जारशाही संसद्मा बोल्शेभिक सांसद – ६
- कार्तिक २४, २०८२

‘साम्राज्यवादविरोधी सङ्घर्षको फहराइरहेको झन्डामुनि समाजवाद र साम्यवादको बाटोमा गतिशीलरूपले अगाडि बढौँ’ शीर्षकको पुस्तिका प्रजग कोरियाका प्रिय नेता किम जङ इलले २५ सेप्टेम्बर १९८७ मा कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिका वरिष्ठ कर्मचारीहरूलाई दिइएको मन्तव्य हो । यो मन्तव्य नेपाल–कोरिया मैत्री सङ्घ काठमाडौँले १९९५ मा पुस्तिकाको रूपमा प्रकाशित गरेको थियो । प्रजग कोरियाले गरिरहेको साम्राज्यवादविरोधी सङ्घर्ष अरु स्वाधीन देशहरूका निम्ति पनि प्रेरणा मिलेको छ । साम्राज्यवादविरोधी सङ्घर्षलाई निरन्तरता दिइरहने एक देश प्रजग कोरिया पनि हो । त्यो सङ्घर्षको स्वर अहिले पनि कायम छ ।
साम्राज्यवादी देशहरूले आफ्नो देशमा शस्त्रास्त्र उद्योग बढाउनको लागि संसारमा ‘कम्युनिस्टको खतरा’ भनी होहल्ला मच्चाए† ‘स्वतन्त्र विश्व’ को रक्षा गर्ने भनेर समाजवादी मुलुकविरुद्ध शीतयुद्धको नीति अपनाएर अन्तर्राष्ट्रिय तनाव बढाउने काम गरे । सन् १९६० को दशकमा धेरै बहुराष्ट्रिय कम्पनीहरु देखापरे† पुँजीवादी देशको अर्थतन्त्र अमेरिका र अरु पुँजीवाद मुलुकमा बहुराष्ट्रिय कम्पनीहरूको प्रभुत्वमा ल्याइयो । दोस्रो विश्वयुद्धको अन्तपछि साम्राज्यवादीहरूले आफू आफू राजनीतिक, आर्थिक र सैनिकरूपले साँठगाँठ मात्र गरेनन्† आधिपत्य कायम गर्न कुटिल चाल चाले । मजदुर वर्गीय आन्दोलनलाई भित्रभित्र कमजोर नबनाइकन पुँजीवादी व्यवस्था या पद्धतिलाई कायम राख्न सक्दैनन् भन्ने तिनीहरूलाई राम्ररी थाहा छ । साम्राज्यवादी शक्ति जहिल्यै उपनिवेशहरूलाई शोषण र लुट गरेर बाँचिरहेको हुन्छ । साम्राज्यवादको लुटाहा प्रवृत्ति बदलिएको छैन; देश देश जुधाएर आफ्नो हतियार बेचेर धनी बन्ने प्रवृत्ति छोडेको छैन; अरुको विकासमा बाधा हाल्ने, आर्थिक नाकाबन्दी गर्ने, अरू देशमा सशस्त्र सेना तैनाथ गर्ने काम साम्राज्यवादी देशले छोडेको छैन ।
बहुराष्ट्रिय कम्पनीले विश्वमा पुँजीवादी शोषणलाई तीव्र पार्छ । अरु देशमा सेना तैनाथ गर्ने, आक्रमण गर्ने, आक्रमण गर्न सेना पठाउने आदि कारण अहिले सबभन्दा ठुलो ऋणी मुलुक अमेरिका बनेको छ । यसअघि अमेरिका विश्वकै सबभन्दा ठुलो ऋणदाता बनेको थियो । साम्राज्यवादी देशले आफ्नो राजनीतिक र आर्थिक सङ्कटलाई हटाउने या कम गर्ने बलियो आधार विकासोन्मुख देशमा नवउपनिवेशवादी तरिकाले शोषण र लुट गर्ने र प्राकृतिक स्रोत र साधन कब्जा गर्नु रहेको हो । पुँजीपतिहरूले विलासिता, भ्रष्टाचार र दुव्र्यसन बढाएर मानिसको मतिलाई बिगार्ने काम गरिरहेका छन् । यो पुँजीवादी व्यवस्थाको चरित्र नै हो । पुँजीवादी व्यवस्थामा सामाजिक कुकर्महरू हुन्छन्† हत्या हिंसा हुन्छ; उच्छृङ्खल र उताउला गतिविधि हुन्छन् । भ्रष्ट मानसिकता, अराजक र आपराधिक क्रियाकलाप पुँजीवादी समाजका मुख्य स्वरूप हुन् । पुँजीपतिहरू जनताको मानसिक र सांस्कृतिक जीवन उठाउन पैसा खर्च गर्दैनन् या त्यसतर्फ चासो राख्दैनन् । उनीहरू जनता भ्रष्ट, भौतिक जविनको दास र पैसाको दास बनून् भन्ने चाहन्छन् । अझ उनीहरू श्रमिक जनताको राजनीतिक जीवनको विकासलाई रोक्ने प्रयास गर्छन् । श्रमिक जनता राजनीतिक, वैचारिक र सांस्कृतिक रूपले सचेत र सङ्गठित भएपछि पुँजीवादी शासनमा नोक्सान हुन्छ† उनीहरूको आपराधिक क्रियाकलाप जनतामाझ उदाङ्गिन्छन्; उनीहरूको पतन सुरु हुन्छ ।
