगायत अपराध र बेथिति बढिरहेको बताउनुभयो । अहिलेको पुँजीवादी व्यवस्थामा ठुलालाई चैन र सानालाई ऐनको स्थिति अन्त्य गर्न बहुमत जनता राजनीतिकरूपमा सचेत र सङ्ठित हुनुको विकल्प नरहेको प्रस्ट पार्दै उहाँले सरकारमा बस्नेहरूले आफ्नो अनुकूल कानुन निर्माण र व्याख्या गरिरहेको बताउनुभयो ।
कानुनसम्बन्धी ज्ञानको अभावले सर्वसाधारण जनताले अनेक हन्डरठक्कर खेप्नुपरेको चर्चा गर्दै अतिथि थापामगरले शासक दलहरूले जानाजान जनतालाई अज्ञानतामै धकेल्ने दुष्ट मनसाय राखेको उल्लेख गर्नुभयो । उहाँले संविधानमै आधारभूत शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क र आधारभूत स्वास्थ्य उपचारको निःशुल्क बन्दोबस्त मौलिक हकमै राखेकोले राज्यले त्यो हक नदिए अदालतको ढोका घच्घच्याउन जान पाउने अधिकार सर्वसाधारण जनतालाई भएको चर्चा गर्नुभयो ।
उहाँले भुटानी शरणार्थी प्रकरण, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण आरोपमा अख्तियारले छानबिनको सूचीमा राखेको काङ्ग्रेस सांसद मञ्जु खाणलाई भैरहवा विमानस्थलमा भएको अनियमितता छानबिनको लागि गठन गरिएको संसदीय समितिको संयोजक पद दिनुले पनि सरकारहरू अपराधीहरूको गिरोहबाहेक केही नभएको बताउनुभयो । उहाँले भ्रष्ट मानसिकता भएका महिलाहरू जुनसुकै पदमा बसे पनि देश र जनताकै शोषण गर्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा कटुञ्जे सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष महेन्द्र बखुन्छेले कानुनी साक्षरताजस्ता तालिममा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्नसकेमात्र जनता ठगहरूबाट जोगिने बताउनुभयो । जनता सचेत पार्न स्थानीय सरकारहरूले निष्पक्ष तरिकाले विभिन्न तालिमको योजना गर्नुपर्नेमा बेवास्ता गरिरहेको बताउँदै उहाँले भ्रष्टहरू बढिरहेको समयमा थोरै भए पनि सर्वसाधारणलाई कानुनी ज्ञान दिने प्रयास गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा अधिवक्ता राज्यश्वरी प्रजापतिले चेक अनादर र बैङ्किङ कसुरसम्बन्धी चर्चा गर्नुभयो भने रामकृष्ण बखुन्छे र चनमति खुलीमुलीले पनि बोल्नुभएको थियो ।
Leave a Reply