नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
काठमाडौँ, १२ जेठ । बैङ्क वित्तीय तथा संस्थाको निष्कृय कर्जा अनुपात उल्लेख्य रूपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु आवमा निष्कृय कर्जा अनुपातमा वृद्धि देखिएको हो ।
“बैङ्क तथा वित्तीय संस्थाहरूको निष्वृmय कर्जा अनुपात २०८० चैतमा ३.९८ प्रतिशत रहेकोमा २०८१ चैतमा ५.२४ प्रतिशत पुगेको छ,” राष्ट्र बैङ्कले भनेको छ । निष्वृmय कर्जा अनुपात गत चैतमा वाणिज्य बैङ्कहरूको ५.०५, विकास बैङ्कको ५.५६ र वित्त कम्पनीको १३.०४ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यो अनुपात वाणिज्य बैङ्कको ३.८९, विकास बैङ्कको ३.६३ र वित्त कम्पनीको १०.४० प्रतिशत थियो ।
गत आवको तुलनामा चालु अवामा कर्जा प्रवाह बढेको छभने निक्षेप सङ्कलन घटेको छ । चालु आवको गत चैत मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ रु. तीन खर्ब ६१ अर्ब तीन करोड बराबर कर्जा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फ रु. दुई खर्ब २२ अर्ब २१ करोड कर्जा प्रवाह भएको थियो । त्यसैगरी, समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप रु. तीन खर्ब ६८ अर्ब ४७ करोडले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप रु. चार खर्ब नौ अर्ब ४ करोडले वृद्धि भएको थियो ।
बैङ्क तथा वित्तीय संस्थाको औसत आधार दर र निक्षेप तथा कर्जाको भारित औसत ब्याजदर घटेको छ । राष्ट्र बैङ्कका अनुसार २०८० चैतमा ८.५१ प्रतिशत रहेको वाणिज्य बैङ्कहरूको औसत आधार दर २०८१ चैतमा ६.२९ प्रतिशतमा झरेको छ । त्यसैगरी, २०८० चैतमा ६.५३ प्रतिशत रहेको वाणिज्य बैङ्कहरूको निक्षेपको भारित औसत ब्याजदर २०८१ चैतमा ४.४५ प्रतिशतमा झरेको छ । त्यसैगरी, २०८० चैतमा १०.५५ प्रतिशत रहेको वाणिज्य बैङ्कहरूको कर्जाको भारित औसत ब्याजदर २०८१ चैतमा घटेर ८.२२ प्रतिशत कायम भएको छ ।
बैङ्क तथा वित्तीय संस्थाहरूबिचको भारित औसत अन्तरबैङ्क दर पनि घटेको छ । राष्ट्र बैङ्कका अनुसार २०८१ चैतमा तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको चैतमा भारित औसत अन्तरबैङ्क दर ३.१० प्रतिशत थियो ।
डिजिटल माध्यमबाट हुने कारोबार विस्तारको क्रममा रहेको पनि राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कले भनेको छ, “मोबाइल बैङ्किङ, क्युआर, डिजिटल वालेटलगायतका शीघ्र भुक्तानीका उपकरणहरूको दायरा फराकिलो हुँदै गएको छ । समीक्षा अवधिमा ‘रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम’ (आरटीजीएस) मार्फत भएको कारोबार रकम बढेको छ ।”
अघिल्लो वर्षको चैत मसान्तसम्ममा आरटीजीएसमार्फत रु. दुई खर्ब ५० खर्ब २७ अर्ब ७५ करोड बराबरको पाँच लाख ८२ हजार वटा कारोबार भएको थियो । त्यसको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा यस्तो कारोबार ११३.०९ प्रतिशतले वृद्धि भई रु. पाँच खर्ब ३३ खर्ब ३२ अर्ब २८ करोड बराबरको छ लाख आठ हजार वटा कारोबार भएका छन् । रासस
Leave a Reply