अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
कुनै समय भक्तपुर नगर फोहोरको रुपमा परिचित थियो । नगर घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकहरू नाक खुम्च्याउँदै आउँथे । सडकमा पाइला राख्नु अगाडि पाइलैपिच्छे ध्यानपूर्वक हेर्नुपर्दथ्यो । एकातिर शौचालयको अवधारणा बनिनसकेको स्थिति थियो । सडकमै खुला दिसा, पिसाब गरिन्थ्यो भने अर्कोतिर सुङ्गुरहरूलाई जथाभावी छोड्ने गर्दा बाटाहरू फोहोर र दुर्गन्धित थियो । कुनै समय भक्तपुर नगर फोहोरको रुपमा परिचित थियो । नगर घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकहरू नाक खुम्च्याउँदै आउँथे । सडकमा पाइला राख्नु अगाडि पाइलैपिच्छे ध्यानपूर्वक हेर्नुपर्दथ्यो । एकातिर शौचालयको अवधारणा बनिनसकेको स्थिति थियो । सडकमै खुला दिसा, पिसाब गरिन्थ्यो भने अर्कोतिर सुङ्गुरहरूलाई जथाभावी छोड्ने गर्दा बाटाहरू फोहोर र दुर्गन्धित थियो ।
नगर सफा गर्ने जिम्मेवारी भक्तपुर नगरकै कुनै जाति विशेषको थियो । अन्य जातिले सरसफाई कार्यमा सहभागी हुँदा जातै जाने र सामाजिक बहिष्कारको अवस्थासम्मको थियो । जसका कारण सीमित व्यक्तिहरूमात्र सरसफाइ गर्दथे र तिनीहरू पनि कैयौं ठाउँमा कर्तव्यच्युत भएको कारण भक्तपुर नगर बयान गरिनसक्नुको फोहोर थियो ।
आज पनि हिजोका प्रत्यक्षदर्शी र अनुभव सँगालेकाहरूको दिमागमा भक्तपुरको पुरानो तस्बीर यसरी नै स्मरण हुने गरेको पाइन्छ । हिजोको भक्तपुर र आजको भक्तपुर देखेकाहरू नयाँ पुस्ताका बीच अनुभव आदानप्रदान गर्दा यस्तै कुराहरू व्यक्त गर्ने गरेको हामी सुन्छौं ।
तर आज यसरी परिवर्तन हुनुमा कुनै निजी सङ्घसंस्था, कुनै एनजीओ र आइएनजीओको कारण भएको भन्ने पटक्कै होइन । न त सरकार गम्भीर भएर समस्या समाधान गर्न लागि परेको कारण भक्तपुरले सरसफाइमा फड्को मारेको हो । नेपाल मजदुर किसान पार्टीले निर्वाचनमा पटक – पटक जित हासिल गरेको र बहुमत प्राप्त गरेको कारण हामीले आजको परिवर्तन देखेका हौं भन्दा कुनै दुविधा गर्नुपर्ने देखिंदैन । नेमकिपा समाजवादी विचारलाई आत्मसात गर्दै आन्दोलनरत देशको एउटा प्रमुख कम्युनिष्ट पार्टी हो । समाजवादी नीति र सिद्धान्तलाई आत्मसात गर्दै सोहीबमोजिम राजनीतिक, आर्थिक र सांस्कृतिक कार्यक्रम गर्दै अगाडि बढेको यस दलले समाजवादलाई केवल सिद्धान्तमा सीमित नराखी जीवन पद्धतिको रुपमा अङ्गीकार ग¥यो । समाजवादी सिद्धान्त प्रचार गर्नुका साथै समाजवादी आचरणलाई व्यवहारमा कार्यान्वयन गर्न नेमकिपा कहिल्यै पछाडि परेन । प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पसेर पनि व्यापक जनताको हितमा काम गर्नसकिन्छ भने लेनिनवादी नीतिअनुसार पञ्चायत कालमै स्थानीय निकायको निर्वाचनमा लडेको थियो नेमकिपाले । जनताको समस्या सम्बोधन गर्दै अगाडि बढ्ने, नेमकिपाका तत्कालीन जनप्रतिनिधिहरूले पार्टी घोषणापत्रअनुसार नै काम गर्ने प्रतिबद्धता जनाए । सोही प्रतिबद्धताअनुसार जनताको सेवा गर्न कुनै कसर बाँकी नराखी नेमकिपाका जनप्रतिनिधिहरू स्वयंले कुचोलगायतका सामग्रीहरू समातेर आफै अगाडि सरेको विगत सम्झाउँदा धेरैको निम्ति अपत्यारिलो हुनसक्ला । माथि उल्लेख गरिएझैं सरसफाइमा भाग लिंदा जातै जाने सम्भावनालाई चिरेर पार्टीका प्रतिनिधिहरू आफ्नो फोहोर नगर सफा गर्न तम्सिए । कैयौं अप्ठ्याराहरू आए, कैयौं सङ्घर्षका क्षणहरू छिचोले । आफ्नो फोहोर आफै सफा गर्ने र आफ्नो नगर आफै सफा गर्नुपर्दछ भन्ने समाजवादी आचरण र पवित्र भावनाका साथ भक्तपुर नगरका जनप्रतिनिधिहरू लागिपरे । एक दुई पटक होइन सफाइ आन्दोलनलाई एउटा अभियानको रुपमा अगाडि बढाए । परिणाम आज सबैका सामु घाम जत्तिकै छर्लङ्ग छ । एउटा कम्युनिष्ट पार्टीमा आत्मनिर्भरताको गुण हुनुपर्दछ, अप्ठ्याराहरूलाई चिर्न सक्नुपर्दछ, पानी जता– जता बग्यो, उत्तै– उत्तै बग्ने प्रवृत्ति त्यागेर समाज रुपान्तरणको कठिन यात्रा पनि स्वीकार गर्नुपर्दछ । आफूले गरेको फोहोर र आफ्नो ठाउँको फोहोर अरुले सफा गरिदेला भनी सोच्नु कम्युनिष्टहरूको विचार हुनसक्दैन, साथै यसले समस्याको दीगो समाधान नगर्नेमात्र होइन व्यक्तिलाई परनिर्भर बनाउनेबारे पनि ख्याल गर्नैपर्दछ ।
भक्तपुरको तुलनामा अन्य नगर फोहोर बन्दैछ । यो सबैले स्वीकार गरेको तथ्य हो । ती नगरहरू हिलाम्य, धुलाम्य हुनुका साथै ठाउँ–ठाउँमा फोहोरको डङ्गुर थुपारिका कारण मानिसको जीवन कष्टकर बन्दै गइरहेको छ । तर यो अस्तव्यस्ततालाई चिर्ने र फोहोर अर्थात् प्रदूषणलाई सम्बन्धित नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले गम्भीरतापूर्वक नहेरेका थुप्रै दृष्टान्तहरू छन् । आफ्नो गल्ती कमजोरीहरूलाई ढाकछोप गर्न मानिसहरू अनेक उपाय अपनाउँछन्, अनेक कमजोरी गर्न पुग्छन् । काठमाडौं उपत्यकाको हकमा यस्तै भैरहेको छ । उचित तरिकाबाट आफूले गरेको फोहोर आफैले सफा गर्नुपर्ने समाजवादी आचरणलाई बिल्कुलै भुलेर वा आफ्नो कर्तव्य निर्वाह गर्न नसकेका शासक दलका प्रतिनिधिहरू यतिखेर फोहोरमैला व्यवस्थापनको लागि निजी क्षेत्रसँग गुहार माग्दैछन् ।
भर्खर सार्वजनिक भएको एउटा जनसरोकारको विषयको निर्णयअनुसार अब काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनको जिम्मेवारी कुनै एक निजी कम्पनीलाई हस्तान्तरण गर्न सरकार सहमत भइसकेको छ । उपत्यकाका १० वटा नगरपालिकाको फोहोर अब सम्बन्धित नगरपालिकाले उठाउन नसकेको परिणामस्वरुप ‘नेप वेष्ट’ नामको निजी कम्पनीलाई त्यसको जिम्मा दिंदैछ । लगानी बोर्डसँग ‘नेप वेष्ट’ ले गरेको सम्झौताअनुसार अब उप्रान्त नगरपालिकाले फोहोरमैला व्यवस्थापनमा खर्च विनियोजन गर्न नपर्ने भएको छ । बोर्डका सीइओ महाप्रसाद अधिकारी र नेप वेष्टकी अध्यक्ष संगीता श्रेष्ठबीच केही समय अगाडि यस विषयमा सम्झौता भयो । नगरपालिका मातहत हुँदा विभिन्न वहानामा नउठेको फोहोर अब उठ्ने र ‘अब उपत्यका स्वच्छ र सफा हुने’ तिनीहरूको तर्क छ । कुनै काम निजीले गर्नसक्ने हो भने सरकारी क्षेत्रले गर्न नसक्ने होइन । तर भ्रष्टाचार र कमिसनको खेलमा नराम्ररी फसिसकेका जनप्रतिनिधिहरू आफ्नो संस्था घाटामा गई निजीकरणलाई उचाल्नु वा त्यसैलाई प्रश्रय दिनुले तिनीहरू सरकारी पारिश्रमिकले मात्र बाँच्दैनन् र बाँच्न सक्दैनन् भन्ने कुरा बुझ्न धेरै टाढा जानुपर्दैन ।
