भर्खरै :

विदेशीको लहैलहैमा नेपाललाई बिदैबिदाको देश बनाउन खोजेको !

विदेशीको लहैलहैमा नेपाललाई बिदैबिदाको देश बनाउन खोजेको !

भक्तपुर, ३० असोज । नेपाल मजदुर किसान पार्टी सानो ब्यासी एकाइ समितिको आयोजनामा बिहीबार कार्यकर्ताहरूको उपस्थितिमा विजया दशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले सांसद र मन्त्रीहरू कुनै न कुनै काण्डमा फसेका समाचारहरूले नेपालीहरू व्यक्तिगत स्वार्थका लागि देश नै बेच्न तयार रहेको साबित गर्न खोजिरहेको बताउनुभयो ।
राजनीति जनताको निःस्वार्थ सेवाभन्दा मोलमोलाइमा भइरहेको हुँदा उहाँले चिन्ता व्यक्त गर्नुभयो । विदेशीहरूले खराब र कमजोर व्यक्तिलाई प्रचारमा ल्याई माथि ल्याउने गरेको र देश खान आएका भारतीय विस्तारवाद र अमेरिकी साम्राज्ययवादले शेरबहादुर देउवालाई सत्तामा ल्याई उनीहरूले नै सखाप पारेको समाचार सबैले बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
चुनावमा जितेर जाँदैमा, पदमा पुग्दैमा बुद्धि नआउने उल्लेख गर्दै उहाँले विदेशीको इसारामा चल्ने सरकार धेरै दिन नटिक्ने उहाँले बताउनुभयो । देशमा अनियन्त्रित रूपमा महँगी बढिरहेको उहाँले बताउनुभयो ।
नेमकिपाले समाजको परिवर्तनको लागि खेलेको योगदान खेर नगएकोे र गीत, साहित्य र नाटकमार्फत जनतालाई सुसूचित गर्नुपर्ने आजको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
नेमकिपा नगर समितिका नारायणप्रसाद त्वायनाबासुले युवा विद्यार्थीहरूलाई सच्चा मार्गमा डोहो¥याउनुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभयो ।
नेमकिपा वडा नं. २ का अध्यक्ष रत्नकाजी नायोभारी, नेक्रामसङ्घका बद्रीलक्ष्मी कोजु तथा समितिका जीपी लासिवाले पनि बोल्नुभएको उक्त कार्यक्रममा आयोजक समितिका पवनकृष्ण सुवालले ‘श्रमिक’ साप्ताहिकमा रामरतन चौधरीद्वारा लिखित सन्दर्भः माडागास्करको जेनजी आन्दोलन साम्राज्यवादीहरूको ‘छद्म युद्ध’ अध्ययन ४२ मा आधारित लेखको स्लाइडमार्फत प्रस्तुतीकरण दिनुभएको थियो ।
कार्यक्रम नेमकिपा सानो ब्यासी वडा एकाइ समितिका अध्यक्ष सरोज दथेपुथेको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *