प्रजग कोरिया शिक्षाकै माध्यमबाट आणविक ऊर्जा उत्पादन गर्न सफल
- आश्विन २९, २०८३
भक्तपुर, ३० असोज । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका एकाइ समिति भक्तपुरको आयोजनामा विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नगरपालिकाले आफ्नो अस्तित्व र पहिचान कायम राख्न जनताको हितमा निःस्वार्थ रूपमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुरलाई आदर्श समाज निर्माण गर्ने लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सफाइकर्मीहरूलाई सङ्गठित गर्न सके उनीहरूको कार्यक्षमता र काम गर्ने पद्धतिलाई अझ व्यवस्थित बनाउन सकिने उल्लेख गर्दै सरकारका ऐन–कानुनको परिधिभित्र रहेर जनताको सेवामा समर्पित हुनुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुरका किसान तथा श्रमजीवी जनताको श्रमदान र चन्दा सहयोगबाट नगर निर्माण भएको स्मरण गर्दै नगरपालिकाले आफ्ना कामकारबाही पारदर्शी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भक्तपुरलाई भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्दै आत्मनिर्भर बनाउने दिशामा अघि बढाउनुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले अवलम्बन गरेको विकासको नमुना अन्य क्षेत्रका लागि चासो र अध्ययनको विषय बनेको उल्लेख गर्नुभयो ।
कर्मचारी हुनु भनेको भ्रष्टाचार गर्नु नभई इमानदारीपूर्वक जनताको सेवा गर्नु हो भन्दै उहाँले भक्तपुरले आदर्श समाज निर्माणको परिकल्पना गरेको उल्लेख गर्दै कर्मचारीहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेर व्यवहारमै त्यसलाई प्रमाणित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भाषा, साहित्य, संस्कृति र जनताको हितलाई संरक्षण गर्दै आदर्श समाज निर्माणको लक्ष्य राखेको स्पष्ट पार्दै कर्मचारीहरू आफ्नो कामप्रति जिम्मेवार, पारदर्शी र इमानदार हुनुपर्ने र जनताको विश्वास जित्ने गरी काम गर्न आग्रह गर्नुभयो ।
उहाँले नगरपालिकाहरूबिच राम्रा काम गर्ने विषयमा स्वस्थ प्रतिस्पर्धा हुनु सकारात्मक भएको बताउँदै एकअर्काका राम्रा कामबाट सिक्दै जनताको हितमा प्रभावकारी सेवा प्रवाह गर्न सके स्थानीय तहको विकास र संस्थागत क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिदा र चाडपर्वका समयमा फोहोरमैला बढी उत्पादन हुने भएकोले सरसफाइकर्मीहरूले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले खानपानमा ध्यान दिन, अनैतिक गतिविधिमा संलग्न नहुन तथा लामो बिदाको समयलाई सदुपयोग गर्दै नयाँ–नयाँ पुस्तक पढ्ने र ज्ञानवद्र्धक
लेखनमा समय बिताउन कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।
राष्ट्रसेवक कर्मचारीहरू देश र जनताको सेवाका लागि आवश्यक परेको जुनसुकै जिम्मेवारी निर्वाह गर्न तयार रहनुपर्ने उल्लेख गर्दै उहाँले नगरपालिकाको विकास र सेवा प्रवाहमा कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
उहाँले देको मिवा इतापाके आयोजनाअन्तर्गत गुठी जग्गासम्बन्धी विषयमा स्पष्ट पार्दै सरकारको तर्फबाट भर्खरै जारी गरिएको भूमिसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश २०८३ जारी भएपछि गुठी अधिनस्थ जग्गासम्बन्धी समस्या समाधान हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न शाखाहरूबिच सुमधुर सम्बन्ध र समन्वय हुनुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकालाई उदाहरणीय नगरपालिका बनाउन जनप्रतिनिधि र कर्मचारीसँगै नगरवासीलाई समेत एकताबद्ध बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले चाडपर्वको समयमा नगर र नगरवासीको हितलाई ध्यानमा राखेर कर्मचारीहरूले काम गर्नुपर्ने बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका एकाइ समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले जनप्रतिनिधि र कर्मचारीबिच सहकार्य भएको नगरपालिका भक्तपुर नगरपालिका भएको बताउँदै स्थानीय तह पनि स्थानीय सरकार भएकोले कर्मचारीहरूको हकहित सुनिश्चित गर्ने गरी आवश्यक नियम तथा कानुन निर्माण गरी उनीहरूलाई उत्साहित बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा एशोसिएसनका सदस्य विद्यालक्ष्मी प्रजापतिले स्वागत मन्तव्य राख्नुभएको थियो भने समितिका सहसचिव विकास प्रजापतिले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply