नेपालको आर्थिक विकासको सन्दर्भ
- भाद्र २८, २०८३
(ग्राम्स्कीको विषयमा नेपालको बौद्धिक क्षेत्रमा पनि कहिलेकाहीँ विचार विमर्श र बहस हुने गरेका छन् । तर, अन्तर्राष्ट्रिय क्षेत्रमा ग्राम्स्कीको विषयमा जे जस्ता भ्रम र झूटहरू व्याप्त छन्; नेपालमा पनि त्यसको छाया परेको छ । ग्राम्स्कीको नाम लिएर नेपालका केही सामाजिक–प्रजातन्त्रवादी विचारका हिमायतीहरू कम्युनिस्ट आन्दोलनको खेदो खन्ने गर्दछन् । उनीहरू ग्राम्स्कीको नाम लिएर कम्युनिस्ट आन्दोलनमा विभाजन र अन्योल व्याप्त गर्न खोज्छन् । लेनिन र स्तालिनको क्रान्तिकारी दिशालाई भुत्ते बनाउन उनीहरूले स्तालिनको चरित्र हत्या गर्न तथा बदनाम गर्न गलत तरिकाबाट ग्राम्स्की र अझ कहिलेकाहीँ रोजा लक्जेम्बर्गसमेतका नाम दुरूपयोग गर्ने गरेका छन् । विशेषतः नेपाली काङ्ग्रेसका नेता प्रदिप गिरी यो काममा अग्रसर छन् । अनि, नेपालका केही ‘कम्युनिस्ट’ पार्टीका स्वघोषित विद्वान्हरू उनैलाई गुरु थापेर कम्युनिस्ट आन्दोलनको बखान गर्न लागेका छन् । ग्राम्स्कीलाई लेनिन, स्तालिन र सोभियत कम्युनिस्ट पार्टीविरोधी देखाएर उनीहरू कम्युनिस्ट आन्दोलनलाई दिग्भ्रमित पार्न खोज्दै छन् । उनीहरूको कामले अन्ततः त्रोत्स्कीवाद र संशोधनवादकै सेवा हुनेछ ।
के ग्राम्स्की लेनिन, स्तालिन र सोभियत समाजवादका विरोधी थिए ? आउनुस् यो छोटो लेखमा केही तथ्यको अनुशीलन गरौँ ! – अनु.)
(इतिहास बङ्ग्याउने अभियानमा इमानदार त्रोत्स्कीवादीहरूले ग्राम्स्कीको सिद्धान्त र व्यवहारलाई त्रोत्स्कीवादीहरूकै शब्दमा ‘स्तालिनवाद’ भन्दा विपरीत भएको भनी चित्रण गर्ने गरेका छन् । उनीहरूको यो निन्दा र झूटको प्रतिरोध गर्न ‘कम्युनिस्ट प्लाटफर्म’ बाट साभार गरी एउटा लेख प्रकाशन गरेका छौँ । यो लेख माक्र्सवादी–लेनिनवादी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय सम्मेलन (आईसीएमएलपीओ) को मुखपत्र ‘युनिटी एन्ड स्ट्रगल’ जर्नलमा प्रकाशित भएको थियो । यो लेखमा ग्राम्स्की न त कहिले सोभियत सङ्घविरोधी थिए न त कमरेड स्तालिनको विरोधी नै थिए भन्ने प्रस्ट बनाइएको छ ।
अवसरवादी राजनीतिक नेता र पुँजीवादी बुद्धिजीवीहरू एन्टोनियो ग्राम्स्कीका विचार र लेनिन तथा स्तालिनका विचारबिच दूरी भएको र अझ एक–अर्कासँग बाझिएको भन्दै कुरूप प्रचारबाजी गर्ने गर्दछन् । त्यस्तो तर्क गर्नुपछाडि उनीहरूको लक्ष्य ग्राम्स्कीका विचार त्रोत्स्कीको विचारसँग मिल्ने तर्कलाई प्रमाणित गर्नु हो ।
