नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
गाजामा जीवनका आधारहरू– परिवार, स्वास्थ्य र समुदाय – सबै छियाछिया भइसकेका छन् !
मेरो नाम डा. फिरोज सिध्वा हो । म अमेरिकाको क्यालिफोर्नियाको स्टकटनमा आधारित एक ट्रमा र क्रिटिकल केयर सर्जन हुँ । म आज यहाँ तपाईँहरूसामु गाजापट्टीको विषयमा बोल्न आएको छु । त्यहाँ मैले अक्टोबर ७ पछि दुईपटक स्वयंसेवकको रूपमा कार्य गरिसकेको छु – पहिलोपटक सन् २०२४ को मार्च २५ देखि अप्रिल ८ सम्म युरोपियन अस्पतालमा र पछिल्लोपटक सन् २०२५ को मार्च ६ देखि अप्रिल १ सम्म नासेर मेडिकल कम्प्लेक्समा । दुवै अस्पताल खन युनुस सहरमा अवस्थित छन् ।
म यहाँ नीतिनिर्माता वा राजनीतिज्ञको हैसियतमा आएको होइन । म एक चिकित्सकको रूपमा उपस्थित भएको हुँ, जसले स्वास्थ्य सेवा प्रणालीको योजनाबद्ध ध्वस्तीकरण, आफ्नै सहकर्मीहरूलाई लक्षित बनाउने कार्य र एउटा जनसमुदायलाई नै मेटाउने प्रयासलाई प्रत्यक्ष देखेको छु ।
मैले गाजामा बिताएको पाँच हप्तामा कुनै पनि लडाकुको उपचार देखिनँ वा गरिनँ । मेरा बिरामीहरू शरीरमा छर्राहरू गाडिएका, दिमागमा गोली लागेको छ वर्षका बालबालिका थिए† गर्भावस्थामै दुई टुक्रा परेका शिशु र आमाको पेल्भिस चकनाचुर पारिएको गर्भवती महिलाहरू थिए ।
विश्व स्वास्थ्य सङ्गठनको संविधानले भनिरहेको छ कि सम्पूर्ण जनताको स्वास्थ्य शान्ति र सुरक्षाको प्राप्तिका लागि मौलिक आधार हो । यो व्यक्ति र राष्ट्रहरूको पूर्ण सहकार्यमा निर्भर रहन्छ । मैले यो कुरा मनदेखि ग्रहण गरेको छु र यही कारणले म हाइटीदेखि युक्रेन र गाजासम्मका द्वन्द्वग्रस्त क्षेत्रहरूमा स्वयंसेवकको रूपमा सेवा गरेको छु । गाजामा मैले त्यस्ता अस्पतालहरूमा शल्यक्रिया गरेँ, जहाँ न त स्वच्छता थियो, न विद्युत्, न त एनस्थेसिया नै । शल्यक्रियाहरू भीडभाडयुक्त र फोहोर भुइँमा गरिन्थ्यो । बच्चाहरूको मृत्यु उनीहरूको चोट घातक भएको कारणले भएको थिएन, बरु उनीहरूको मृत्युको कारण– हामीसँग रगत, एन्टिबायोटिक्स र अन्य कुनै पनि ठुलो अस्पतालमा सहजै उपलब्ध हुने आधारभूत सामग्रीहरू नै थिएनन् ।
मैले गाजामा बिताएको पाँच हप्तामा कुनै पनि लडाकुको उपचार देखिनँ वा गरिनँ । मेरा बिरामीहरू शरीरमा छर्राहरू गाडिएका, दिमागमा गोली लागेका छ वर्षका बालबालिका थिए† गर्भावस्थामै दुई टुक्रा परेका शिशु र आमाको पेल्भिस चकनाचुर पारिएको गर्भवती महिलाहरू थिए । त्यो सामूहिक विपत्को बेलामा पनि त्यहाँका आमाहरूले आपत्कालीन विभागमै तातो प्लेटमा रोटी पकाउँदै आफू र आफ्ना बच्चाहरूलाई बचाइरहेकी हुन्थिन् । हामी वरिपरि झरिरहेको आगो र मृत्युसँग जुधिरहेका हुन्थ्यौँ ।
अध्यक्षज्यू, गाजामा जीवनका आधारहरू– परिवार, स्वास्थ्य र समुदाय–सबै छियाछिया भइसकेका छन् । यहाँको स्वास्थ्य सेवा प्रणाली असफलमात्र भएको होइन । बरु, यो स्वास्थ्य सेवा प्रणालीलाई योजनाबद्धरूपमा एक लामो सैन्य अभियानमार्फत ध्वस्त पारिएको छ, जसले अन्तर्राष्ट्रिय मानवीय कानुनलाई जानाजान उल्लङ्घन गरेको छ । सर्वसाधारणहरू निरन्तर भइरहेका हवाई आक्रमणहरूबाट मात्र होइन, तीव्र कुपोषण, सेप्सिस, खुला आकाशमा बस्नुपरेको पीडा र निराशाबाट पनि मरिरहेका छन् । मैले गाजामा गरेका दुई यात्राबिचको समयमा बिरामीहरूको स्वास्थ्यमा तीव्र गिरावट देखेँ । त्यसो हुनुको कारण चोटपटक मात्र थिएन, तर भोक र कुपोषणको चर्किँदो अवस्था थियो, जसले उनीहरूको शरीरलाई अझ कमजोर बनायो, घाउहरू ढिलो निको भए र उनीहरूको बाँच्ने सम्भावना निकै न्यून रह्यो ।
गाजामा जीवनका आधारहरू– परिवार, स्वास्थ्य र समुदाय–सबै छियाछिया भइसकेका छन् । यहाँको स्वास्थ्य सेवा प्रणाली असफल भएको होइन । यो स्वास्थ्य सेवा प्रणालीलाई योजनाबद्धरूपमा एक लामो सैन्य अभियानमार्फत ध्वस्त पारिएको छ, जसले अन्तर्राष्ट्रिय मानवीय कानुनलाई जानाजान उल्लङ्घन गरेको छ ।
हामीले यो बिर्सनु हुँदैन कि यो सम्पूर्ण सङ्कट मानव निर्मित हो । यो पूर्णरूपमा रोक्न सकिने खालको थियो । यसमा सहभागी हुनु वा नहुनु– तर यसको घटना स्वीकृत गर्नु पनि एक निर्णय हो । जीवनका लागि आवश्यक सर्तहरू – खाना, बासस्थान, पानी र औषधि–इच्छापूर्वक निषेध गरिनु एक सोचविचारपूर्वक गरिएको अस्वीकार हो । ‘नरसंहार रोक्नु’ को अर्थ हो– यस्ता अत्याचारहरूलाई सामान्य मान्न अस्वीकार गर्नु । यसको अर्थ हो– प्यालेस्टिनीहरूलाई अमानवीकरण गर्न अस्वीकार गर्नु, उनीहरूलाई केवल क्यालोरी खपत गर्ने वस्तु वा कति ट्रक सहायता पुग्यो भन्ने आँकडामा मात्र सीमित देख्न अस्वीकार गर्नु ।
हामी अहिले देखिरहेका छौँ कि यस्तै सोचले मानव गरिमामाथि सङ्कट निम्त्याएको छ, जहाँ एक सम्पूर्ण जनसमुदाय अस्तित्वको चरम सीमामा पुगिसकेको छ ।
मार्च १८ मा युद्धविरामको उल्लङ्घन इजरायलद्वारा गरियो । त्यो दिन, मैले मेरो सम्पूर्ण चिकित्सकीय जीवनको सबैभन्दा भीषण सामूहिक घाइतेहरूको घटना नासेर मेडिकल कम्प्लेक्समा देखेँ । केवल एक बिहानमै २२१ जना ट्रमा बिरामीहरू आए । ९० जनाको अस्पताल आइपुग्दासम्मै मृत्यु भइसकेको थियो । तीमध्ये करिब आधा गम्भीररूपमा घाइते भएका बालबालिका थिए । पृथ्वीको कुनै पनि स्वास्थ्य प्रणालीले यस्तो परिस्थितिको सामना गर्न सक्दैन– झन् नाकाबन्दी गरिएको छ र जसलाई आवश्यक सामग्रीहरूबाट वञ्चित बनाइएको अवस्था झेलिरहेको प्रणालीले त सक्दै सक्दैन । अस्पतालहरू शरणस्थल हुनुपर्ने हो । स्वास्थ्यकर्मीहरू र तत्काल राहत प्रदान गर्ने कर्मचारीहरू सुरक्षित हुनुपर्ने हो । बालबालिकाहरू सुरक्षित हुनुपर्ने हो । तर, गाजामा यी सबै सुरक्षाहरू गुमिसकेका छन् ।
हरेक दिन, लडाकु र सर्वसाधारणको बिचको भिन्नता मेटिरहेको छ । मेरा अधिकांश बिरामीहरू किशोर उमेरभन्दा साना बालबालिका थिए । उनीहरूको शरीर विस्फोटकले छियाछिया पारिएको थियो, उडिरहेका फलामका टुक्राले च्यातिएको थियो । धेरैले ज्यान गुमाए । बाँचेका धेरैजसोले जब होशमा आए, तब थाहा पाए कि उनीहरूको पूरै परिवार अब छैन ।
गाजाका झन्डै आधा बालबालिकाहरू आत्महत्या गर्ने सोचमा छन् । उनीहरू सोध्छन्, “म किन मरिनँ मेरी दिदी/आमा/बाबुसँगै ?” यो सोच कुनै उग्रवादको परिणाम होइन, बरु सहनै नसकिने शोकको उपज हो ।
गत वर्ष, मैले न्युयोर्क टाइम्समा गाजामा सेवा गरेका ६५ जना अमेरिकी स्वास्थ्यकर्मीहरूको एउटा सर्वेक्षण प्रकाशित गरेँ । तीमध्ये ८३ प्रतिशतले टाउको वा छातीमा गोली लागेका बालबालिकाहरू देखेका अनुभव सुनाए । म स्वयंले युरोपियन अस्पतालमा बिताएको दुई साताभरमा यस्ता १३ बिरामीको उपचार गरेँ ।
Warchild Alliance का अनुसार, गाजाका झन्डै आधा बालबालिकाहरू आत्महत्या गर्ने सोचमा छन् ।
म सोच्दछु, के यस परिषद्को कुनै सदस्यले कहिल्यै त्यस्तो पाँच वर्षको बच्चासँग भेट गरेका छन्, जसले अब बाँच्न चाहँदैन ? त्यस्तो समाजको कल्पना गर्नुहोस्, जहाँ असङ्ख्य बालबालिकाहरू यस्तो भावनामा बाँचेका छन् ।
मलाई अचम्म लाग्ने कुरा यो होइन कि गाजाका केही बालबालिकाले बाँच्ने चाहना गुमाइसकेका छन्, तर यो हो कि अझै पनि केहीले आशा समातिरहेकै छन् । प्रायः स्वास्थ्यकर्मी रहेका मेरा प्यालेस्टिनी साथीहरू अब लचकता या बाँच्ने सम्भावनाको कुरा गर्दैनन् । बाबुआमाहरूले कदाचितपछि सनाखत गर्नुपर्ला भनेर आफ्ना छोराछोरीका लुगाहरू याद गर्छन् । उनीहरू सुत्नुअघि एक टुक्रा रोटीको प्रार्थना गर्छन्, ताकि राति मारिए भने उनीहरूको बच्चाहरू अलि कम भोकै मरोस् ।
मैले गाजामा, विशेषतः बालबालिकाहरूमाथि के भइरहेको छ भन्ने कुरा मैले मेरो आफ्नै आँखाले देखेको छु । मैले नदेखेझैँ गर्ने ढोङ्ग गर्न सक्दिनँ ।
मेरा इजरायली र अमेरिकी साथीहरू आफूहरूको नाममा भइरहेका कार्यहरू देखेर स्तब्ध छन् । हामीमध्ये धेरैले बुझ्न सकिरहेका छैनौँ कि हाम्रो सरकारले कसरी यस्तो निरर्थक विनाशका लागि अझै पनि हतियार आपूर्ति गरिरहन्छ । तर, यो सभामा रहेका तपाईंहरू यसलाई रोक्ने शक्ति राख्नुहुन्छ ।
म यहाँ छु किनभने मैले गाजामा, विशेषतः बालबालिकाहरूमाथि के भइरहेको छ भन्ने कुरा मैले मेरो आफ्नै आँखाले देखेको छु । मैले नदेखेझैँ गर्ने ढोङ्ग गर्न सक्दिनँ । तपाईँहरू पनि अब अज्ञानताको दाबी गर्न सक्नुहुन्न । म यो परिषद् र विशेष गरेर मेरो आफ्नै सरकारलाई यी कार्यान्वयन योग्य उपायहरूबाट तुरुन्त कार्य गर्न आग्रह गर्दछु ।
पहिलो, तुरुन्त र स्थायी युद्धविरामको माग गरिनुपर्छ, जसमा सबै पक्षहरूलाई हतियार स्थानान्तरण रोक्ने र इजरायलमाथि लक्षित र वैधानिक प्रतिबन्धहरू लागू गर्ने कुरा समावेश हुनुपर्छ ।
दोस्रो, गाजाका सबै नाकाहरू पुनः खोल्न माग गरिनुपर्छ र पश्चिमी किनारा र पूर्वी यरुशेलमका अस्पतालसम्म कुनै रोकावटबिना स्वास्थ्य उद्दार सुनिश्चित गरिनुपर्छ । जहाँ सुरक्षित रूपमा गाजा फर्कन सकून् भन्ने ग्यारेन्टीसहित प्यालेस्टिनी बिरामीहरूलाई प्यालेस्टिनी चिकित्सकहरूले उपचार गर्न सकून् ।
तेस्रो, गाजाभर निरन्तर मानवीय पहुँचको ग्यारेन्टी दिइनुपर्छ, जसले सबै आवश्यक सामग्री–बासस्थान, खाना, पानी, इन्धन र औषधि–सबै पीडित जनतासम्म पुग्न सुनिश्चित गरोस् ।
चौथो, सहायतालाई हतियारको रूपमा प्रयोग गर्ने र राजनीतीकरण गर्ने कार्यलाई स्पष्ट र दृढरूपमा अस्वीकार गरिनुपर्छ । त्यसको एउटा नमुना हो ( Gaza Humanitarian Foundation) । उक्त संस्थाले मानवीय सिद्धान्तहरूको पालना नगरेको सार्वजनिकरूपमा बताउँदै अमेरिकी मरीन कोप्र्सका पूर्वसदस्य रहिसकेका उक्त संस्थाको कार्यकारी निर्देशकले पदत्याग गरेका थिए ।
हामीले संयुक्त राष्ट्रसङ्घका विद्यमान संयन्त्रहरूलाई समर्थन गर्नुपर्छ, UNRWA लाई समर्थन गर्नुपर्छ र विशेषज्ञता भएका गैरसरकारी संस्थाहरू (NGOs) लाई अवरोधरहित पूर्ण पहुँच दिनुपर्छ, जसले विशेष हेरचाह आवश्यक परेका मानिसहरूलाई सहायता पु¥याउन सकून् ।
पाँचौँ, सबै बन्धकहरूको तुरुन्त र बिनासर्त रिहाइ सुनिश्चित गरिनुपर्छ ।
यो परिषद् अझै मौन रह्यो र अहिले कार्य गर्न असफल भयो भने, त्यो लेखाजोखा एक ऐतिहासिक प्रमाण हुनेछ– एक विश्वव्यापी असफलताको प्रमाण, जसले आपत्कालीन हेरचाह दिन सक्ने अवसर गुमायो र हाम्रो सामूहिक विवेकको पतनलाई उजागर गर्यो ।
छैटौँ, सबै स्वास्थ्यकर्मीहरूको तुरुन्त र बिनासर्त रिहाइ सुनिश्चित गरिनुपर्छ । त्यसमा हाल इजरायली हिरासतमा १५० दिनभन्दा बढी समयदेखि राखिनुभएको डा. हुशाम अबु सुफी पनि पर्नुहुन्छ ।
सातौँ, कुनै ढिलाइ नगरी संयुक्त राष्ट्रसङ्घको चार्टरको संरक्षण गरिनुपर्छ र जातीय नरसंहार (Genocide) रोक्न अहिले नै कारबाही गर्नुपर्छ ।
एक दिन गाजाका बाँचेकाहरूले यो परिषद्का सदस्यहरूले गरेका ती खोक्रा प्रतिज्ञाहरूको लेखाजोखा राख्नेछन् – जब उनीहरूको घाउ अझ गहिरिँदै र जीवन गुम्दै जानेछ ।
यदि यो परिषद् अझै मौन रह्यो र अहिले कार्य गर्न असफल भयो भने, त्यो लेखाजोखा एक ऐतिहासिक प्रमाण हुनेछ– एक विश्वव्यापी असफलताको प्रमाण, जसले आपतकालीन हेरचाह दिन सक्ने अवसर गुमायो र हाम्रो सामूहिक विवेकको पतनलाई उजागर गर्यो ।
म तपाईँहरूलाई हार्दिक अनुरोध गर्दै छु – तपाईँहरूलाई दिइएको अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको रक्षा गर्न र अपूरणीय क्षति हुन नदिन जिम्मेवारी पालना गर्ने काम गर्नुहोस् ।
मैले उल्लेख गरेका कदमहरू नै सबैभन्दा न्यूनतम आवश्यकताहरू हुन् ।
म मेरो आफ्नै सरकारको प्रतिनिधिलाई आग्रह गर्दै छु – बहुसङ्ख्यक अमेरिकी जनताको आवाज सुन्नुहोस्, जो यस्तै माग गरिरहेका छन् ।
यो अवस्था यसैगरी जारी रह्यो भने, अब प्यालेस्टिनी डाक्टरहरू बाँकी रहने छैनन्, बिरामी र घाइतेहरूको हेरचाह गर्ने कोही रहने छैन । स्वास्थ्य प्रणाली पुनर्निर्माण गर्न बाँकी रहने कुनै प्यालेस्टिनी रहने छैनन् ।
हामी हाम्रै आँखासामु एक पुस्ता गुमाउँदै छौँ– मानिसहरूलाई भोक, रोग र निराशाबाट मृत्युको मुखमा धकेल्दै छौँ । जबकि यस्ता मृत्युहरू सजिलै रोक्न सकिन्थ्यो ।
राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा गरेको सम्बोधनको अनुवाद ।
स्रोत : https://www.youtube.com
Leave a Reply