पँुजीवादी व्यवस्थामा आर्थिक असमानताको दुरी धेरै हुन्छ । आर्थिक असमानता हटाउनेतर्फ उनीहरूको ध्यान पुग्दैन । अमेरिकी साम्राज्यवादी र प्रतिक्रियावादीहरू शान्ति प्रगतिको बाटोमा लागेका समाजवादी देशहरूमा आक्रमण, हस्तक्षेप र नाकाबन्दीको तारो बनाउँछन् । उनीहरू समाजवादी देश र समाजवादी देशका जनतालाई सैनिक धम्की दिन्छन्; आर्थिक र विकासको सहयोग देखाएर प्राकृतिक स्रोत र साधन कब्जा गर्छन् । त्यही कारण विश्वमा साम्राज्यवादी देशहरूको नराम्रोसित बदनाम हुँदै छ; विश्वका न्यायप्रेमी र स्वाधीनताप्रेमी जनताले साम्राज्यवादी देशका शासकहरूलाई थुक्दै छन्; एकै स्वरमा विरोध गर्दै छन् । हुन पनि साम्राज्यवादी देशहरू विश्वका स्वाधीन र सार्वभौम मुलुकको शत्रु बनेका छन् । यो साम्राज्यवादी देश अमेरिकाको पतनको सङ्केत हो । कोरियाली मजदुर पार्टीलाई विचारधारात्मक, सङ्गठनात्मक रूपले सुदृढ पार्दै अघि बढ्नुको कारण साम्राज्यवादविरोधी देशसँग लड्ने भावनाको विकास गराउन हो ।
हो, पार्टीलाई सुदृढ पार्न सिद्धान्तको आधारमा राजनीति गर्नुपर्छ† सिद्धान्त र विचारलाई मेरूदण्ड बनाएर बहुमत जनतालाई सचेत र सङ्गठित गर्नुपर्छ । त्यसको नेतृत्व सच्चा कम्युनिस्ट पार्टीले मात्र गर्नसक्छ । क्रान्तिकारी सिद्धान्त र विचार भनेको जडसूत्र होइन; यो कार्य गर्ने या राजनीतिक गतिविधि अघि बढाउने पथ प्रदर्शक हो । यतिबेला एसिया, युरोप, ल्याटिन अमेरिका र अफ्रिकाका धेरै देशहरू समाजवादी बाटोमा लागिरहेका छन् । समाजवाद विश्वका न्यायपे्रमी, स्वतन्त्रताप्रेमी जनताको निम्ति आशाको ज्योतिपुञ्ज बनेको छ । यो सकारात्मक पक्ष हो ।
समाजवाद र पुँजीवादबिचको सङ्घर्ष नयाँ र पुरानोबिचको सङ्घर्ष हो । यो वैचारिक सङ्घर्ष संसारका विभिन्न मुलुकमा भइरहेको छ । श्रमिक जनतालाई शोषण र उत्पीडन नगर्ने पुँजीवाद हुनैसक्दैन । शोषण र उत्पीडनबाट मुक्त भएर राज्य र समाजका सच्चा मालिक बनाउने कोरियाली सरकार र कोरियाली मजदुर पार्टीको उद्देश्य नै हो । यो नै प्रजग कोरियाको क्रान्तिकारी जुच्छे विचार हो । प्रजग कोरियाको समाजवादी समाज भनेको मजदुरवर्गको अन्तरनिहित इच्छा पूरा गर्ने समाज हो । समाजवादी निर्माणमा नेतृत्व गर्ने मजदुर वर्गीय पार्टीले पार्टी कार्यलाई उन्नत पार्ने प्रयास निरन्तर गरिरहन्छ । व्यापक जनतालाई क्रान्तिकारी र सिद्धान्तनिष्ठ बनाउन प्रजग कोरिया निरन्तर लागिपरेको छ । कोरियाली क्रान्ति र विश्व क्रान्तिको इतिहासको अनुभवको आधारमा प्रजग कोरियाका महान् नेता किम इल सङले माक्र्सवादी लेनिनवादी सिद्धान्तलाई देश, काल र परिस्थितिसँग सुहाउने गरी अघि बढाउनुभयो ।
क्रान्तिमा विजयको लागि निर्णायक तत्व जनताको एकता नै हो† जनताको सङ्गठित शक्ति नै हो । साम्राज्यवादी शक्तिहरू समाजवादको विरोधमा साम, दाम, दण्ड र भेदको नीति अघि सार्दै अघि बढिरहेको हुँदा साम्राज्यवादविरोधी स्वाधीन र सार्वभौम देशहरू एक ठाउँमा उभिनुपर्छ† एक ठाउँमा उभेर साम्राज्यवादीहरूलाई उदाङ्ग्याउनुपर्छ । साम्राज्यवाद समाजवादको मात्र होइन शान्ति, सुरक्षा, स्वतन्त्रता चाहने सबै देशभक्त, प्रगतिशील वामपन्थी पक्षको साझा दुश्मन हो । साझा दुश्मन अन्त्य गर्न अन्य स्वाधीन देशहरू देशसित एकगठ हुनुपर्छ । यो स्वाधीन देशका जनताको अपहार्य आवश्यकता हो । साम्राज्यवादी शक्ति र देश रहेसम्म साम्राज्यवादविरोधी सङ्घर्ष निरन्तर भइरहनुपर्छ । नत्र साम्राज्यवादी शक्तिहरू उठ्नेछन् र उनीहरूले विश्वमा स्वाधीन र सार्वभौम देशमा रजाइँ गरिरहने छन् ।
Leave a Reply