यो कथनको सुरुआत सुनियोजित र निर्देशित थियो । ‘इल मेस्सागिरो’ नामको इटालियाली फासिवादी अखबारबाट यसको सुरुआत भएको थियो । त्यो अखबारले ग्राम्स्कीको निधनको घोषणा गर्दै अज्ञानतावश र कायरतापूर्वक ‘त्रोत्स्कीप्रति उनको बफादारी’ को चर्चा गरेको थियो ।
बितेको बीसौँ शताब्दीको ६० र ७० को दशकमा ग्राम्स्कीको कथित ‘त्रोत्स्कीवाद’ संशोधनवादी धोकेबाजहरूको लागि दैनिक चर्चाको विषय बनेको थियो । त्यसो गरेर उनीहरूले असान्दर्भिकताको अनावश्यक मिथक बनाउने अथवा ग्राम्स्कीलाई ‘असल’ र स्तालिनलाई ‘बदमास’ भनी कुरालाई बङ्ग्याउने गरेका छन् ।
तर, जब ग्राम्स्कीका कृतिहरूको अनुशीलन गर्दा वास्तविकता भने उनीहरूले प्रचार गरेभन्दा ठीक विपरीत छ । ग्राम्स्कीका विचार वोल्शेविक विचारसँग मिलेको छ र उनका विचार त्रोत्स्की तथा स्तालिनका अरू विपक्षीहरूका विचारभन्दा ठीक विपरीत छ । अब बाँकी कुरा ग्राम्स्कीकै विचारबाट व्यक्त गरौँ ! –सं.) इटालियाली कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको रूपमा
सन् १९२४ मा ग्राम्स्कीले इटालीको कोमो सहरमा भएको कम्युनिस्ट पार्टीको सम्मेलनमा बोल्दै त्रोत्स्की र इटालियाली कम्युनिस्ट पार्टीका संस्थापक बोरडिगा (Bordiga) का विचारबिचको समरूपता र केही भिन्नताबारे चर्चा गरेका थिए । त्यो मन्तव्यमा ग्राम्स्कीले त्रोत्स्की र बोरडिगा दुवै नेताको आलोचना गरेका थिए :
‘त्रोत्स्कीका मनसायलाई आज कमरेड बोरडिगाका विचारसँग तुलना गर्न सकिन्छ । त्रोत्स्कीले ‘अनुशासितरूपमा’ पार्टीका काम गरे पनि अप्रतिरोधी विपक्षी भूमिकाले पूरा पार्टीभित्र एउटा असजिलो अवस्था बनाउने गरेको छ । त्यो असजिलो अवस्थाले दुर्गन्ध फैलाउन भने छोडेन । बोरडिगाको सन्दर्भमा पनि यो मिल्दोजुल्दो छ । (…) यसले के देखाएको छ भने एक प्रकारको औपचारिक अनुशासनभित्रै रहेर पनि मजदुर आन्दोलनभित्रका अपवाद व्यक्तित्वहरूको विपक्षी भूमिकाले क्रान्तिकारी परिस्थितिको विकासमा मात्र असर गर्ने गर्दैन बरु क्रान्तिको अन्तिम परिणाममा समेत ठुलो खतरा हुने गर्दछ ।’ (La costruzione del Partito comunista, १९२३–१९२६, Einaudi, Totino, १९७१)
त्यसपछिका वर्षहरूमा ग्राम्स्कीले इटालियाली कम्युनिस्ट पार्टीको बोल्शेविकीकरणको लागि सङ्घर्ष गर्ने क्रममा त्रोत्स्कीको ‘अमेरिकी महापुँजीवाद’ (American Supercapitalism) को विचार खतरनाक भएको भन्दै विरोध गरेका थिए । ‘अनिश्चित समयको लागि क्रान्तिलाई साँचेको भए कम्युनिस्ट अन्तर्राष्ट्रियका सबै कार्यनीति विफल हुने थियो (…) र रुसी राज्यको कार्यनीति समेतलाई पनि विफल तुल्याउने थियो किनभने यदि युरोपेली क्रान्ति एउटा पूरा ऐतिहासिक अवधिको लागि स्थगन गरिए अथवा लामो समयसम्म रुसी कामदारवर्गले अरू देशका सर्वहारावर्गको समर्थन पाउन नसके रुसी क्रान्तिले अर्को बाटो लिनुपर्ने अवस्था बन्थ्यो ।’
(यहाँ ग्राम्स्कीले कुनै एउटै देशमा मात्र क्रान्ति हुन नसक्ने बरु विश्व क्रान्ति र स्थायी क्रान्ति हुनुपर्ने त्रोत्स्कीको विचारको आलोचना गरेका छन् – अनुवादक)
ग्राम्स्की लेनिनवादबाट टाढा जाने प्रवृत्ति र गुटबन्दीविरोधी सङ्घर्षको महत्वबारे सधैँ सजग थिए । तसर्थ, उनले सोही प्रतिवेदनमा लेखेका छन्, “त्यसअतिरिक्त व्यवहारले के देखाउँछ भने त्रोत्स्कीको अवधारणा र त्यसमा विशेषतः उनका विचारले एउटा खतरा झल्काउँछ जुन देशमा (कम्युनिस्ट–अनु.) पार्टी मात्र अलग हुने गर्दछ† त्यहाँ पार्टीभित्र एकताको अभावमा राज्यमा विखण्डन ल्याउने गर्दछ फलतः प्रतिक्रान्तिकारी आन्दोलनको विकास हुने गर्दछ । (…) अन्त्यमा, त्रोत्स्कीको प्रश्नबाट हामीले हाम्रो पार्टीमा केही कुरा सिक्न सक्छौँ । जीवनको पछिल्लो समय बाहेक त्रोत्स्कीलाई हाम्रो पार्टीका बोरडिगासँग तुलना गर्न मिल्छ । पार्टीको केन्द्रीय समितिमा त्रोत्स्कीको उपस्थिति सामान्यतः प्रतीकात्मक मात्र थियो । उनको विचारले एउटा गुटको मनसाय मात्र प्रतिनिधित्व गर्दछ । जसरी हाम्रो पार्टीभित्र बोरडिगाको मनसायले एउटा गुटगत अवस्थाको प्रतिनिधित्व गर्ने गरेको छ । (…) बोरडिगाको मनसाय खतरापूर्ण छ जसरी त्रोत्स्कीको मनसाय खतरनाक छ ।” (ऐ.ऐ.)
सन् १९२५ मा कम्युनिस्ट अन्तर्राष्ट्रियको कार्यकारी समितिको पाँचौँ विस्तारित बैठकमा ग्राम्स्कीले नेतृत्व गरेको इटालियाली प्रतिनिधिमण्डलले बिना कुनै सन्देह त्रोत्स्कीको आलोचनाको सन्दर्भमा स्तालिनको विचारको पक्षमा मतदान गरेको थियो ।
ग्राम्स्कीको विचारमा पुँजीवादी घेराबन्दीको अवस्थामा सोभियत सङ्घको विकास पुँजीवादको तुलनात्मक स्थायित्व र क्रान्तिकारी उभारको अवनतिको समयको आवश्यकता थियो ।
तसर्थ, ‘स्थायी क्रान्ति’ को त्रोत्स्कीको विचारप्रति ग्राम्स्कीको स्पष्ट आलोचनाले त्यो विचार बेठीक, अधुरो र अपरिपक्व विचार हो भन्ने उनको धारणा स्पष्ट बनाएको छ । बोल्शेविक पार्टीको नेतृत्वको रणनीति र नीतिप्रति ग्राम्स्कीको समझदारी उनको ‘जेलको नोटबुक’ कृतिमा प्रस्टरूपमा हामी पढ्न सक्छौँ ।
ग्राम्स्की रुसी पार्टीभित्र एकताको बारेमा चिन्तित हुने गर्थे । यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै तहका सर्वहाराको चिन्ताको विषय थियो । ती वर्षहरूमा सोभियत पार्टी, त्रोत्स्कीवादी र जिनोभित्वादीहरूबिच कार्यक्रमको विषयमा मतभेद हुँदा ग्राम्स्कीले धेरैपटक त्यसखाले विभाजनको फाइदा रुसमा सर्वहारावर्गको शक्ति ढाल्न चाहने अन्तर्राष्ट्रिय पुँजीपतिवर्गले उठाउन सक्ने भनी सचेत बनाएका थिए ।
त्रोत्स्की, जिनोभित् र कामेनेभको विपक्षी मोर्चाविरुद्ध सोभियत कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले गरेको सङ्घर्षको सन्दर्भमा ग्राम्स्कीले लेखेका छन्, “सोभियत सङ्घको कम्युनिस्ट पार्टी केन्द्रीय समिति र अनुशासन आयोगले संयुक्तरूपमा अवलम्बन गरेको निर्णय प्रमुख महत्वको प्रश्न हो । पार्टीको आफ्नै साङ्गठनिक एकता रक्षा नै प्रमुख विषय हो । पार्टी काममा विभाजन ल्याउने जो कोही चाहे हिजो उसको प्रकृति र योगदान जतिसुकै भए पनि; कम्युनिस्ट सङ्गठनको कुनै पनि पदमा बसेको भए पनि त्यस्ता व्यक्तिहरूलाई कुनै छुट वा सम्झौता हुने कुरै हुनसक्दैन । (…) तसर्थ, हामी पनि सबै कम्युनिस्ट अन्तर्राष्ट्रिय सोभियत सङ्घ कम्युनिस्ट पार्टी केन्द्रीय समितिसँग वरपर रही एकताबद्ध हुनुपर्ने विचार राख्दछौँ । पार्टी एकतालाई विखण्डित गर्ने जो कोहीलाई सिध्याउने ऊर्जा, जोश र निर्णयलाई हामी अनुमोदन गर्दछौँ ।” (पार्टी एकता रक्षाको सन्दर्भमा सोभियत कम्युनिस्ट पार्टी केन्द्रीय समितिको निर्णय, L’ Unita, २७ जुलाई, १९२६) सोभियत पार्टीको साङ्गठनिक तथा वैचारिक एकताप्रति चिन्ताका कारण र त्यसले निम्त्याएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिणाम (विशेषतः पार्टी विकासको सन्दर्भमा इटालीमा भएको सङ्घर्षलाई ध्यानमा राखी) ग्राम्स्कीले सन् १९२६ को अक्टोबरमा ‘सोभियत कम्युनिस्ट पार्टी केन्द्रीय समितिलाई पत्र’ लेखेका थिए । (Scritti politici, III, सन् १९७३)
आफ्नो सो पत्रमा ग्राम्स्कीले इटालियाली कम्युनिस्ट पार्टी पोलिटब्युरोको तर्फबाट सोभियत सङ्घमा बोल्शेविक पार्टीको नेतृत्व र त्रोत्स्की–जिनोभित् गुटबिचको निर्मम राजनीतिक द्वन्द्वमा हस्तक्षेप गर्दै ‘स्तालिनले नेतृत्व गरेको सोभियत कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बहुमतको विचार राजनीतिकरूपमा सही विचार भएको’ मत व्यक्त गरेका थिए ।
रुसको अवस्थाबारे ग्राम्स्कीलाई आंशिकरूपमा मात्र जानकारी थियो । तथापि, लेनिनवादी बहुमतप्रति उनको समर्थन सङ्घर्षको आन्तर्यप्रतिको पक्षधरता थियो । त्यो अभिमत सन्देहरहित र प्रस्ट थियो । फुटपारुवा विपक्षीहरूप्रति उनका महत्वपूर्ण दोषारोपण निकै कडा थियो† साथै, सिद्धान्तमा आधारित थियो ।
ग्राम्स्कीले प्रस्ट शब्दमा भनेका छन्, “हामी दोहो¥याउन चाहन्छौँ, विपक्षीहरू (त्रोत्स्की, जिनोभित् र कामेनेभहरू) का मनसायको तथ्यले हामीलाई सचेत बनाएको छ । तिनका मनसायले केन्द्रीय समितिको समग्र राजनीतिक लाइनलाई प्रभावित गरेको छ साथै लेनिनवादी सिद्धान्त र सोभियत पार्टीको राजनीतिक गतिविधिको भित्री हृदयलाई छोएको छ । उनीहरूले सर्वहारा हुकुमको सिद्धान्त र अभ्यासमाथि नै प्रश्न उठाएका छन् । मजदुर र किसानहरूबिच एकताको आधारभूत प्रश्नमा नै उनीहरूले विखण्डन ल्याउन खोजिरहेका छन् । कामदारवर्गको सत्ता र क्रान्तिका खाँबो किसान र मजदुरहरूबिच विभाजन ल्याउने उनीहरूको प्रयास हो ।”
ग्राम्स्की लेनिनवादका गम्भीर समर्थक हुन् । त्यसकारण, उनले सोही पत्रमा सोभियत कम्युनिस्ट पार्टीका फुटपारुवा नेताहरूको निकै कडा आलोचना गर्दै लेखेका थिए, “संयुक्त विपक्षी (त्रोत्स्कीपन्थी र जिनोभित् तथा कामेनेभपन्थी) हरूका क्रियाकलापमा नै उनीहरूको गल्तीको जरा र त्यसभित्र लुकेर रहेको खतरा अन्तर्निहित छ । उनीहरूको विचारधारा र व्यवहारले सामाजिक प्रजातन्त्र र विचारको सामूहिकतावाद (Syndicalism) को सम्पूर्ण परम्परालाई फेरि जन्म दिएको छ । सामाजिक प्रजातन्त्र र विचारको सामूहिकतावादले नै पश्चिमा सर्वहारावर्गलाई एक नेतृत्वदायी वर्गको रूपमा सङ्गठित गर्न बाधा दिइरहेको विचार हो ।”
ग्राम्स्कीले आफ्नो त्यो विचारलाई २६ अक्टोबर सन् १९२६ मा लेखेको ‘टोगलियाटीलाई चिट्ठी’ मा अझ प्रस्ट रूपमा उल्लेख गरेका छन् । सो पत्रमा उनले युरोपेली पार्टीहरूमा बोल्शेविकीकरणको सुस्त प्रक्रियाबारे चर्चा गरेका छन् । पत्रमा ग्राम्स्की लेख्छन्, “रुसी पार्टीमा विपक्षीबारे छलफल र त्यससम्बन्धी सिद्धान्तले (युरोपेली कम्युनिस्ट पार्टीहरूको) बोल्शेविकीकरण प्रक्रियाको सुस्ततामा योगदान पु¥याइरहेको छ; अझ यो प्रक्रियालाई अवरोध समेत गरेको छ । रुसी सन्दर्भमा विपक्षीको अर्थ व्यापारिक वर्ग (Corporate) र विचारको सामूहिकतावादका सबै अवशेष हुन् । तिनले पश्चिमा सर्वहारावर्गलाई आफ्नो नियन्त्रणमा लिएर उनीहरूको राजनीतिक तथा वैचारिक विकासको प्रक्रियालाई अवरोध गरेका छन् ।”
अनि, निश्कर्षमा उनले लेखेका छन्, “हाम्रो पत्रमा विपक्षीको अर्थ सम्पूर्णतामा हो† त्यसलाई रूपमा मात्र बुझ्नु हुन्न । त्यस कारणले पनि यो पत्र अझ बढी प्रभावशाली र थप गम्भीर छ ।” (उही)
