नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
काठमाडौँ, ७ असार । प्रतिनिधिसभाको शनिबारको बैठकमा दस ओटा मन्त्रालयको विनियोजन विधेयकमा खर्च कटौतीसहित सामान्य छलफल भयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खर्च कटौतीको प्रस्ताव पेस गर्दै कर्मचारी सरुवामा मन्त्रालयमा भइरहेको भ्रष्टाचार रोक्नुपर्ने, नेपालीलाई खाना पकाउन, खेतीपाती र विद्युतीय गाडी सञ्चालन गर्न सस्तोमा बिजुली उपलब्ध गराउनुपर्ने, सारा नेपालीको लागि स्वच्छ खानेपानी व्यवस्था गर्नुपर्ने, देशभक्त र नैतिकवान् विद्यार्थी तयार गर्नुपर्ने, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को सन्धि खारेज गर्नुपर्ने, नेपाली युवालाई देशभित्र रोजगारी दिनुपर्ने, सरकारी सञ्चारमाध्यमलाई शासक दलहरूको मुखपत्र बनाउन नहुने, विदेशीलाई नेपाली नागरिकता दिन नहुने विषय उल्लेख गर्नुभयो ।
माओवादी (केन्द्र), आम जनता पार्टीलगायत अन्य ते¥ह सांसदहरूले पनि खर्च कटौतीको प्रस्ताव पेस गर्नुभएको थियो ।
विनियोजन विधेयकमा चौतिस जना सांसदहरूले छलफलमा भाग लिनुभएको थियो ।
सांसदहरूले निजामती विधेयकमा प्रम केपी शर्मा ओलीको कुलिङ अफ पिरियड नराख्न दबाब आएको, सरकार कमिसनतर्फ लागेको, सामुदायिक विद्यालय २९ हजारमा १५ हजार बढीमा एक सत्न्दा कम विद्यार्थी भएको, सरकारी ढुकुटी प्रम, मन्त्री र सत्ता पक्षको पेवा बनाइएको, खुला सीमामा भारतसँगको सीमा स्तम्भ व्यवस्थित गर्नुपर्ने, भारतमा ३–३ किमिमा भारतीय सुरक्षा बल तैनाथ गरिएको, नेपालतर्फ १० किमिमा पनि सशस्त्र प्रहरी बलको व्यवस्था नभएको, मन्त्रालयको विनियोजन बजेटमा छलफल गर्न पर्याप्त समय उपलब्ध गराउनुपर्ने, मन्त्रीको उपस्थिति नभएको मन्त्रालयसमेत जोडेर एकै दिन धेरै मन्त्रालयको विनियोजन बजेटमा छलफल गराउनु उपयुक्त नभएको, सुशासन कायम नभएको, विदेशमा कमाएर नेपाल पठाउने र नेपालमा लुटेर विदेश जानेमध्ये सरकार कुन पक्षमा लाग्दै छ आदि उल्लेख गर्नुभयो ।
यसअघि बिहान ११ बजे सुरु हुने बैठक ११ः५५ बजे सुरु भएको थियो ।
रास्वपा र राप्रपाका सांसदहरूले बोल्ने समय माग गर्नुभयो ।
रास्वपाका सुमना श्रेष्ठले रुसमा, खाडी मुलुकमा, अमेरिकामा करोडौँ रुपैयाँ युवाहरूसँग असुलेर पठाउनेहरूमाथि छानबिन गर्नुपर्ने, भिजिट भिसामा भ्रष्टाचार गरी वैदेशिक रोजगारीमा पठाएको उल्लेख गर्नुभयो ।
राप्रपाका रोशन कार्कीले विदेशमा पठाइएका मरेजस्तै अवस्थामा रहेका नेपालीको विषयमा बोलिरहेको, भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाइएकासँग ठगी गरेको, गृहमन्त्री रमेश लेखकसँग नैतिकता भए राजीनामा दिनुपर्ने उल्लेख गर्नुभयो ।
नेका र एमालेका केही सांसदहरूले पनि बोल्न समय माग गर्नुभयो ।
सभामुख देवराज घिमिरेले विनियोजन विधेयकमा छलफल हुने घोषणा गरेपछि रास्वपाका सांसदहरूले सभामुख अगाडि आएर नारा लगाउनुभयो । राप्रका सांसदहरू बैठक बहिष्कार गरी निस्किनुभयो । रास्वपाका सांसदहरू दुई घण्टा उभिएर धर्ना बसेर पछि बैठक बहिष्कार गर्नुभयो ।
बैठक असार ८ गते बिहान ११ बजे बस्नेछ ।
Leave a Reply