भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने
- बैशाख ३, २०८३
भक्तपुर, १४ जेठ । जनसेवा आधारभूत विद्यालयले बुधबार नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना ग¥यो ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजाराम सुवालले शिक्षा क्षेत्रको जग आधारभूत तह हो† विद्यालयको शैक्षिक स्तर बढाउन स्थानीय शिक्षाविद्, बुद्धिजीवी, शिक्षक, अभिभावक आदिको सहयोग आवश्यक हुन्छ भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका वडा सदस्य राजेन्द्र माकले विद्यालयको जस्तो कठिन अवस्थामा पनि अगाडि बढेर प्रगति गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर नगरपालिकाका सदस्य एवं व्यवस्थापन समितिका सदस्य कृष्णसुन्दर प्रजापतिले आर्थिक तथा भौतिक सहयोगको लागि नपासँग समन्वय गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
समितिका अध्यक्ष सुवालले वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक कृष्णप्यारी दुवालको सभापतित्वमा भएको सो कार्यक्रममा दामोदर चालिसे र कल्पना बोगटी (कार्की)ले पनि बोल्नुभएको थियो ।
Leave a Reply