त्यसकारण, ‘ग्राम्स्कीको त्रोत्स्कीपन्थ’ को विचारलाई बलियो बनाउनु वा त्यसलाई अझ विचार गर्ने लक्ष्यले ती पत्रहरूको व्याख्या गर्नु पूर्णतः निराधार छ । रुसी पार्टीभित्रै विकास भएको सङ्घर्षमा ग्राम्स्कीले कसको पक्ष लिएका थिए भन्ने कुरा बुझ्न सजिलो छ । उनले बहुमत पार्टी सदस्यहरूको बोल्शेविक पक्षकै पक्षधरता लिएका थिए ।
जेलका नोटबुकहरूमा
संशोधनवादीहरू ग्राम्स्कीले आफ्नो ‘जेलका नोटबुकहरू’ मा स्तालिनको विषयमा नलेखेको र लेखेकै भए पनि अप्रत्यक्षरूपमा मात्र लेखेको हल्ला गर्ने गर्दछन् । उनले कतै स्तालिनकालीन सोभियत सङ्घको उल्लेख गरेकै भए पनि आलोचनात्मकरूपमा टिप्पणी गरेको उनीहरूको धारणा छ । (उदाहरणको लागि जी. भाक्काको शोध L’URSS Staliniana nell’analisi dei Quadereni del carcere, in Gorbacev e la sinistra europea, Roma १९६८, पृष्ठ ७५)
त्यस्ता हल्ला खासमा सबै झूटा थिए । ‘जेलका नोटबुकहरू’ मा सोभियत समाजवादबारे लेखिएका कुनै पनि प्रसङ्गमा ग्राम्स्कीले लेनिन र स्तालिनको समर्थन तथा त्रोत्स्कीको विरोधमा लेखेका छन् । ‘जेलका नोटबुकहरू’ का पाठहरूमा हामीले त्यो कुरा प्रस्ट बुझ्न सक्छौँ ।
आफ्नो सो कृतिमा ग्राम्स्कीले बोल्शेविकवादको प्रतिरक्षा तथा त्रोत्स्कीको विरोध पाँच प्रश्नको सामना गर्दै गरेका छन् :
१) स्थायी क्रान्तिको सिद्धान्तबारे,
२) क्रान्तिका चरणहरू,
३) कार्यनीति र रणनीतिबारे,
४) सोभियत सङ्घको औद्योगिकीरण र
५) अन्तर्राष्ट्रवाद र राष्ट्रिय नीतिबारे ।
अन्तर्राष्ट्रिय ग्राम्स्की समाजले प्रकाशन गरेको ‘जेलका नोटबुकहरू’ पुस्तकको संस्करणको आधारमा त्यसबारे केही गहिरो अध्ययन गरौँ ¤ यी पाठहरू सन् १९७५ मा भी. गिरातानाले सम्पादन गरेको र इनाउडीले प्रकाशन गरेको आलोचनात्मक संस्करणसँग मेल खान्छन् । नोटबुकमा ग्राम्स्कीले विभिन्न व्यक्तिको नाम साङ्केतिकरूपमा लेखेका छन् । तात्कालीन फासिवादी सेन्सरसीपबाट जोगिन उनले यस्तो गर्नुपरेको थियो । जस्तै– ‘जेलका नोटबुकहरू’ मा लेनिनलाई कहीँ इलिच त कहीँ इल्ची लेखिएको छ । स्तालिनलाई बेसारिअन नाम प्रयोग गरिएको छ भने त्रोत्स्कीलाई कहीँ ब्रोस्टिन र कहीँ लिओनी डेभिडोभिसी वा डेभिडोवीच नामले सङ्केत गरिएको छ । अरू पनि त्यस्ता साङ्केतिक नाम धेरै ठाउँमा प्रयोग गरिएका छन् । उनले सङ्केत गर्न खोजेको नाम भने हामीले यहाँ कोष्ठकभित्र राखेका छौँ ।
प्रस्तुति : सगर
स्रोत : मजदुर–किसान, वर्ष ८, अङ्क १, पूर्णाङ्क २१, असोज २०७५
Leave a Reply