नगरपालिका स्वयंं नगरवासीको फोहोर सङ्कलन गर्ने जिम्मेवार संस्था हो । जनतालाई स्थानीय सरकार भएको अनुभूति दिने हो र जनप्रतिनिधि जनताप्रति उत्तरदायी बन्ने हो भने अत्यन्त कम शुल्कमा फोहोरमैला सङ्कलनको जिम्मेवारी बहन गर्नुपर्ने हो । तर त्यसो नगरी ‘नेप वेष्ट’ सँग बोर्डले सम्झौता गरेपछि अब फोहोरमैला सङ्कलन गरेबापत उनले प्रतिघरपरिवार २ सय १९ रुपैयाँ उठाउनेछ । एकवर्ष यो दरमा फोहोर सङ्कलन गर्ने उक्त कम्पनीले अर्को वर्ष सोही दररेटमा सङ्कलन गर्छ भने पनि होइन । कम्पनी सेवाभावले भन्दा पनि नाफामुखी हुन्छ तसर्थ उसले पनि प्रत्येक वर्ष रकम नबढाउला भनी चित्त बुझाउने ठाउँ छैन । नेपाल सरकारले ‘फोहोरलाई मोहर बनाऔं’ भनी सूचना सार्वजनिक गरेको धेरै वर्ष भयो गर्न सकेको थिएन । अब जिम्मेवारी पाएको कम्पनीले फोहोरबाट दोहोरो नाफा पाउने निश्चित छ । उसले एकातिर फोहोर सङ्कलनबाट प्रत्येक घरपरिवारबाट निर्धारित रकम हात पार्नेछ भने अर्कोतिर सोही फोहोरमैलाबाट कम्पोष्ट मल, प्राकृतिक ग्यास, विद्युत्लगायतको उत्पादन गरी जनतालाई नै बिक्री गर्नेछ त्यो पनि महँगो मूल्यमा ।
फोहोर व्यवस्थापन पक्कै पनि चुनौतीपूर्ण कार्य हो । एकातिर त्यस क्षेत्रमा काम गर्ने मजदुरहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना, अर्कोतिर नगरपालिकाको अधिकांश बजेट यसैमा खर्च हुने गरेको तथ्याङ्क छ । फोहोरमैला व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई सुम्पेपछि बजेट विनियोजन गर्न नपर्ने र उक्त रकम अन्त खर्च गर्न पाइने सकारात्मक पक्ष छ तर कतै निजी कम्पनी वा विदेशीले फोहोर सङ्कलन अवरुद्ध पारेपछि उपत्यकावासी फोहोरको डङ्गुर हेरेर वा नाक खुम्च्याएर बस्नुपर्ने त हुँदैन ? कतै फोहोरमैला व्यवस्थापनकै लागि नियुक्त कर्मचारीहरूको रोजीरोटी खोस्ने त होइन ? विचारणीय छ । विभिन्न नगरपालिकाहरूमा सयौं र हजारौंको सङ्ख्यामा सफाइ मजदुरहरू कार्यरत छन् । तिनीहरूको व्यवस्थापन अर्को चुनौती बन्न सक्दैन कसरी भन्ने ?
कर्मचारी व्यवस्थापन गर्न नसकेर, कर्मचारीलाई कर्तव्यबोध गराउन नसकेर, समस्या आउने कारण र सिर्जित समस्याले आफूले समाधान गर्न नसकेको आदि कारणहरू देखाई नगरपालिकाले आफूले सम्हाल्दै आएका क्षेत्रहरू क्रमिक रुपमा निजी कम्पनीलाई सुम्पंदै जानु के हाम्रो बुद्धिमानी मान्न सकिएला ? भोलि कुनै कारण कुनै माग पूरा नगरिदिएको जस्ता विभिन्न वहानामा निजी कम्पनीले सम्झौताअनुसार काम नगरे अप्ठ्यारो कसलाई पर्छ ? तिनीहरूले निरन्तर काम अगाडि बढाउलान् र अझ व्यवस्थित तवरले कार्य सम्पादन गर्लान् भन्ने विश्वास कसरी गर्ने ?
तसर्थ कमसेकम कम्युनिष्ट पार्टीको कार्यकता हुँ भनी हिंड्ने र कम्युनिष्ट पार्टीको जनप्रतिनिधि हुँ भनी हिंड्नेले समाजवादी आचरणमा जोड दिनुपर्ने देखिन्छ । समाज र मुलुकबाट विस्तारै निजीकरणलाई कमजोर पार्दै अगाडि बढ्नुमा नै हामी सबैको भलाइ हुन्छ ।
सिद्धान्ततः निजीकरण पूँजीवादीहरूको नारा हो भने सार्वजनिकीकरण कम्युनिष्ट पार्टीहरूको नारा हो । व्यक्तिको परिचय उसले गर्ने कुरामा होइन बरु उसले गर्ने व्यवहारले बताउँछ । के हामी आफूले गरेको फोहोर र आफ्नो ठाउँको फोहोरको बन्दोबस्त आफै गर्नसक्दैनौं ? परनिर्भरताले हामीलाई सजिलो त बनाउला तर हाम्रो परनिर्भरताले हाम्रो परिचय र अस्तित्वमा नकारात्मक असर त पर्दैन ? सोचनीय विषय छ ।
Leave a Reply