भर्खरै :

भूकम्प र बाढीपहिरोले थिलथिलियो बीपी राजमार्ग

  • जेष्ठ २७, २०८२
  • राजकुमार पराजुली
  • विचार
भूकम्प र बाढीपहिरोले थिलथिलियो बीपी राजमार्ग

काभ्रेपलाञ्चोक । सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडकमार्गमा रहेको बीपी राजमार्गका सडकखण्ड अहिले थिलथिलो अवस्थामा पुगेको छ । उक्त राजमार्गको मध्यक्षेत्र भत्किएको र बगाएको तथा जोखिमपूर्ण अवस्थाबाट गुज्रिएको छ । वर्षायाममा केही भागमा क्षति पु¥याए पनि गतसाल असोजमा भएको अबिरल वर्षामा काभ्रेपलाञ्चोकको रोसी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाइदिएको छ ।
विसं २०७२ को विनासकारी भूकम्पले केही सडकखण्ड क्षतिग्रस्त बनाएको थियो भने केही सडकखण्ड जोखिमकै अवस्थामा रहेका थिए । देशकै उत्कृष्ट मानिएको यो राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल–सिन्धुली–बर्दिवास एक सय ६० किलोमिटर लामो सडक बनेको हो । करिब २६ अर्ब जापानी रुपियाँ बराबरको लागतमा खण्डखण्डमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग सिधा जोडेको हो । यस राजमार्ग निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–काठमाडौँ घुम्नुपर्ने झन्झट हटाइदिएको थियो ।
गत सालको वर्षाले काभ्रेपलाञ्चोकेको भकुण्डेबेँसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा बाढीले नराम्रो क्षति पु¥याएको हो । विशेषगरी नेपालथोक–आँपटार, कालढुङ्गा, डालाबेँसी, चिउरीबास, एक नम्बर पुललगायतका ठाउँमा सयौँ मिटर सडक बगाएको छ । त्यसबेला सानो खोलाले पनि डात्र्सनसमेत बगाएको थियो । हाल वर्षायाम सुरु भइसकेकाले उक्त राजमार्गले कति ठुलो क्षति ब्यहोर्ला भन्नेमा अनुमान गर्न सकिएको छैन । काभ्रेपलाञ्चोक तर्फको नार्केबजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेँसीका सडकखण्ड पूर्णरूपमा बगाएको छ ।
गत सालको वर्षाले बगाएको सडकमा अस्थायी ट्रयाक खोलिएको भए पनि गत वैशाख अन्तिम साताको बाढीले फेरि डात्र्सनलगायत अस्थायी सडक बगाएको छ । यस राजमार्गको क्षतिग्रस्त क्षेत्रको स्थायी पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइए पनि बर्खाको कारण काम अघि बढ्न सकेको छैन ।
जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक अध्ययनले बीपी राजमार्गमा १६ टनभन्दा माथिको सवारी साधन सञ्चालन गर्न रोक लगाएको छ । तर, व्यापारीले प्रशासनलाई प्रभावमा पारेर २५ टनसम्मका सवारी साधन सञ्चालन गर्दै आइरहेका छन् । बीपी राजमार्गमा ट्रिपरले २५ टनसम्म गिट्टी बालुवा लिएर निर्वाधरूपमा सञ्चालन हुने गरे पनि नियम कार्यान्वयन गर्ने प्रहरी भने मूकदर्शक बन्ने गरेको देखिन्छ । बीपी राजमार्गको संरचना भत्काउने मुख्य कारकको रूपमा यस सडकमा सञ्चालन हुने ट्रिपर रहेका छन् । दैनिक यस सडकमा छ सत्न्दा बढी ट्रिपर क्षमताभन्दा बढी भार लिएर सञ्चालन भइरहेका छन् ।
हाल बीपी राजमार्गको यस सडकखण्डमा आउँदो मनसुनको समयमा यातायात सञ्चालन गराउन कार्यालयले अस्थायी सडकको उचाइ बढाउने काम गरिरहेको छ ।
यसैबिच बीपी राजमार्गको डालाबेँसी–बर्खेखोला’ पाँच दशमलव पाँच किमि सडक पुनर्निर्माणका लागि जाइकाले डिजाइन थालेको छ । सरकारले चार वटा प्याकेज बनाएर निर्माण गर्ने प्रक्रिया थालेपछि चारमध्ये एक खण्ड जाइकाले डिजाइन थालेको हो । सडक विभागका इन्जिनियर शुभराज न्यौपानेका अनुसार जाइकाले डिजाइन गर्दै गरेको खण्डबारे उसैले निर्माण गर्ने/नगर्नेबारे टुङ्गो भने लागेको छैन । यसअघि बाढीले क्षति पुगेपछि पनि जाइकाको टोलीले क्षतिग्रस्त राजमार्गको अध्ययनसमेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *