भर्खरै :

समाजवादी क्रान्तिमा सचेत र सङ्गठित जनताको ठुलो हात

समाजवादी क्रान्तिमा सचेत र सङ्गठित जनताको ठुलो हात

कम्युनिस्ट पार्टीको नाउँ राख्ने तर पुँजीपतिवर्गको सेवा गर्ने राजनीति गलत हो; यो कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारविपरीत छ । कम्युनिस्ट पार्टीप्रति जनताको विश्वास छ, प्रभाव छ, आस्था छ । कम्युनिस्ट पार्टीले नै देशमा श्रमजीवीवर्गको हितमा सङ्घर्ष गर्छ, सङ्घर्ष गरेर आमूल परिवर्तनको बाटो खोज्छ । सच्चा कम्युनिस्ट पार्टी पुँजीपति, सामन्तवर्ग र प्रतिक्रियावादीहरूको पक्षपोषणमा लाग्दैन । कम्युनिस्टहरू भ्रष्टाचारी, कमसिनखोर, कालाबजारियाको पक्षमा लाग्दैनन् । बरु, उनीहरूको विरोधमा सङ्घर्ष गर्छन् । तर, विडम्बना ! नेपालमा खोलेका कम्युनिस्ट भनिने दलहरू साँच्चै कम्युनिस्ट पार्टीको उद्देश्यअनुसार लागेनन्; अघि बढेनन् । पार्टीमा कम्युनिस्ट शब्द झुन्ड्याएर कम्युनिस्ट पार्टीप्रति आस्था राख्ने जनताको मत लिने काम गरियो भन्ने राजनीतिक विश्लेषण पनि नभएको होइन । राजनीतिक विश्लेषकहरूले जनताको मत आकर्षित गर्न पनि पार्टीहरूले नाममा कम्युनिस्ट शब्द राखिरहन चाहेको टिप्पणी गरे । कति राजनीतिक विश्लेषक र लेखकहरू सतही ढङ्गले टिप्पणी गर्छन् । राजनीतिक दलहरूको सिद्धान्त र विचारको गहिरो अध्ययन नगरी टिप्पणी गर्ने बानीले उनीहरू सबै दललाई उही आँखाले हेर्छन् । यो गलत हो । कुनै एक–दुई दलको कमजोरी या दोषलाई अरू सबै पार्टीको थाप्लोमा थोपर्नु हुँदैन ।
देशमा माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्ग निर्देशक मानी राजनीति गरिरहेका अरू दलहरू पनि छन् । त्यसमध्येको एक पार्टी नेपाल मजदुर किसान पार्टी पनि हो । नेमकिपा देश र जनताको पक्षमा सङ्घर्षरत छ । नेमकिपा सिद्धान्त र विचारको राजनीति गर्छ । यस पार्टीले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको निरन्तर विरोध गइरहेको छ । सीमा अतिक्रमण र विदेशी शक्ति राष्ट्रको दबाबको विरोधमा नेमकिपा सङ्घर्षरत छ । नेमकिपाले कम्युनिस्ट पार्टीको मूल्य र मान्यताअनुसार काम गरिरहेको छ । नेमकिपा सत्ता भागबन्डामा कहिल्यै लागेन । नेमकिपाले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारमात्र होइन समाजवादी प्रचार अभियान छेडेको छ । यो हरेक कम्युनिस्ट पार्टीले निर्वाह गर्नुपर्ने हो । हो, नेपालमा दर्जनभन्दा कम्युनिस्ट भनिने दलहरू छन्† निर्वाचन आयोगमा दर्ता भएका छन् । दल खोल्नु अधिकारको कुरा हो† दल खोल्न पाउँछ । तर, कम्युनिस्ट पार्टी हो भने कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार जनतामाझ पु¥याउनुपर्छ, जनतालाई सिद्धान्त र विचारबाट प्रशिक्षित गर्नुपर्छ । समाजवादी शिक्षा दिन, कम्युनिस्टको विचार जनतामाझ पु¥याउन कञ्जुस्याइँ गर्नु हुँदैन । दल खोज्दैमा आमूल परिवर्तन हुने होइन । आमूल परिवर्तन गर्न जनता नै शिक्षित, सचेत र सङ्गठित हुनुपर्छ । हरेक देशको समाजवादी क्रान्तिमा सचेत र सङ्गठित जनताको ठुलो हात हुन्छ ।
कम्युनिस्ट पार्टी या कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू जति सक्रिय हुन्छन् त्यति नै समाज परिवर्तनमा सहयोग पुगेको हुन्छ । कम्युनिस्ट पार्टीहरू सक्रिय नभएमा, सिद्धान्त र विचारबाट विचलित भएमा, पद र पैसाको निम्ति राजनीतिमा लागे उत्तिकै समाज पछि पर्छ†, जनता राजनीतिक, सांस्कृतिक, सैद्धान्तिक र वैचारिक रूपमा पछि पर्छ । कति कम्युनिस्ट पार्टीका नेताहरू नेतृत्वको निम्ति हानथापमा लागे† नेतृत्वको निम्ति पार्टी फोड्ने या अलग्ग पार्टी खोल्ने काममा लागे । कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता तान्ने र पार्टी फोड्ने काम पनि ग¥यो । सिद्धान्त र विचारलाई पाखामा थन्काएर अवसरको राजनीति गर्ने, कम्युनिस्ट मूल सिद्धान्त छोडेर अर्कै बाटोमा लाग्ने संशोधनवादी बाटो आत्मसात गरेका दृष्टान्तहरू नभएका होइनन् । नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएका यस्ता खोटो विचारबाट जनतालाई सुशिक्षित गर्नु आवश्यक छ । यस काममा नेमकिपाले खबरदारी गरिरहेको राजनीतिक विश्लेषण पाइन्छ । नेपालको कम्युनिस्ट पार्टीको आन्दोलन र कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारलाई जनतामाझ पु¥याउने काममा नेमकिपाले प्रकाशस्तम्भको रूपमा काम गरिरहेको विश्लेषण पनि छ ।
निर्वाचन आयोगमा दर्ता गरेका सबै दलले सिद्धान्त र विचारको आधारमा राजनीति गर्नुपर्छ । हरेक दलका नेता तथा कार्यकर्ताहरू देश र जनताप्रति समर्पित र जिम्मेवारबोध हुनुपर्छ । हामीले पनि दल खोलेका छौँ भन्नको लागि दल खोल्ने होइन । दल कुनै जनजाति र भाषाभाषी या साम्प्रदायिक भावना फैलाउने ध्येयले खोल्ने होइन । दलको आफ्नो अल्पकालीन र दीर्घकालीन उद्देश्य हुनुपर्छ । कुनै दलसित असन्तुष्ट भएर, कुनै दललाई टुक्र्याएर जवाफको निम्ति मात्र दल खोल्ने होइन । दल खोल्ने दौडमा मात्र लागेर समाज परिवर्तन हुँदैन । देशमा भइरहेको भ्रष्टाचार र अनियमितता अन्त्य गर्न, समाजमा व्याप्त अन्धविश्वास अन्त्य गर्न, भ्रष्टाचारीमाथि कारबाही गर्न, बहुमत जनताको प्रतिनिधित्व गर्ने सरकार स्थापना गर्न, देशको सार्वभौम सत्ता जोगाउन, समानता र न्याय स्थापना गर्न, शोषणरहित समाज स्थापना गर्न हरेक दलका नेताहरू जुट्नुपर्छ । अनिमात्र देशमा सुशासनको अनुभूति हुन्छ; विधिको शासनको अनुभूति हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *